बिहीबार, वैशाख १३, २०८१

नाजी शासनमा लुटिएका १४ कला जर्मनीद्वारा स्विजरल्याण्डलाई फिर्ता

नेपाल प्लस२०७७ माघ ८ गते ३:०५

फोटो- बिजनेश रेकर्डर

स्विजरल्याण्डका कर्नीलियस गुरलिटद्वारा संकलित सबै १४ वटा कला नाजीशासन अन्तर्गत लुटिएको प्रमाणित भएपछि जर्मनीद्वारा स्विजरल्याण्डलाई हस्तान्तरण गरिएको छ ।

कार्ल स्पिट्वेजले चित्रण गरेको पियानो प्लेइङ (पियानो बजाएको) चित्र मंगलवार यसका हकदार मालिक हेन्री हिनरिच्सेनको उत्तराधिकारीको अनुरोधमा मंगलबार क्रिस्टीको लिलामी घरमा हस्तान्तरण गरिएको थियो ।

यो काम सन् १९३९ मा यहूदी संगीतका प्रकाशक, हिनिच्सेनबाट जफत गरियो । अर्को वर्ष यो नाजिहरूले जफत गर्ने कामका लागि कारोबार गर्ने एक कला व्यापारी, गुललिटका बुबा, हिलडेब्रान्ड गर्लिटले किनेका थिए । हिनिच्सेन १९४२ मा औश्विट्स यातना शिविरमा मारिएका थिए ।

सन् २०१२ मा यो संग्रह मौकाले पत्ता लगाइएको थियो । १५ महिना पछि जर्मन भन्सार अधिकारीहरूले स्विजरल्याण्डबाट आएको रेलमा यात्रुहरूको नियमित खोजी गर्दा ७७ वर्षीय गुरलिटलाई नौ हजार स्विस फ्र्यांक नगद सहित फेला पारेका थिए ।

जर्मन अधिकारीहरु उनी कर छालिकर्ता हो भन्ने आशंका गर्दै उनको फ्ल्याटमा छिरेका थिए । पिकासो, रेनोइर र म्यात्से जस्ता कलाकारहरूको उत्कृष्ट कृतिले उनको फ्ल्याट भरिएको देखेर छक्क परेका थिए । जसको मूल्य करिब १० करोड फ्र्यांक अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया