शुक्रबार, चैत १६, २०८०

बेल्जियम सरकारले अबाध्यकारी यात्रा रोक्नुपर्ने भाइरस विज्ञको सुझाव

नेपालप्लस सम्वाददाता, बेल्जियम२०७७ माघ ४ गते २२:०७

हालसम्म गरिएको सबै अध्ययनले बेल्जियमभरि एक सय बढी ब्यक्तिमा बेलायती रुपको भाइरस भेटिएपछि विशेषज्ञहरुले अबाध्यकारी भ्रमणलाई रोक्नुपर्ने सुझाव दिएका छन् ।

यो भाईरस पुन एक सयले गुणन हुने गरि फैलिसकेको हुन सक्ने सम्भावना भएको बताउँदै विज्ञहरुले त्यस्तो भ्रमण रोक्नुपर्ने सुझाव दिएका हुन् । भाईरसको फैलावट भायवह हुन नदिन सरकारले अत्यावस्यक बाहेक अन्य यात्रामा प्रतिवन्ध लगाउन पर्ने भाइरस विज्ञ मार्क भान रान्सटले जनाएका छन् ।

बेलायती उत्परिवर्तित भाइरस अधिकांश मानिसहरु विदेशयात्राबाट फर्कदा आएको अध्ययनले देखाएको छ । जसले अझ बढी तनाव थपिएको प्रान्तिय स्वास्थ्य मन्त्रीले स्थानिय रेडियोमा जनाएका हुन् । यध्यपि उनले भाइरसलाई सहज हुन नदिने र सामाजिक दूरी कायम गरि मास्क लगाएर सु्रक्षित रहने जानकारी गराएका छन् ।

ब्रसेल्स टाईम्सका अनुसार लामो समय देखि जनमानसमा भएको समस्याकाबिचमा थपिएको यो बेलायती रुपको भाइरस थपिनु वेल्जियम सरकारकालागि नयाँ चुनौति रहेको राष्ट्रिय कोरोना आयुत्तालय (नेशनल कोभिड कमिशन) ले जनाएको हो ।

बेल्जियम जस्तो युरोपको केन्द्रमा रहेको देशबाट भाइरसलाई निर्मुल गर्नु असम्भव जस्तै छ । न त सिमाहरु नै बन्द गर्न सहज छ । त्यसैले अत्यावस्यक भन्दा अन्य यात्रालाई बन्द गरिनु नै हालको विकल्प रहेको भ्यान रान्स्टले जनाए । त्यसो त यसै साताको सुरुमै आन्तरिक मन्त्री एनिलिजले पनि सुरक्षित राख्न सिमाहरु बन्द गरिनु नै सहज उपाए सुझाएकी थिइन् ।

युरोपका मुख्य देशहरुमध्येको देश भएकाले पनि लकडाउनको अवस्थामा छौं भन्न नमिल्ने अधिकारीहरुले बताएका छन् । सुरक्षकालागि भने योजनाहरु बनाएर आगामी पाइलाकालागि पूर्ण तैयारीमा रहेको भाइरस विज्ञले थपे ।

तपाइँको प्रतिक्रिया

फेसबुक