शनिबार, वैशाख १५, २०८१

युरोप छिर्न खोज्ने झण्डै चार दर्जन आप्रवासीको डुंगा पल्टेर समुद्रमै मृत्यु

नेपाल प्लस२०७७ माघ ८ गते १३:३७

फोटो- संयुक्त राष्ट्र संघ, आप्रवाशी एजेन्सी

आप्रवासीहरू बोकेर युरोपका लागि हिँडेको डुंगा बुधवार भुमध्यसागरमा डुब्दा कम्तिमा ४३ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्र संघको प्रवाश एजेन्सी (आईओएम) का अनुसार ति आप्रवाशी भूमध्यसागरमा पर्ने लिवियाको समुद्री किनारमा आएर बुधवार डुंगा पल्टेपछि पानीमा डुबेका हुन् ।

अन्तर्राष्ट्रिय आप्रवाशी संगठनले नयाँ वर्षको शुरुवातमै भएको डुंगा दुर्घटना २०२१ मा पहिलो समुद्री प्रकोप भएको र ति उत्तम जीवनको खोजी गरेर युरोप छिर्न खोजेको उल्लेख गरेको छ ।

हालसालैका वर्षहरूमा ईयूले लिबियाको तटरक्षक र अन्य स्थानीय समूहसँग यस्तो खतरनाक समुद्री किनारको यात्रा रोक्न सहयोग पुर्‍याएको छ । अधिकारकर्मी समूहहरूले भने ती नीतिहरूले आप्रवासीहरूलाई सशस्त्र समूहको दयनीय अवस्थामा छोड्ने वा पक्राउपछि अपराध गरेको आरोपमा हिरासत केन्द्रमा बन्दी बनाउने गरेको उल्लेख गरेको छ । आप्रवाशीहरुको जोखिमपूर्ण यात्रा रोक्न बनेका कानुन र प्रयास प्रभावकारि नभएको तिनको भनाई छ ।

आईओएमले लिवियाको पश्चिमी सहर जुवारामा समुद्री तटवर्ती सुरक्षा बलले मंगलबार जहाज दुर्घटनामा परेका १० जना प्रवासीलाई उद्धार गरी किनारमा ल्याएको बताएको छ । मृतकहरु पश्चिम अफ्रिकी देशहरुका रहेको जिवितहरुले बताएका हुन् ।

आप्रवाश एजेन्सीका अनुसार डु्ंगा जाविया शहरबाट मंगलवार ल्याइएको थियो । डुंगा चलाउन थालिएको केहि घण्टा पछि यसको समुद्री तटको बीचमा इञ्जिनले काम गर्न छोडेपछि डुबेको हो ।

फोटो- संयुक्त राष्ट्र संघ, आप्रवाशी एजेन्सी

सन् २०११ देखि लिबियामा विद्रोह शुरु भएदेखि त्यहाँको जनजिवन युद्धले ग्रस्त पार्‍यो । पछि लिबियाका तानाशाह मोअम्मर गद्दाफीलाई मारियो । युद्धले ग्रस्त लिबिया अफ्रिका र मध्यपूर्वमा युद्ध र गरीबीबाट भागेका आप्रवासीहरूका लागि लिबिया प्रमुख ट्रान्जिट पोइन्टको रूपमा देखापरेको छ ।

मानव तस्करहरुले प्रायजसो गरिव, व्याकुल परिवारहरूलाई कमजोर तरिकाले बनेका, पुराना रबर डुंगामा राखेर भूमध्यसागर हुँदै युरोप उतार्न खोज्छन् । पानीको छालले डुंगा पल्टाउने, डुंगाको ट्युब फुट्ने वा डुंगा भत्किने गरेर धेरै आप्रवाशी हरेक वर्षे मर्ने गरेका छन् ।

लिवियाको समुद्री गार्डले बुधवार ११ वालवालिकासहित कम्तिमा ४८ जना युरोप छिर्न खोजेका आप्रवासीहरुलाई किनारबाटै रोकेर फिर्ता लिएको आईओएमले जनाएको छ

अमेरिकी प्रवास र शरणार्थी एजेन्सीहरूले भूमध्यसागरको अवस्थालाई “असुरक्षित बन्दरगाहमा” भन्दै प्रवासीको अन्त्य सहित तत्काल मापनयोग्य परिवर्तनको माग गरेका छन् ।

उनीहरूले बुधवार एक विज्ञप्तिमा भनेका छन् “लिबियामा आप्रवाशीमाथि मनोमानी गिरफ्तार र मनोमानी हिरासतमा राख्ने क्रम जारी छ । धेरै आप्रवाशी बेचबिखनकर्ता र तस्करहरूको यातना, दुर्व्यवहार, शोषण र पीडाबाट अन्यायमा परेका छन् ।”

सन् २०१९ मा एसोसिएटेड प्रेसले गरेको अनुसन्धानले भूमध्यसागर पार गर्ने क्रममा लिबियामा मिलिसियाले संयुक्त राष्ट्र संघको नाकैमुनि राखिएका हिरासत केन्द्रहरूमा फिरौतीका लागि यातना दिने, उनीहरूलाई दुर्व्यवहार गर्ने गरेको पत्ता लागेको छ । भूमध्यसागर पार गर्ने क्रमलाई रोक्न र आप्रवाशीका यि समस्या हल गर्न लिबिया सरकारले वर्षेनी लाखौं युरो युरोपेली युनियनबाट सहयोगका रुपमा लिन्छ ।

आईओएमका अनुसार नोभेम्बरमा केन्द्रीय भूमध्यसागर पार गर्न खोज्ने झण्डै ५०० आप्रवासीको मृत्यु भएको थियो । तर आप्रवाशीहरु युरोप छिर्ने बाटाहरुको अप्रप्याप्त निगरानी र ज्ञानका कारण यसरि मर्नेको संख्या यकिन छैन । यस्तो संख्या उल्लेख गरिएभन्दा निकै बढी हुनसक्ने अनुमान तिनको छ ।

तपाइँको प्रतिक्रिया