बिहीबार, चैत १५, २०८०

बेलायतीरुपको भाइरस बेल्जियममापनि, सिधा सम्पर्कबिनै सरेको खुलासा

नेपालप्लस सम्वाददाता, बेल्जियम२०७७ माघ ३ गते २२:३२

Photo- The Pharma letter

कोरोनाको लामो त्रासका विचमा पुन बेलायती भाइरसको जोखिम बढेको छ । जनवरी २ देखि यता लिइएका रगत परिक्षणमा बेलायतको नयाँ भाइरस भेटिएको बेल्जियमका स्वाथ्य मन्त्रिले बताएका छन् ।

वैदेशिक यात्राको कुनै पनि सम्पर्क विना नै यो          देखिएको प्रान्तिय स्वास्थ्य मन्त्री फ्रेंक भेदेनव्रोउकेले विहिवार जनाएका थिए ।

वि ११७ नामक बेलायतमा पत्तालागेको नयाँ भाइरस हाल बेल्जियममा फैलिरहेको छ । हालसम्म १८ वटा घटना फेला परिसकेको छ । आन्तर्वेपनमा जनवरी २ देखिका सबै नमूनाबाट १७ घटना फेला परेका हुन् । जसमध्ये ८ वटा पिसिआर टेस्टबाटै पुष्टि भएको थियो भने बाँकिकी पूर्ण परिक्षण पछि थाहा भएको खुलासा गरिएको हो ।

यी बेलायती उत्परिवर्तित भाइरस देखिएका विरामीहरु बेलायतबाट सिधा सम्पर्कमा नभइ कोहि स्वीजरल्याण्ड, कोहि दुवाइ त कोहि लेवनानबाट सम्पर्कमा आएर बेल्जियममा सारेको तथ्यले देखाएको छ । यसबाटपनि यो पुष्टि हुन्छ की यो नयाँ कोभिड धेरै नै फैलिएको छ । यसले हामीलाई नयाँ चुनौति थप्दै खतराको संकेत दिएको मन्त्रीले जनाए ।

केहिदिन अघि वेल्जियम सरकारले पहिलो चरणको खोप वृद्दवृद्दालाई दिएको थियो । जसमध्ये भ्लाम्स्मा ८६ वर्ष कि महिला र वालोनीमा १०२ वर्षको पुरुष थिए । हिजो ति महिलाको मृत्यु भएको छ । यसले पनि जनमानिसमा अझ बढी तनाव थपिएको देखिन्छ । यता भेक्सिनको विस्वसनियतामा कमि उता रोगमा आएको नौलो परिस्थितिले मानव अस्तित्वमै प्रश्न खडा गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक