शुक्रबार, चैत १६, २०८०

सुतेको बेलापनि बोसो पगाल्छ ऊलोङ चियाले

नेपाल प्लस२०७७ माघ ७ गते १५:१८

मानिस सुतेको बेलापनि ऊलोङ चिया शरिरको बोसो पगाल्न र तौल घटाउनसमेत लाभदायी देखिएको छ ।

जापानको ईबाराकीस्थित चुकुवा विश्वविद्यालयका अन्वेषकहरूले चिया र क्याफिनले सुत्दापनि तौल घटाउन मद्दत गर्ने पत्ता लगाएका हुन् । अनुसन्धानका अनुसार दिनको दुई कप ऊलोङ चिया पिउँदा रातभरि बोसो पग्लिने गर्दछ ।

ऊलोङ चियाको सेवनले ओछ्यानमा बोसोको ओक्सिडिनेसन बढाउँदा शरीरको तौल, ग्लुकोज र चयापचय (मेटाबोलिजम) नियन्त्रण गर्न मद्दत गर्छ ।

व्यक्तिको आहारामा रहेको बोसोलाई क्षयीकरण गर्न सक्ने क्षमता हुनाले ऊलोङ चियाले भावी तौल बृद्धिमा चिल्लो पदार्थलाई न्युन भूमिका खेल्ने बनाइदिन्छ ।

सबै चिया उही वनस्पति क्यामेलिया सिनेन्सिसबाट उत्पन्न हुन्छन् । उनीहरूको प्रशोधन प्रविधिबाट भिन्न भिन चिया बन्छन् । अनअक्सिडाइज्ड चिया हरियो हुन्छ । जबकि पूर्ण अक्सीकरण चिया भनेको कालो चिया हो । ऊलोङ चिया आधा अक्सीकरण हुन्छ र यो चियामा दुबै हरियो र कालो चियाको विशेषता पाइन्छ ।

हरियो चियाले रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रण गर्छ भन्ने पहिलेनै जानकारिमा थियो । अहिले यो चियाले शरिरको तौल नियन्त्रणमा सहयोग पुर्‍याउने र सुतेको बेलापनि बोसो पगाल्ने पत्ता लागेको हो ।

“हामी क्याफिनको प्रभावलाई चियाका अन्य कम्पोनेन्टबाट अझ राम्ररी छुट्याउन काफाईन निकालेको ऊलोङ चियाको परीक्षण गर्न चाहन्छौं जसले बोसो पगाल्न कसरी मद्दत गर्दछ भनेर बुझ्न मद्दत गर्दछ ” न्युट्रिएन्ट्स जर्नलमा प्रकाशित लेखमा अनुसन्धानकर्मीहरुले भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक