बिहीबार, वैशाख ६, २०८१

हजारौं विरामी अटाउने कोरोना क्वारेन्टाईन रातारात बनाउँदै चीन

नेपाल प्लस२०७७ माघ ८ गते ०:०७

पछिल्लो समयमा कोरोना भाइरसका उत्परिवर्तित रुपहरु देखा परेपछि चीन सरकारले रातारात सुविधायुक्त क्वारेन्टाईन भवन बनाउन शुरु गरेको छ । उनीहरुले कोरोना भाईरस लागेका ब्यक्तिसित सम्पर्क हुन पुगेका हजारौं ब्यक्ति अटाउने क्वारेन्टाईन भवन बनाउन लागेका हुन् । चीनिया कामदारहरुले हाल शिजियाजुवाङमा चौबिसै घण्टा  उक्त भवनकालागि काम गरिरहेका छन् ।

शिजियाजुवाङमा बन्न लागेको क्वारेन्टाइन भवन बाथरूम, वाइफाइ र वातानुकूलित उपकरणले सुसज्जित हुनेछन् । भाइरस लागेको निश्चित भैसकेका बिरामीहरूको नजिकको सम्पर्कमा रहनेहरुलाई त्यहाँ राखिनेछ । यो भवन केहि दिनमा तयार हुँदै छ ।

राज्य प्रसारणकर्ता सीसीटीभीले अन्धकारमा केबिन जस्तो संरचना बनाएर काम गरिरहेको देखाएको छ । तिनले रातीपनि चम्किलो बत्ती बालेर काम गरेका छन् । निर्माण कार्य चलेको ठाउँमा कम्युनिष्ट पार्टी इकाईहरूको नाम रहेको झण्डा भवनहरूबाट फहराइरहेको छ ।

यो सुविधा पूरा भएपछि यस कोठामा चार हजार भन्दा बढी मानिस राख्न पर्याप्त हुने अपेक्षा गरिएको चिनीया प्रशारण संस्था सीसीटीभीले मंगलबार उल्लेख गरेको छ ।

क्वारेन्टाइन भवन निर्माणको कार्य जनवरी १३ बाट शुरु भएको हो । उत्तरी चिनियाँ शहरहरूले हालैका हप्ताहरूमा संक्रमितको संख्या बढेर लाखौंलाई तालाबन्दीमा राखेपछि जनवरी १३ मा काम सुरु गरेका हुन् ।

हेबेई प्रान्त वरपरका गाउँका २० हजार भन्दा बढी बासिन्दाहरूलाई केन्द्रीकृत सुविधामा क्वारेन्टाइनमा पठाइएको चिनीया मिडियाले गत हप्तानै रिपोर्ट गरेका थिए ।

यसैबिच, लाखौं स्थानीय बासिन्दहरू धेरै पटक भाइरसको लागि परीक्षण गर्न गएका छन् ।

गत साता राष्ट्रिय स्वास्थ्य अधिकारी वाङ बिनले भनेका थिए ‘आगामी नयाँ वर्ष (चिनीया नयाँ वर्ष) को छुट्टीले भाइरससित संवन्धित घटनामा ब्यापक परिवर्तन हुनसक्ने कारणले चीन उच्च सतर्कतामा रहेको छ ।’

लाखौं शहरवासीहरू आफ्ना गाउँ फर्केर नयाँ वर्षको रमाईलो र छुट्टी मनाउनको लागि यात्राको प्रवन्ध मिलाएर बसेका छन् ।

हालसालैका हप्ताहरूमा भाइरसका घटनाहरू संसारभरि बढेका छन् । विश्वव्यापी रूपमा मर्नेको संख्या २० लाख पुगिसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक