बिहीबार, साउन २१, २०७८

भिखारीलाई क्षतीपूर्ती दिन स्विस सरकारलाई युरोपेली अदालतको निर्देशन

नेपाल प्लस२०७७ माघ १० गते ८:०४

फोटो – स्पुत्निक न्युज

स्विजरल्याण्डको जेनेभामा भिख मागेको आरोपमा एक निरक्षर महिलालाई जेल हालेपछि युरोपेली मानवअधिकार अदालतले स्विजरल्याण्डलाई जरिवाना तोकेको छ ।

जनवरी २०१४ मा रोमानियन मूल कि एक महिलालाई जेनेभाको सार्वजनिक राजमार्गमा भीख माग्दा पाँच सय स्विस फ्र्यांक जरिवानाको सजाय सुनाईयो । ति महिलाको कुनै काम थिएन । उनले सामाजिक सहयोग पनि पाइरहेकी थिइनन् । उनलाई जरिवाना तिर्न नसक्दा हिरासतमा राखियो ।

यद्यपि स्ट्रासबर्गस्थित अदालतले मंगलबार यो अनुमोदन संगठित अपराध विरुद्ध लड्ने उद्देश्यले नभएको वा यात्री, बसोबास गर्ने ब्यक्ति र व्यवसायिक मालिकहरुको हकको संरक्षणको अनुपातिक नभएको निर्णय सुनाएको हो ।

“स्पष्ट जोखिमको स्थितिमा राखिएको, मानव गरिमामा जन्मजातै आफ्नो पीडा व्यक्त गर्नसक्ने र भिक्षा मागेर आफ्नो आवश्यकतालाई समाधान गर्ने प्रयास गर्न सक्ने आवेदकको अधिकार छ” युरोपेली अदालतले फैसलामा भनेको छ । स्विजरल्याण्डले निजी र पारिवारिक जीवनको सम्मान गर्ने अधिकारको संरक्षणमा मानव अधिकार सम्बन्धी युरोपेली सम्मेलनको धारा ८ लाई उल्लंघन गरेको पनि अदालतले स्पष्ठ पारेको छ । अदालतले आवेदकलाई गैर-आर्थिक क्षतिको लागि ९२२ युरो तिर्ने आदेश दिएको छ ।

प्रायः स्विस क्यान्टनहरूमा भीख माग्न प्रतिबन्ध लगाइएको छ । तर सीमान्तकृत वर्गका लागि काम गरिरहेका संस्थाहरूले भने प्रतिबन्धले सबैभन्दा बढी जोखिममा रहेका मानिसहरुलाई समस्या भइरहेको उल्लेख गरेका छन् ।

                         भीख माग्ने प्रतिबन्धले जोखिममा गरिव

प्रायः स्विस प्रान्तहरूमा भीख माग्न निषेध गरिएको छ । यो विवादास्पद उपाय लागू गर्ने भो प्रान्त अन्तिम थियो । अठार महिनासम्म यो प्रान्तका अधिकारीहरू सन्तुष्ट रहे । तर जो प्रत्यक्षरुपमा मागेर दैनिकी चलाउँछन् ति चिन्तित र पीडित भएका छन् ।

नोभेम्बर २०१८ मा भोको फ्रान्सेली भाषा बोल्ने प्रान्तमा भीख माग्न प्रतिबन्ध लगाइएको थियो । नयाँ कानूनले सयौं सामाजिक र आर्थिक रूपले असुरक्षित व्यक्तिको दैनिक जीवनलाई असर पारेको छ । प्रहरी अधिकारीहरूको भूमिका त्यसपछि बदलियो । लोजान शहरले २०१३ मै एक उप-कानून अपनाएको थियो, जसले सार्वजनिक स्थानमा भीख माग्न निषेध गरेको थियो । त्यहाँ भिक्षा माग्नु अपराध भनेर घोषणा गरियो ।

“पहिले भीख माग्न नियमन गरिएको थियो । अहिले कानून स्पष्ट रूपमा दमनकारी भएको छ” लोजान म्युनिसिपल पुलिसका लागि साझेदारी र बहुसांस्कृतिकवादका प्रमुख क्रिश्चियन पन्नातीर भन्छन् “यसले सडकमा प्रहरी अफिसरहरूको कामलाई परिवर्तन गरेको छैन । तर पुरानो नियमले लचिलोपन अपनाएको थियो । कुराकानीको लागि बढी अवसर छोडेको थियो । अहिले निर्णय लिनुपर्नेगरि बढी स्पष्ट पारिएको छ। ”

जब प्रहरी अधिकारीहरू भिखारीहरूकहाँ पुग्छन् उनीहरूले भिख माग्न नपाइने कानुनका बारेमा बताउँछन् । र त्यो मुद्दा प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गर्छन् । प्रधानकार्यालयलेनै जरिवाना तिराउँछ ।

“प्रतिबन्धले भिखारीहरुमा ठूलो प्रभाव पारेको छ” पन्नातीर भन्छन् “भिखारीहरू यति धेरै छन् कि अहिले नागरिकहरुले राम्रोसित देख्दैनन् । यसले पनि पसलेहरूमा सकारात्मक प्रभाव पारेको छ । भिखारीहरूसँग व्यवहार गर्न हामीलाई अहिले कम बोलावट हुन्छ ।”

       प्रहरीको डर

१ नोभेम्बर २०१८ सम्म प्रहरीले भिखारीहरूलाई नयाँ कानूनको प्रावधानको बारेमा जानकारी दियो । र त्यसै दिन सडकमा बस्ने सबै मानिसहरू हराइसकेका थिए । यो एकदम अप्रत्याशित भएको पन्नातीर सम्झन्छन् ।

लोजानमा पैसाको लागि भीख माग्ने मानिसहरूमा सामाजिक रूपले न्युन स्तर भएका, लागूऔषध दुर्व्यसनीहरू र सबैभन्दा बढी रोमानियाका थिए । तिनीहरू मध्ये धेरै रातिनै भागे ।

“उनीहरू डराए । पूर्ण रूपमा तर्से । प्रहरीले जेलमा हालेको भन्दा भाग्नु राम्रो भन्ने सोचे सँतेजीडियो संस्थाकि स्विजरल्याण्डका अध्यक्ष आन-क्याथरिन रेमन्ड भन्छिन् ।

धेरै वर्षदेखि यस ईसाई समुदायले भिखारीहरूका बच्चाहरूलाई स्कूल जान दिनको लागि ओप्र र्रोम र प्वाँ दापुई नामक संस्थासँग काम गरिरहेछ । तर प्रतिबन्धले यो सबै समर्थनको काममा एक विनाशकारी प्रभाव पारेको छ” रेमोन्ड भन्छिन् । उनी केही परिवारहरूसँग सम्पर्कमा रहेकी छिन् र उनीहरू कहाँ गए भनेर पछ्याउँछिन् । उनीहरूमध्ये धेरैले स्विजरल्याण्ड छोडेर फ्रान्स वा जर्मनी गए । उनीहरूलाई त्यहाँबाट पनि खेदिएको छ ।

“प्रतिबन्धले सबैभन्दा जोखिममा परेकालाई प्रभावित पारेको छ । यसले बिरामी र सबैभन्दा कम शिक्षित व्यक्तिलाई अन्यत्र भाग्न बाध्य तुल्याएको छ” ओपेरे र्रोमका अध्यक्ष, भेरा टर्चरमिसिनोफ भन्छन् “हामीले मानिसहरूलाई धेरै टाढा र अति न्युन स्तरमा पुर्‍यायौं । तिनीहरूको अवस्था खराब हुँदै गइरहेको छ । स्थिति राम्रो छैन। तिनीहरू बाँच्नको लागिै बाँच्दै छन् । ”

रेलवे स्टेशनको वरपर बस्नेलाई सोध्नुपर्छ कि जिन्दगी कति मुस्किल छ भनेर । एक कप तातो चियामा दम्पतीले वर्णन गर्छन् कि भिख माग्ने प्रतिबन्ध लगाएदेखि उनीहरूको दैनिक जीवन कसरी अझ कठिन भएको छ । केहि रोमानियन मूलतः स्विजरल्याण्डमा कृषि क्षेत्रमा काम खोज्न आएका थिए । उनीहरुले आफ्नो परिचय, अनुभव र सिपको सूची (सिभी) बाँड्छन् सम्भावित रोजगारदाताहरूलाई । कसैले पनि तिनीहरूलाई बोलाउँदैन । उनीहरूको फ्रान्सेली भाषाको स्तर गतिलो हुन्न । बोल्नै जान्दैनन् कतिपयले त । उनीहरू पढ्न र लेख्न सक्दैनन् ।

मिन्द्रा र बोग्दान एक रोमानियन जोडी हुन् । लोजानको पूल छेउमा बस्ने । सन् २०१३ देखि २०१८ सम्म यो जोडी भीख माग्दै लोजानमा बाँचे । जब नयाँ कानून लागू भयो तिनीहरू फ्रान्सको ग्रनोब्ल भागे । “हामी सानो पृष्ठभूमिबाट, सानो परिवारबाट आएका मानिस ठूलो पृष्ठभूमिमा फरक पृष्ठभूमिबाट आएका धेरै मानिसहरूसँग बस्न बाध्य भयौं । यो महिलाका लागि राम्रो ठाउँ थिएन” ”मिन्द्रा सम्झन्छिन् । म यहाँ (स्विजरल्याण्डमा) सुरक्षित महसुस गर्छु ।”

तिनीहरू स्विजरल्याण्ड फर्किएर हरेक दिन फरक फरक प्रान्तमा भिख माग्दै हिँडे । उनीहरूले विभिन्न शिविरहरूमा भीख मागेको पैसाले खाना किन्न र लोजान आश्रयको लागि भुक्तान गर्न सक्षम भए जसमा उनीहरूलाई एक रातको १० फ्र्यांक खर्च हुन्छ । बोग्दान कहिलेकाँही घर बाहिर सुत्दछन्, मध्य जाडोमा पनि ।

“यो प्रतिबन्ध पछि यो एक विपत्ति भएको छ । म हरेक दिन थोरै पैसा कमाउन भेभे, मोँथ्रु, सियोन, नुशातेल गर्छु । म रेल धेरै परिवर्तन गर्दछु ताकि जाँचकिले फेला नपारुन्” मिन्द्रा भन्छिन् “आजको दिन गाह्रो थियो । भाले प्रन्तमा यात्रुहरूले प्रहरीलाइ खबर गरे । मलाई गिरफ्तार गरेर तीन घण्टा हिरासतमा राखियो । मैले लुगाफाटा पनि खोलेर देखाएँ कुनै पैसा लुकाएकि छैन भनेर प्रमाणित गर्न । हामीले आज खाना खाएको भन्नु सुन्तला मात्रै हो । आश्रयको लागि हामीसँग पर्याप्त पैसा छैन । जिवन यस्तै छ ।”

    कामको खोजिमा देश देशावर

भो प्रान्तमा बस्दै आएका अधिकांश भिखारीहरू कामको खोजीमा अन्य युरोपेली देशहरू बसाइँ सरेका छन् । जता पुगेपनि तिनले बाँच्नका लागि प्रायः भिक्षा खोजिरहनुपरेको छ । धेरै वर्षदेखि ओप्रे र्रोम संस्थाले त्यस्ता मानिसहरूलाई स्विजरल्याण्डमा काम खोज्न सहयोग पुर्‍याइरहेका छन् । धेरैले अस्थायी रोजगारहरू प्राप्त गर्न सफल भएका छन् ।

“यो सजिलो छैन, किनकि यी व्यक्ति प्रायः निरक्षर छन् । स्विजरल्याण्डमा धेरै उच्च आवश्यकताहरू पुरा गर्नुपर्छ । हामीलाई प्रशिक्षण र प्रमाणपत्र आवश्यक छ” ओप्रे र्रोमको ट्राउरमिस्निनफ बताउँछिन् । उनले तीन महिलाको उदाहरण दिइन् जसले सफाई प्रशिक्षण कोर्सको लागि अस्वीकार गरिन् । किनकि उनीहरू डिटरजेन्टसम्बन्धी निर्देशनहरूपनि पढ्न सक्दैनथे ।

“हामी उनीहरूको अनुभव उजागर गर्नका लागि ब्यक्तिगत बिवरण (सीभी) अनुकूलन पार्न खोज्छौं, कसरी जान्न सकिन्छ तिनको सिप भनेर । यी मानिसहरूले आफ्नै देशहरूमा काम गर्थे, प्रायः कृषिमा ।

रेमन्ड भन्छन् “हामीले यस युरोपेली समस्यालाई सुल्झाउन एकसाथ प्रयास गर्नुपर्दछ । तर त्यसको लागि दृढ संकल्प चाहिन्छ । हामीले गरिबीको कारणमा आक्रमण गर्नुपर्दछ गरीब र गरिबीमाथि होइन ।”

   भिख माग्नुनै अपराध

नयाँ कानून लागु भएको एक वर्ष पछि लोजानको प्रान्तिय सरकारले नतिजा अत्यन्तै सन्तोषजनक भएको बताएको थियो ।

“यदि राजनीतिक उद्देश्य भनेको समस्या समाधान नगरी भिखारीहरूलाई भगाउने थियो भने यो सफल भएको छ” लोजानको युनिभर्सिटी अफ अप्लाइड साइन्स एण्ड आर्ट्स अफ वेस्टर्न स्विजरल्याण्डका प्रोफेसर जँ पियर ताबाँ भन्छन् ।

उनले २०१० मा भो प्रान्तका अधिकारीद्वारा गरिएको एउटा अध्ययनको सह-निर्देशन गरेका थिए । त्यसमा बच्चाहरू लोजानमा भिख माग्ने गर्छन् कि गर्दैनन् भनेर अध्ययन गरिएको थियो । अन्वेषकहरू यस्तो फेला नपरेको निष्कर्षमा पुगेका थिए ।

भिख माग्न प्रतिबन्ध लगाएपछिपनि तबिनले अनुसन्धानलाई निरन्तरता दिए । “गरीब हुनु र भिक्षा माग्नु अपराध भएको छ । कहिँपनि बाँच्नु र बेआरामसित सुत्न बाध्य हुनु अपराध भएको छ । त्यसैले गरिबीलाई अपराधको रूपमा लिइन्छ” तबिन भन्छन् ।

भिख माग्नु बिभिन्न कारणको श्रृंखला भएको उनको भनाई छ । एउटा सामाजिक प्रश्नलाई प्रहरीद्वारा आदेशका भरमा व्यवहार गर्ने बनेको छ । भिखारीहरुलाई जरिवाना तिर्न लगाइन्छ जुन उनीहरुले तिर्नै सक्दैनन् । त्यसपछि कानुनी कारवाहि गरिन्छ र जेल हालिन्छ । यदि ति भिखारीहरु स्विस नागरिक होइनन् भने तिनलाई अपराधिक पराया मानिन्छ र देश निकालासम्म गरिन्छ ।

अदालती मूल्यांकन

भीख माग्न लगाइ एको प्रतिबन्धका बिरूद्ध भो प्रान्तको प्रान्तिय अदालतमा अपील गरिएको थियो । तर प्रान्तिय अदालत र संघीय अदालत दुबैले कानून सार्वजनिक व्यवस्था, सुरक्षा र शान्ति जोगाउन र माफियाको संजाल रोक्न स्थापना भएकाले उचित हो भनेर फैसला गरिदिए । भिखारी र प्रख्यात व्यक्तित्व रहेको समूहले यो निर्णयलाई मानवअधिकार युरोपियन अदालतमा अपील गरेको छ ।

स्विजरल्याण्ड र अन्य यूरोपेली देशहरूमा गरिएको अनुसन्धानले देखाएअनुसार भीख माग्नेहरूको कुनै माफिया प्रकारको संजाल हुँदैन । “यस्तो अवस्था छैन । यो एक कल्पना हो । उनीहरुको पारिवारिक ऐक्यबद्दता हो” ट्याबिन भन्छन् ।

यद्यपि राजनीतिक र न्यायिक अधिकारीहरूले संजालको अस्तित्व र बच्चाहरूको शोषणको कारण भिक्षा माग्ने काममाथि प्रतिबन्धको औचित्य प्रमाणित गर्छन् । अध्ययनहरूले यसको विपरित प्रमाणित गरे पनि ।

(स्विस इन्फो डट सिएचमा प्रकाशित दुई वटा आलेखलाई जोडेर नेपालप्लसकालागि नेपालीमा भावानुवाद गरिएको हो- सम्पादक)

तपाइँको प्रतिक्रिया

फेसबुक