शुक्रबार, चैत १६, २०८०

हंगेरीले रुसी खोप लिएपछि युरोपेली युनियनमा बिवाद

नेपाल प्लस२०७७ माघ ९ गते २२:१७

युरोपेलीहरु रसियाको खुब खेदो खन्छन् । कोरोना भाईरसबिरुद्द रसियाले निकालेको खोपलाई हाँसि मजामा उडाउँदै आएका थिए । तर युरोपेली युनियनकै देश हंगेरीले युरोपेली युनियनले सिफारिस नगरेको रुसी खोप माग गरेपछि युरोपेली युनियनमा बिवाद मच्चिएको छ ।

युरोपका मेडियाहरुले ‘हंगेरीद्वारा युरोपेली स्तर तोडेर रुसी खोप प्रयोग गरेको’ भन्दै बिभिन्न कोणबाट समाचार बनाएका छन् ।

कोरोना भाईरस बिरुद्दको रुसी खोप स्पुत्निक भि ठूलो मात्रामा खरीद गर्न मस्कोसँग संझौता गरेको हंगेरीले आजै शुक्रबार घोषणा गरेको हो । हंगेरियाली नियामक संस्थालेपनि खोपको प्रयोगको लागि हरियो संकेत दिएको जनाइएको छ । तर युरोपियन स्वास्थ्य अधिकारीहरूले रसियाली खोपलाई स्वीकृति दिएका छैनन् ।

रुसको स्पुतनिक भि खोप युरोपियन स्वास्थ्य अधिकारीहरुबाट स्वीकृत नहुँदै बुडापेस्टले ठूलो मात्रामा खरीद सम्झौता गरेपछि युरोपेली युनियनमा बिवाद मच्चिएको हो ।

हंगेरीका विदेश मन्त्री पीटर जिजार्तोले मस्कोको भ्रमण गर्दै शुक्रबार जनवरी २२ मा आफ्नो फेसबुकमा पोस्ट गरिएको भिडियोमा उक्त घोषणा गरेको देखिएको हो । “विवरण पछि दिइनेछ” उनले भनेका छन् ।

इयुको नियामक संस्था युरोपियन एजेन्सी फर ड्रग्स (ईएमए) सँग खोप स्वीकृति प्रक्रियालाइ बुडापेस्टले आग्रह गरेको थियो । तर ईेमएले उल्टै आलोचना गरेपछि हंगेरीको चिकित्सा नियामकले यस हप्ता रूसी खोपको उपयोगलाई हरियो बत्तीको संकेत दिएको हो ।

जनवरी १ देखि ईयुको अध्यक्षता ग्रहण गरेको पोर्चुगलले रुसी खोप लिने हंगेरीको निर्णयको कूटनितिक भाषामा बिरोध गरिसकेको छ । “रुसी खोप लिएर हंगेरीले कोरोना भाईरस बिरुद्दको लडाईमा बिजय पाउने छैन” ईयुले भनेको छ ।

इयु स्तरमा केहि कमजोरी

ईयु मा अहिले केवल दुई खोपहरू अधिकृत छन् : फाइजर-बायोटेक र मोडेर्ना । बेलायतमा पहिले नै प्रयोग गरिएको एस्ट्राजेनेकाको राय यो महिनाको अन्त्य हुनु अघि नै दिईसक्नुपर्ने छ । तर ईयुमा कुनै सुरसार देखिन्न ।

हंगेरियन प्रधानमन्त्री भिक्टर ओर्बनले यस विषयमा भिडियो कन्फरेन्सबाट सत्ताइसौं शिखर सम्मेलनको भोलिपल्ट शुक्रबार खोपकालागि आफ्नो अधैर्यता दोहोर्याएका थिए । त्यसपछि रुसी खोप माग गरेका हुन् ।

“ईयु स्तरमा केही गलत छ भन्ने तथ्यलाई हामीले सामना गर्नुपर्नेछ” उनले आफ्नो परम्परागत साप्ताहिक रेडियो अन्तर्वार्तामा व्यक्त गरेका छन् ।

“युनियनबाट दिन सक्ने कुनै खोप नभएको खण्डमा अर्को ठाउँबाट लिउँ । खोपको अभावका कारणले हंगेरीयन नागरिकहरुलाई मर्न दिन सम्भव छैन” उनले भने ।

भू-राजनीतिक प्रभाव

रुसी अधिकारीहरूले स्पुत्निक भि खोप ईयूमा दर्ताका लागि आवेदन दिएका छन् । यो खोप ९० प्रतिशत भन्दाबढि प्रभावकारि रहेको मस्कोले दाबि गर्दै आएको छ । तर युरोपियन मेडिसिन्स एजेन्सीले भने समिक्षा प्रक्रियानै शुरु गरेको छैन ।

अगस्ट २०२० मा स्पुत्निक खोप अनुमोदन भएपछि यसले आलोचना झेल्नु परेको छ । तर यो १६ लाख भन्दा बढी मानिसहरूलाई दिइसकिएको छ । यसको नकारात्मक असर कतै नदेखिएको दाबीसमेत गरिएको छ । रुसी अधिकारीहरुका अनुसार खोपलाई भू-राजनीतिक प्रभावको साधन बनाईएको छ ।

“स्पुत्निक भि को फाइदा लिने ईयुमा हंगेरी पहिलो देश हो” यो खोपको विकासलाई आर्थिक सहयोग गर्ने रूसी सार्वभौम कोष (आरडीआईएफ)का निर्देशक किरिल दिमित्रीभले बिहीबार एक विज्ञप्तिमार्फत हंगेरीलाई स्वागत गर्दै भनेका छन् ।

हंगेरीले चिनियाँ सिनोफर्म खोपको १० लाख मात्रापनि माग गरेको छ । हाल बेइजिङमा रहेका हंगेरीका जाँचकीहरुले हरियो बत्तीको प्रतिक्षा गरिरहेका छन् ।

युरोपेली युनियनका सदस्य राष्ट्रले कुनैपनि औषधीको प्रयोग युरोपियन मेडिसिन्स एजेन्सीको सिफारिसपछि मात्रै लिनुपर्ने प्रावधान छ । तर ईयु राष्ट्र हंगेरीले यसलाई तोडिदिएको छ । यसले ईयु राष्ट्रहरुबिच बिवाद ल्याउन सक्ने मेडियाहरुले उल्लेख गरेका छन् । इयु सदस्य राष्ट्रहरुले आआफ्ना खुशिले खोप माग गर्ने हो भने युरोपेली औषधी नियामक संस्थाको प्रभावकारिता, औचित्यता र काममा प्रश्न चिन्ह उठ्ने, स्वास्थ्य क्षेत्रमा समस्या र नयाँ विवाद देखा पर्नसक्ने भन्दै अधिकारीहरुले चिन्ता गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक