शनिबार, वैशाख १५, २०८१

बेलायतका लागि सिफारिस राजदूत रेग्मीले भने: ‘मलाइ कुटनीतिक तालिम चाहिन्न’

नेपालप्लस कुटनीतिक संवाददता /काठमाडौं२०७७ माघ ५ गते २०:१९

बेलायतका लागि नवनियुक्त राजदुत लोकदर्शन रेग्मी

कुनै मुलुकको राजदूत नियुक्त भएर जानुअघि सबैभन्दा सुरूमा अनिवार्य तवरमा लिनैपर्ने कूटनीतिक प्रशिक्षणमा बेलायतका लागि नवनियुक्त राजदुत लोकदर्शन रेग्मीले सहभागिता जनाउन अस्विकार गरेका छन् । नवनियुक्त कूटनैतीक नियोग प्रमुखहरुका लागि आयोजना हुने यस्तो प्रशिक्षण अनिवार्य भनिएको छ । तर रेग्मीले यो प्रशिक्षणमा सहभागी हुन इच्छा देखाउनु भएन- परराष्ट्र मन्त्रालयका एक अधिकारिले बताए ।

यस्तो प्रशिक्षणमा कसरी कुटनीति संचालन गर्ने, कसरी काँटा-चम्चा चलाउने, टाइ-सुटको म्यानरदेखि बोलीचाली तथा व्यवहार सम्मका कुराहरू समेत जोडिएका हुन्छन् । तर, पूर्वमुख्य सचिव एवं हाल ओली सरकारको निगाहबाट बेलायतका लागि राजदुत नियुक्त रेग्मीले कूटनीतिक प्रशिक्षण लिन ठाडै अस्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने प्रशिक्षणमा सहभागी हुनुको अर्थ र औचित्य नरहेको भन्दै रेग्मीले आफूलाइ कुनै प्रकारको तालिम जरूरी नरहेको बताएका छन् ।

रेग्मी मुख्य सचिवबाट अवधी सकिनु डेढमहिना अघि रजिनामा दिएर ओली योजनाको समर्थन गर्दै मोलमोलाईको बजारमा आएका थिए । त्यसै अनुरुप उनले गत १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । राजिनामा गरेकै दिन ओली सरकारले बेलायतको लागि राजदूत सिफारिस गरेको थियो । त्यसबेला प्रधानमत्री ओलीकै चाहनामा रेग्मीको ठाउँमा परराष्ट्र सचिव शंकर बैरागी मुख्य सचिवका रूपमा पदस्थापन भएका हुन् । मन्त्रालयका एक जना अधिकारी भन्छन- परराष्ट्र मन्त्रालयको पटक पटकको आग्रह पछीपनि उहाँ प्रशिक्षणमा आउनु भएन ।

रेग्मीसँगै राजदूत सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा (अमेरिका) र डा. निर्मल विश्‍वकर्मा (दक्षिण अफ्रिका) भने प्रशिक्षणमा सहभागी छन् ।

आइतबार देखि आरम्भ भएको ३ दिने प्रशिक्षणमा कूटनीतिक डिलिङ, नेपालको प्राथमिकता, प्रोटोकल, आर्थिक कुटनीती लगायतका मामलामा छलफल-बहस चल्नेछ । परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले यो तालिम दिने गर्छ ।

‘यो आफैंमा मर्यादाहीन कुरा हो,’परराष्ट्रका एक सहसचिव भन्छन्— ‘जतिसुकै माथिल्लो ओहदामा रहेको भएपनि वर्तमानमा उहाँ बेलायतको लागि नेपाली राजदुत मात्र हो । जुन प्रोटोकलको आधारमा सहसचिव स्तरको हो ।

‘पद र प्रभाव बढाउनकै लागि मरिहत्ते गरी राजदूत बनेर गएका रेग्मीलाई कसले तह लगाउने ? ति सहसचिवको गुनासो छ ।

यसैसित संवन्धित तलको समाचारपनि पढ्नुस्

मुख्यसचिव र सचिवबिच राजदूत बन्ने होड तिब्र

तपाइँको प्रतिक्रिया