बिहीबार, चैत १५, २०८०

गैर आवाशिय संघको संशोधित विधान केन्द्रिय समितिमा छलफल हुँदै (विधान सहित)

नेपालप्लस समाचारदाता२०७७ माघ ७ गते १३:०१

गैर आवाशिय नेपाली संघको बिधान संशोधन समितिले आज बिधानको संशोधित मस्यौदा केन्द्रिय समितिमा प्रस्तुत गरेको छ । दुई दर्जन भन्दा बढी बुँदाहरुमा संशोधन गरिएको र केहि नयाँँ बुंदा थपिएको यो मस्यौदामा आजै हुने केन्द्रिय समितिको बैठकले छलफल गरेर अनुमोदन गर्ने छ । र आउँदो शनिबार र आइतवार हुने विशेष महाधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने छ ।

यदि यो बिधान विशेष महाधिवेशनबाट पारित भयो भने गैर आवाशिय नेपाली संघको पंजीकृत सदस्यता शुल्क शुन्यमा झर्ने छ । महाधिवेशनका लागि शारिरिक रुपमा सम्मेलनमा उपस्थित हुनु पर्ने झन्झट पनि हट्ने छ । तर संशोधित बिधानको मस्यौदामा भर्चुअल महाधिवेशनका साथै शारिरिक रुपमै उपस्थित भएर सम्मेलन गर्न सकिने विकल्पलाई पनि यथावत राखिएको छ । मस्यौदामा केन्द्रिय समितिमा उम्मेद्वारी दिन चाहने उम्मेद्वारको सदस्यता कम्तिमा एकपटक नविकरण भएको हुनुपर्ने, निर्वाचित तथा मनोनित भएका अन्तर्राष्ट्रिय समन्वय परिषदका
पदाधिकारी तथा सदस्यहरुले तोकेको सदस्यता शुल्क शपथग्रहण भन्दा पहिले बुझाउनुपर्ने छ । तर निर्वाचित वा मनोनित भएको ४५ दिन भित्र शुल्क नबुझाए सो पद स्वत: खारेज हुने, युवा संयोजक ४० वर्ष नकाटेको हुनुपर्ने लगायत बिधानले निर्वाचन मुल्यांकन समितिको परिकल्पना पनि गरेको छ । जसमा पूर्वअध्यक्ष मध्येबाट १, अनुशासन समितीबाट १, विधान समितीबाट १ र अन्तर्राष्ट्रिय समितिले मनोनयन गरेका २ जना गरी बढीमा ५ जना समिति बनाइने छ ।

नयाँँ मस्यौदामा थपिएको मुख्य कुरा के छ भने लेखा समिती, बिधान समिती, अनुशासन समिती र निर्वाचन लगायतका समितिहरु साधारण सभाले पारित गरेपछी मात्र आधिकारिक हुने छन । तर पनि संसोधित बिधानमा केन्द्रिय समितिलाई बढी शक्तिशाली बनाइएको छ ।

नयाँँ मस्यौदा सम्बन्धमा सल्लाहकार समेत रहेका कुल आचार्यले नेपालप्लसलाई छोटो प्रतिकृया दिदै भने- सबै कुरा सहमतिका साथ अगाडि बढ्ने भन्ने हो म त्यहि सहमती कुरिरहेको छु ।

यदि यो संशोधित विधान यो विशेष महाधिवेशनले पारित गर्‍यो भने पछील्लो पटक काठमाडौं महाधिवेशनबाट निर्वाचित भएका वर्तमान अध्यक्ष कुमार पन्तले गरेका प्रतिवद्धता अधिकांश पुरा हुने छन् ।

संशोधित विधान यहाँ क्लिक गरेर पढ्नुहोस

तपाइँको प्रतिक्रिया

फेसबुक