शुक्रबार, वैशाख १४, २०८१

सिंहको मुखमा परेकि आमासित जिवनको याचना गर्दै बच्चो

नेपाल प्लस२०७७ माघ ६ गते १५:३१

दक्षिण अफ्रिकको निजि शिकार आरक्षमा यस्तो द्रिष्य देखियो जुन द्रिष्यले हरेक मान्छेको मन कटक्क पार्छ । यो द्रिष्यले बर्बर्ति आँसुका धारा बगाउँछ । आफ्नी आमालाई कुनै हिंश्रक सिंहका दाह्राले दागिरहेको छ । तर बच्चो असहाय छ । ऊसले आफ्नी आमालाई बचाउन सक्ने हैशियत राख्दैन । आमा कालको मुखमा छे । तर ऊ त्यहि कालको मुखमा झुण्डिरहेको छ । आमाको छातीबाट ऊ खसेर तत्कालै म्रित्युको मुखमा पुग्नपनि सक्दैन । किनभने झुण्डिन पाउन्जेलको जिवनपनि उसकालागि प्यारो छ । जिवन जिउने त्यान्दो बाँकिनै छ ।

आमाको शरिरबाट झरेका रगतका धाराको बिचमा ऊ त्यहि आमाको छातीमा झुण्डिँदै आफ्नी आमा रगताम्मे भएको क्रुर समय काट्न बिवश छ ।

यस्तो द्रिष्य दक्षिण अफ्रिकाको गोमास्गास्थित जिमाङ्गा निजि शिकार आरक्षमा वन्यजन्तु फोटोग्राफर हेन्ड्री भेन्टरले फेला पारेर फोटो खिच्न सफल भएका हुन् ।

हेन्ड्री भेन्टरले यो तस्विर राख्दै लेखेका छन् ‘पशुहरुको राज्यमा जीवन र मृत्युको कठोर वास्तविकता’।

हुर्कँदो अवस्थाको सिंह आफैं शिकारमा दक्ष हुन्न । त्यसैले उसले सजिलोसित मार्न सकिने शिकार खोजिहिँड्छ । त्यस्तै शिकारको खोजिमा हिँड्दा उसले छातीमा बच्चा बोकेको भेल्भेट मन्की (बाँदर) पोथी फेला पार्छ । छातीमा बच्चा बोकेकाले हुनुपर्छ, माउ सायद छिटो भाग्न सकेकि हुन्न ।

यहि अवशर छोपेर सिंहले च्याप्पै समाउँछ । माउको ढाडमा सिंहले आफ्ना मांशहारी दाह्रा गाढ्दा बच्चापनि माउकै छातीमा टाँस्सिइरहेको हुन्छ । ब्याकुल बच्चो असहाय आमाको छातीमा झुण्डिएर जिवनको भिख मागिरहेको हुन्छ । आफैं असहाय अवस्थाकी आमा बच्चाको यो रोदन सहन बाध्य हुन्छे । यो फोटो गेट अवे म्यागाजिनमा प्रकाशित थियो ।

तपाइँको प्रतिक्रिया