बिहीबार, वैशाख ६, २०८१

जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेपछि सीमा क्षेत्र कडाईको माग

नेपाल प्लस२०७७ माघ ९ गते १२:५७

                                   फोटो- मलेसिया नाउ                      

जर्मनीमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोना भाईरसबाट मृत्यु र संक्रमित हुनेको संख्या बढ्न थालेपछि जर्मनीकी चान्सलर एन्जेला मार्केलले युरोपेली देशहरुबिचको सिमा जाँच गर्नुपर्ने बताएकि छन् ।

जर्मनीको स्वास्थ्य नियमन संस्था रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रका अनुसार जर्मनीमा गत २४ घण्टामा कोरोना भाईरसबाट मर्नेको संख्या आठ सय ५९ पुगेको छ । यसबाट कोरोना भाइरस शुरु भएदेखि हालसम्म भाइरकै कारण मर्नेको संख्या ५० हजार छ सय ४२ पुगेको छ ।

कोरोना भाईरसको पहिलो तरंगलाई जर्मनीले निकै सफलताकासाथ नियन्त्रण र ब्यवस्थापन गरेको थियो । तर दोस्रो तरंगले भने युरोपको सबैभन्दा राम्रो अर्थतन्त्र मानिएको देशलाई कठिन पारेको छ ।

यस हप्ता जर्मनीले फेब्रुअरी १४ सम्म आफ्नो वर्तमान तालाबन्दी विस्तार गर्‍यो । र कुलपति एन्जेला मार्केलले भाइरसको नयाँ अरु संक्रामक रुपको विस्तारलाई कम गर्न सीमा जाँचलाई ध्यान दिनुपर्ने बताएकि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक