बुधबार, वैशाख १२, २०८१

भ्रमणबाट बेल्जियम फर्किँदा कोरोना परिक्षण नगर्नेलाई २५० युरो जरिवाना

निलम घिमिरे / बेल्जियम२०७७ माघ ८ गते २:११

फोटो- द बुलेटिन

बेल्जियम सरकारले यात्राबाट बेल्जियम फर्कने हरेक यात्रुलाई कोरोना परिक्षण नगरेको खण्डमा प्रति ब्यक्ति दुई सय ५० युरोका दरले जरिवाना तिर्नुपर्ने निर्णय बनाएको छ । यो नियम वुधवारबाटै लागु हुनेगरि न्याय मन्त्रि भिन्सेन्स भान क्वीकेनवोर्नले घोषणा गरेका हुन् ।

यो नियम कार्यान्वयन भइसकेको छ । नियम पालना नगर्नेलाई यस अघिको मास्क नलगाउने, दुरी कायम नगर्ने, समूमा बस्ने, भेला र जमघट गर्ने जस्ता गलत काम गर्ने, नियम पालना नगर्ने गरेमा तिर्नुपर्ने नियम अनुसारकै जरिवाना लगाउने निर्णय भएको हो । यो परिक्षण विदेसबाट आइपुगेको एक देखि आठ दिन भित्रमा गरिसक्नुपर्ने छ ।

जरिवाना लिनको लागि यात्रा गर्दा जुन ब्यक्तिगत विवरण कम्प्युटरमा भरिएको हुन्छ त्यसैको आधारमा कुनै ब्यक्तिले भ्रमण पछि बेल्जियममा आएर कोरोना परिक्षण गरेनगरेको पत्ता लगाइन्छ । जुन यात्रुले यात्रा गर्दा भर्ने यात्रु लोकेटर फर्म (यात्राको परिचय खुल्ने फर्म) को सहयोगमा गरिन्छ । त्यसकै आधारमा परिक्षण गरे नगरेको पत्ता लाग्ने छ । तथ्यांक पद्दतीले सबै देखाउने भएकाले बोल्नै नपर्ने, सम्पर्क गर्नै नपर्ने न्यायमन्त्रीले जनाएका छन् । यसको पद्दती ट्राफिक नियमको पालना नगरेमा जरिवाना आए जस्तै तरिकाको भएको उनको भनाई छ ।

त्यसो त यात्रुले अनिवार्य बस्नुपर्ने छ दिने क्वारिन्टाइन नबसेमा, अवज्ञा गरेमा पनि दुईसय ५० युरो जरिवाना तिराउने भएको छ ।

अहिले समय सहज छैन । घरमा नियन्त्रण गर्न कोहि आउँदैन । तर कुनै पनि गलत काम गरेको, सरकारी नियम अवज्ञा गरेको भेटिएमा जरिवाना लगाउन थालिएको छ । पसलमा केहि सामान किन्न गएको वा अन्यत्र पुगेको रेकर्ड भेटिएमा सहजै जरिवाना लगाइने छ । अझ गम्भिर त के छ भने यस्ता अवज्ञाका घटना कसैको दोहोरिएमा त्यस्तो ब्यक्ति अदालतमा जानुपर्ने पनि न्याय मन्त्रीले घोषणा गरेका छन् ।

तपाइँको प्रतिक्रिया