बुधबार, वैशाख १२, २०८१

बाख्राले पनि लिन थाले मानसिक जिम्नास्टिकको मजा

नेपाल प्लस२०७७ माघ ५ गते २०:३८

फोटो- द नेशनल सेन्टर फर एप्रोप्रियट टेक्नोलोजी

बाख्राहरु समस्या समाधान गर्न रुचाउने जिव हुन् । उनीहरु जहाँ बस्छन्, फार्म वा अन्य कुनै ठाउँको समूहमा त्यहाँ आएका समस्या समाधान गर्न, उनीहरुको हितमा योगदान दिनपनि बाख्रालाई मनपर्छ । यो तथ्य जर्मन र स्विस अनुसन्धानदाताहरुले हालसालै पत्ता लगाएका हुन् ।

स्विस नेशनल साइन्स फाउन्डेशन (एसएनएसएफ) र जर्मन रिसर्च फाउन्डेशनद्वारा खर्च गरिएको यस अध्ययनका अनुसार बाख्राले कुनै मेहनत नगरी समान पुरस्कार पाउने भए पनि केहि प्रयास, योगदान गरेर इनाम कमाउन मन पराउँछन् ।

दुई प्रजनन् प्रजाति दुधका लागि पालिएका बाख्रा र पुड्के बाख्रा (मासुकालागि मात्रै पालिएका साना कदका बाख्रा) लाई दुई प्रकारको इनामकालगि छनोट प्रस्ताव राखिएको थियो । दुई थरीलाईनै पास्ता (नूडल जस्तै) चिज राखियो । एकातिर राखिएको ठाउँको पास्ता लिन कुनै प्रयास नगरी पुग्न सकिन्थ्यो । अर्कोतिर राखिएको पास्ता पाउन आफ्नो थुतुनोले थोरै थप्पड हानेर ढोका खोलेपछि बल्ल पाइन्थ्यो ।

कृषि अनुसन्धानको लागि स्विस केन्द्रको बाह्य सम्बन्ध रहेको एग्रोस्कोपबाट नीना केइल र क्याट्रिना रोजेनबर्गरले अध्ययन गरेका थिए । अनुसन्धानमा समावेश ५७ वटा बाख्रामध्ये ५३ वटाले ढोका खोलेर दश वटामा कम्तिमा एक पटक इनाम पाउन खोजे । तर त्यहि इनाम कुनै प्रयास बिना प्राप्त गर्न सकिने ब्यवस्थापनि थियो । यो रिपोर्ट वैज्ञानिकहरुको अनुसन्धानमूलक पत्रीका द जर्नल साईन्समा प्रकाशित छ ।

दुध दिने बाख्रा ढोका खोल्नको लागि बढि प्रतिबद्द र इच्क्षुक देखिए । पास्ताको पहुँचमा पुग्न शुरुमै अरु पुड्के बाख्रा भन्दा बढी सतर्कपनि थिए ।

जर्मनीको एसएनएसएफले जारि गरेको बिज्ञप्तीका अनुसार अन्वेषकहरूले भने पुड्के बाख्रा (बौने बाख्रा) ले बढि चासो देखाउँछन् भन्ने अपेक्षा गरेका थिए । किनभने उनीहरूले जर्मनीमा यस्तै खाले प्रयोग केहि पहिले गरेका थिए ।

“तथापि, दुध दिने बाख्राहरूले आश्चर्यचकित बनाए । उनीहरू उच्च दुध उत्पादनको लागि पैदा भएको हुनाले हामीले उनीहरूले आफ्नो उर्जा बचाउन बढि दुख, प्रयत्न गर्दैनन् भन्ने आशा गरेका थियौं । विशेष गरी त्यो प्रयास नगरी उनीहरूले त्यस्तै पुरस्कार पाउने भए शक्ति खर्च गरिगरि दुख गर्दैनन् भन्ने थियो” बिज्ञप्तीमा रोजेनबर्गरले भनेका छन् ।

परिणामहरू कन्ट्रा-फ्रीलोडिङको सिद्धान्त (कुनै चिज प्राप्तीका लागि वा कुनै इच्क्षा पुरा गर्नकालागि दुख, मेहनत र अक्किल नलगाई प्राप्त गर्नुभन्दा त्यो लगाएर प्राप्त गर्ने इच्क्षाशक्ति, यो जिवजन्तु अध्ययनमा प्रयोग गरिन्छ) मा आधारित छन् । यो सिद्दान्तले जनावरहरूको व्यवहारको वर्णन गर्दछ जुन कुनै खास स्रोतको लागि तिनीहरूको चाहनालाई आफ्नो अगाडि भेटिएको वस्तुलाई रोज्नुको साटो कुनै प्रयास गरेर लिने, पूर्ति गर्न रुचाउँछन् भन्ने बुझाउँछ ।

यो पाल्तु जनावर र चिडियाखानामा भएका जंगली जनावरहरूमा अवलोकन गरिएको हो । जंगली जनावरमा यहि बानी लागू हुन्छ कि हुन्न भन्ने अनुसन्धानदाताहरुले थाह नभएको उल्लेख गरेका छन् ।

“हामीलाई के लाग्छ भने जनावरहरूले यो व्यवहार प्रदर्शन गर्छन् । किनभने कार्य समाधान गर्नाले उनीहरूको वातावरणमा नियन्त्रण र सकारात्मक भावनालाई उजागर गर्दछ । उनीहरूले निश्चित सन्तुष्टि प्राप्त गर्दा थप प्रयासलाई सार्थक बनाउने भएकोलेपनि त्यस्तो प्रयास गर्छन्” विज्ञप्तीमा भनिएको छ ।

घरेलु बाख्राको जीवन अवस्थामा सुधार ल्याउन यसको लागि भत्ताको ब्यवस्था गर्नुपर्ने केइलले बताएका छन् । अन्वेषकहरूले अब लामो अवधि लगाएर एक फार्ममा वास्तविक जीवन स्थिति अन्तर्गत आफ्नो प्रयोग विस्तार गर्ने कोसिस गर्ने उल्लेख गरेका छन् ।

यदि अनुसन्धानका परिणामले फार्महरूमा यी प्रकारका उपायहरू परिचित गराउन समर्थन गर्ने हो भने ति उपाय बाख्रा पालनकोलागि किसानहरूको दैनिक तालिकामा एकीकृत गर्न सजिलो हुने एसएनएसएफको बिज्ञप्तीमा छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक