शनिबार, वैशाख १५, २०८१

छ दर्जन वंगलादेशी मानव तस्कर इन्टरपोलको खोजीमा : बंगलादेशदेखि युरोपसम्म तस्करको संजाल

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ माघ ९ गते १:२५


बंगलादेशीहरू मे २०१७ मा कुम्भ बोर्डमा वंगलादेशीहरु । फोटो: शार्लोट ब्वातियो

बंगलादेशमा युरोप जाने मार्गलाई “खेल” भनेर चिनिन्छ । कुनै दलाल, एक ट्राभल एजेन्टको सहयोगमा धेरै बंगलादेशीहरूले रोजगारी प्रशस्त भएको, पैसा घर पठाउन सक्नेगरि कमाउन पाइने देश जाने आशा राख्छन् । तर अब अन्तर्राष्ट्रिय अपराध एजेन्सी इन्टरपोलले लिवियामा बंगलादेशी तस्करहरुलाई पक्राउ गर्न खोजिरहेको छ । तिनका बिरुद्द पक्राउ वारेन्ट जारि गरेको छ ।

“दलाल पत्ता लगाउन गाह्रो छैन । कोहि न कोहि त जसलेपनि चिनेको हुन्छ । उनीहरूकहाँ पुग्नेगरि आफ्नो सन्देश फैलाउन सजिलो छ” २३ वर्षे बंगलादेशी फारुकले भने ।

फारुकलाई थाह थियो, सयौं सय जोखिमहरुले उनीहरुलाई युरोपको यात्रामा पर्खिरहेका थिए । तर उनले ‘युरोप जान लायक छ” भन्ने दलालको वचन पत्याए । उनीसँग लिवियामा धेरै वर्षदेखि चलिरहेको गृहयुद्धको बारेमा पनि केही जानकारी थिएन।

सन् २०१० मा बंगलादेशीहरु लिबिया पुगेपछि भुमध्यसागरमा डुंगा चढेर युरोप जाने कोसिस गर्ने १० राष्ट्रहरु मध्ये एक थिए । प्रायः गरीबी र निराशा, अज्ञानता र आशाको मिश्रणबाट उनीहरु यसरि युरोपको यात्रा देख्छन् । बंगलादेशमा यो मार्ग “खेल” को रूपमा परिचित छ ।

उनीहरूको पैसा लिने मानिसहरूसित तस्करहरूका नेटवर्कहरू छन् जुन बंगलादेशभरि फैलिएको छ । तिनको संजाल लिवियामा पनि स्थापना भएको छ । अब अन्तर्राष्ट्रिय अपराध एजेन्सी इन्टरपोलले यी नेटवर्कहरूको तथाकथित केन्द्रलाई भताभुंग पार्ने आशा गर्दैछ । थोमसन रोयटर फाउन्डेसनको रिपोर्ट अनुसार पहिलोमा बंगलादेशी अधिकारीहरुलेनै इन्टरपोलसंँग केहि संदिग्ध मानव तस्करहरुको विवरण साझेदारी गरेका छन् ।

नोभेम्बर १० मा मिन्टो मिया भन्ने बंगलादेशी अन्तर्राष्ट्रिय पुलिस एजेन्सीको रेड नोटिस सूचिमा पर्ने पहिलो वंगलादेशी मानव तस्कर बने । थोमसन रोयटर्सका अनुसार इन्टरपोल सूचीमा मियालाई जागिर खोज्नेहरूलाई धोका दिने, गलत ढंगले कैदमा राख्ने र मानिसहरूलाई मार्ने भनेर वर्णन गरिएको थियो ।

मिया मानव तस्कर मध्ये एक हो जसलाई इन्टरपोलले खोजिरहेका विश्वका सात हजार मानिसहरुको सूचीमा थपिएका एक वंगलादेशी हुन् । हाल रेड लिस्टमा ७० भन्दा बढी बंगलादेशी छन् ।

                                  सबै प्रकारका मानसिक र शारीरिक पीडा

फाईलबाट: ३५० जना भन्दा बढि आप्रवासीलाई १५ जनवरी २०१८ मा गाराबुल्ली नजिकै लिबियाको तटबाट उद्धृत गरिएको थियो। लिबियाको समुद्री गार्डले त्रिपोली फर्के पछि उनीहरूलाई थुनामा राख्ने केन्द्रमा सार्‍यो | फोटो: ए एन एस ए / जुहाईर आबुस्रेविल

इन्टरपोलको रातो सूचीमा हत्या, नक्कली पैसाको प्रयोग र अश्‍लील सामग्रीको वितरणको बारेमा संदिग्ध व्यक्तिहरू छन् ।

लिबियामा बंगलादेशी तस्करहरूले निम्न विधि लागू गरेको आशंका छ : भुक्तानी गर्न सक्नेहरूलाई रिहा गर्ने, भूमध्यसागरको भीडभाडमा डुंगामा राख्नुभन्दा पहिले बढी पैसा निकाल्न उनीहरूलाई त्यहाँ बन्धक बनाउने, बन्धक बनाएकासित परिवारलाई सम्पर्क गराएर थप पैसा मगाउने गरेका थिए ।

जाकिर नाम गरेका एक व्यक्तिले उनी पहिलो पटक लिबिया आइपुगेपछि सबै चीजहरू तुलनात्मक रुपमा सहज भएको मध्यपूर्व आई पत्रिकालाई बताए । तर डुंगामा लैजानु भन्दा पहिले उसले आफूलाई यस्तो घरमा पायो जहाँ उसलाई चाबी लगाएर बन्द गरियो । अँध्यारोमा राखेर अलिकति खाना मात्र दिइयो। “यस्तो गरेको तिनीहरूले यात्रा गर्नु अघि उनीहरूको तौल घट्ने बनाउनको लागि हो” जाकिरले भने ।

उनलाई राखिएको डुंगा लिबियामा फिर्ता ल्याएपछि अवस्था झनै नराम्रो हुँदै गयो । उनीहरूलाई लिबिया मिलिशियाद्वारा सञ्चालित हिरासतमा राखिएको थियो । त्यसपछि सबै प्रकारका मानसिक र शारीरिक पीडा भोग्नु परेको थियो ।

           ‘पैसाको लागि यातना’

जाकिर अहिले बंगलादेश फर्किसकेका छन । अरूलाई उनको जस्तै गल्ती गर्न रोक्नको लागि अधिकारीहरूसँग काम गरिरहेका छन् ।

आईओएमले दिएको तस्वीरमा सेप्टेम्बर २०२० को अन्तमा लिबियाबाट भिएचआर (परिचय, दर्ता) लिएका १६४ बंगलादेशीहरूलाई देखाउँदै | फोटो स्रोत: आइ ओ एम

बंगलादेशका विशेष प्रहरी सुपरिटेन्डेन्ट सैयदा जन्नत आराले थोमसन रोयटर्सलाई बताए अनुसार तस्करहरूले बंगलादेशका मानिसहरूलाई विदेशमा रोजगारीको कबूल गरेर पैसा लिन्छन् । पछि उनीहरूलाई धोका दिन्छन् । उनीहरूले लिबियामा बन्धक बनाएर राख्छन् र बढी पैसा झार्न यातना दिन्छन् ।

अहिले उनीहरूको विवरण इन्टरपोलको सूचिमा राखेपछि तिनीहरूको क्रियाकलाप प्रतिबन्धित हुनेछ । किनकि उनीहरू जुन देश गएपनि खोजिहुने छ ।

युवा बंगलादेशीहरु जसले रोजगारीकालागि विदेश जाने गरेका थिए उनीहरु अझै प्रलोभनमा छन् । थोमसन रोयटर्सका अनुसार बंगलादेशी कामदारहरू प्रत्येक वर्ष विदेशमा सात लाख जति काम गर्दछन् । उनीहरूले घर पठाउने रेमिट्यान्समा यो देश धेरै नै निर्भर छ । एपीका अनुसार उनीहरूले वार्षिक २० अरब डलर भित्र्याउँछन् ।

जेन्नत आरा जस्ता प्रहरी अधिकारीहरूले ती तस्करहरुलाई रोक्न खोजिरहेका छन् । तर उनीहरुसित मानव बेचबिखनको हजारौं घटनाहरुको सूची छ । उनीहरुले यस्ता धेरै फाईल हेर्नुपर्ने छ ।

प्रत्येक वर्ष, अमेरिकी सरकारले व्यक्तिको तस्करी रिपोर्ट जारी गर्दछ । यस वर्षको संस्करण जूनमा जारी गरिएको थियो । त्यस प्रतिवेदनका अनुसार बंगलादेश सरकारले तस्करी उन्मूलनका लागि न्यूनतम मापदण्ड पूर्णरूपमा पूरा गर्दैन । तर त्यसो गर्न महत्वपूर्ण प्रयास भने गरिरहेको छ ।

प्रतिवेदनले दुबै आन्तरिक र अन्तर्राष्ट्रिय तस्करीका घटनाहरूलाई हेर्छ । यसको ध्यान प्रत्यक्ष रूपमा बंगलादेशदेखि लिबिया हुँदै युरोपसम्मको मार्गमा थिएन ।

तस्करी व्यापक

उक्त प्रतिवेदनले सउदी अरेबियामा एक हजार भन्दा बढी बंगलादेशी श्रम पीडितलाई पहिचान गरेको छ । साथै व्यापक वाल यौन बेचबिखन, बाध्यकारी श्रम र यौन बेचबिखनको जबरजस्ती हुने गरेको उल्लेख छ ।

यसले पत्ता लगायो कि विदेशमा कामका लागि नागरिकहरूलाई प्रमाणित गर्ने एजेन्सी, म्यानपावर र रोजगार प्रशिक्षण ब्यूरो (बीएमईटी) भर्ती एजेन्सीहरूलाई मानव बेचबिखन सम्बन्धी पूर्व-प्रस्थान प्रशिक्षण दिनुपर्ने र त्यस्तो नगराउने एजेन्सी, संस्थालाई सिफारिसको सूचीबाट बाहिर राख्न अनुमति दिएको छ । विशेष गरी कसरी आफ्नो रोजगारदाता, दर्ता गर्ने निकाय वा एजेन्सी बिरुद्द गुनासो दर्ता गर्ने भन्ने अनिवार्य जान्नुपर्छ ।

यसबाहेक, सरकारले भर्ती एजेन्सीहरूलाई उनीहरूको ग्राहक फेला पार्न उच्च शुल्क लगाउन दिईराख्यो । उक्त रिपोर्टमा बेचबिखनमा आधिकारिक जटिलता पनि व्यापक भएको उल्लेख थियो । यद्यपि सरकारले थप मुद्दा चलाउन केही प्रयास गरिरहेको थियो । मानव बेचबिखन रोकावट र दण्ड ऐन (पीएसएचटीए) अन्तर्गत पक्राउ परेका संदिग्ध तस्करहरुलाई सजाय दर एक दशमलव सात प्रतिशत थियो ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार विशेष गरी समस्याग्रस्त बंगलादेशबाट लिबिया र युरोपमा सीमा पार भएका मुद्दाहरू थिए । उक्त प्रतिवेदनमा भनिएको छ “बंगलादेशी अधिकारीहरू प्राय: प्रमाण संकलन गर्न विदेश गएनन् । विदेशी सरकारबाट प्रमाण लिन पर्याप्त सहमति पनि गरेनन् ।”

कानुनी प्रकृयामा ढिलाइ

उजुरी पाएपछि प्रहरीलाई आरोप फाईल तयार गर्न आठ वर्ष सम्म लाग्यो । तस्करीका मामिलाहरुमा पहिलो रिपोर्टदेखि न्यायिक निर्णयसम्म पुग्दा औसत ११ वर्ष लागेको केही पर्यवेक्षकहरूले प्रमाणित गरेका छन् ।

यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूले ढिलाइका कारण ती अभियुक्त स्वतन्त्र रहेको, घूस दिन वा पीडितलाई साक्षी नमानी धम्क्याउने गरेको उल्लेख गरेका छन् । सन् २०१३ मा लागू भएको पीएसएचटीए ऐन अनुसार बंगलादेशी भर्ती एजेन्सीहरूलाई यति उच्च भर्ती शुल्क तिर्न अनुमति दिइयो कि धेरैजसो कामदारहरूमा ऋण थपियो । ऋण धेरै लिएकालेपनि जबरजस्ती बेचबिखनको सिकार बन्न पुगे ।

विगत पाँच वर्षमा १६२ भर्ती एजेन्सीहरूलाई कानूनको उल्लंघन गरेबापत निलम्बित गरिएको थियो । स्थानीय अदालतमा सिफारिस गरिसकेपछि २२८ जनालाई श्रम बेचबिखन सम्बन्धी अपराधमा दोषी ठहराइयो । प्रवासी मजदुरहरूलाई गैरकानुनी रूपमा विदेश पठाउनु, गैरकानुनी भर्ती शुल्क लिनु र ठगी गरेर भर्ती गर्नु जस्ता घटनामा दोषी देखिएको प्रतिवेदनले दर्शाएको छ ।

लिवियामा बंगलादेशी

घर फर्किन इच्छुक एक बंगलादेशी आप्रवासीलाई लिवियामा आइओएमले विमान टिकट सहयोग दिँदै । फोटो स्रोत: आइ ओ एम

संयुक्त राष्ट्र संघीय माइग्रेसन एजेन्सी (आईओएम) ले लिबियामा २० हजार बंगलादेशी रहेको जनाएको छ । आइओएमको सेप्टेम्बरको तथ्यांक अनुसार बंगलादेशीहरू दोस्रो पटक यूरोप छिर्नकालागि भूमध्यसागर पार गर्ने प्रयास गरेर लिबिया फर्किने दोस्रो सूचीमा थिए । सन् २०२० को सेप्टेम्बरसम्म एक हजार दुई सय २४ वंगलादेशीहरु घर फर्केको भन्दै दर्ता भए ।

यो वर्ष संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी (यु एन एच सि आर) को तथ्यांकका अनुसार बंगलादेशीहरु ट्युनिसियाली पछि इटालीमा दोस्रो ठूलो संख्यामा आएका छन् । २०२० मा जनवरीदेखि अक्टुबर ३१ सम्ममा ती सबै आगमनमा वंगलादेशीको १२ दशमलव पाँच प्रतिशत थियो । अर्थात् तिनको संख्या लगभग तिन हजार तिन सय ९१ थियो । चाखलाग्दो कुरा के छ भने सन् २०१९ को उही अवधि (जनवरी-अक्टुबर) मा पाकिस्तानीहरूले बंगलादेशीहरूको स्थान लिएका थिए । इटालीमा १२ प्रतिशत पाकिस्तानीको आगमन भएको छ । सन् २०१९ मा बंगलादेशीहरूले ईटाली आउने सम्पूर्ण संख्याको चार प्रतिशत स्थान ओगटे ।

सेप्टेम्बरको अन्तमा आईओएमले १६४ बंगलादेशी आप्रवासीलाई लिवियाबाट स्वैच्छिक आधारमा मानवीय सहयोग दिएर विमानबाट फर्काइदिएको छ । त्यस जहाजमा लिवियाको शहर मिदामा मेको अन्त्यतिरको गोलीबारीबाट बचेका नौ जना पनि फिर्ता भएका थिए । २६ वंगलादेशी लगायत ३० जना आप्रवासीलाई तस्करीको गोदाममा गोली हानी मारिएको भनिएको थियो ।

मे २०२० को गोली शुटिंग

बचेका एक सय्यद खाँनले आईओएमलाई बताए अनुसार उनले घटना बिर्सिनै सकेका छैनन् । त्यो जिउँदो सपना जस्तो थियो । त्यो पिडाबाट तङ्ग्रिएर घर जाने यात्राका लागि आफूलाइ तयार पार्न चार महिना लागेको थियो उनलाई ।

सन् २०१८ मा लिबियाबाट बंगलादेश फर्केका हसन नामका अर्का व्यक्तिले थोमसन रोयटर्सलाई बताए अनुसार उनलाई लिबियामा तीन महिना तस्करहरूले पक्राउ गरेका थिए । उनले त्यो पिडाको अनुभव यस्तो डरलाग्दो गरे कि उनी तस्करहरुलाई समात्न प्रहरीलाई मद्दत गर्न तयार छन् । हसनले अझैपनि दलाल मार्फत तस्करलाई तिरेको पैसा फिर्ता लिन सकेका छैनन् ।

सन् २०२० को जूनमा एपीको रिपोर्ट अनुसार गोलाबारी पछि ढाकामा कम्तिमा १९ संदिग्ध मानव तस्करहरू पक्राऊ परेका थिए । पीडितका परिवारले दर्ता गरेका दुईवटा मुद्दाको परिणामस्वरूप यो कारवाही सुरु भएको एपीले जनाएको छ ।

ढाका महानगरपालिकाका अतिरिक्त आयुक्त अब्दुल बाटेनले जूनमा एपीलाई बताएका थिए “अधिकारीहरूले विश्वास गरेअनुसार लिवियामा भएको हमलाका अधिकांश पीडितलाई भारत, संयुक्त अरब इमिरेट्स र इजिप्ट हुँदै लिबिया लगिएको थियो ।” बाटेनको भनाईमा ती व्यक्तिलाई विदेशमा लगेर ल्याएका तस्करहरू उनीहरूको मृत्युको लागि जिम्मेवार थिए ।

यसैसित संवन्धित तलको रिपोर्टपनि हेर्नुस्

युरोप छिर्न खोज्ने झण्डै चार दर्जन आप्रवासीको डुंगा पल्टेर समुद्रमै मृत्यु

तपाइँको प्रतिक्रिया