बिहीबार, वैशाख १३, २०८१

बेलायती रुपको कोरोनाले सोचेभन्दा धेरैको ज्यान लिनसक्ने बेलायती प्रधानमन्त्रीको भनाई

नेपाल प्लस२०७७ माघ ९ गते २३:५३

आफ्नै देशबाट रुप बदलिएको कोरोना भाईरसले सोचे भन्दा धेरैको ज्यान लिनसक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चेतावनी दिएका छन् ।

“कोरोनाभाइरसको उत्परिवर्तित रुपले उच्च मृत्युदर बढाउन सक्छ” बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार भने । बेलायती सरकारको वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सलेपनि यस विषयमा चिन्ता ब्यक्त गर्दै आँकडाको बारेमा सावधान हुन र पुष्टि गर्न आवश्यक रहेको बातएका छन् ।

“हामीलाई थाहा थियो यो बढी संक्रामक हो । यो कोविड १९ भन्दा पनि घातक हुन सक्छ” बोरिस जोनसनले शुक्रबार जनवरी २२ मा घोषणा गरे “हाल ६० देशमा पुगिसकेको भाईरसमा त्यो संभावना छ ।”

फँस न्युज २४ का अनुसार बेलायती संस्करणको भाइइरस ३० देखि ७० प्रतिशत बढी र अझ सजिलै प्रसारित हुने भनाई विशेषज्ञहरुको छ । यो बेलायतमा भइरहेको महामारीको दोस्रो छालको गंभीरताको लागि जिम्मेवार रहेको विश्वास छ ।

“केही प्रमाणहरूले नयाँ रुपको (न्यु भेरिएन्ट) भाईरस पहिलो पटक लन्डनमा पहिचान गरिएको थियो । त्यसपछि दक्षिण-पूर्व बेलायतमा भेटियो। यो भाईरस उच्च डिग्रीको मृत्युदरसँग सम्बन्धित हुन सक्छ” बोरिस जोनसनले डाउनिंग स्ट्रीटमा भएको प्रेस सम्मेलनमा भने ।

सरकारको वैज्ञानिक सल्लाहकार प्याट्रिक भालान्सका अनुसार ६० वर्षे पुरुषहरुका लागि मृत्युको जोखिम नयाँ संस्करणले एक हजारमा १३ देखि १४ जनालाई छ । अघिल्लो रूपको भाईरसको जोखिम एक हजारमा १० जनालाई थियो ।

भालान्सका अनुसार बढ्दो संक्रामकताको कारणका बारे विश्वव्यापी रूपमा अध्ययनहरू भइरहेका छन् । दक्षिण अफ्रिकामा शुरूमा पत्ता लगाइएको फरक रुपको भाईरससहित रुप बदलिएका अन्य भाईरसको विकास भएको हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ । “उनीहरूसँग केहि यस्ता विशेषताहरू छन् जसले उनीहरूलाई खोपहरूप्रति कम संवेदनशील बनाउँदछ । ति बेलायती रुपका भन्दा धेरै चिन्ताजनक छन्” भालान्सले भनेका छन् ।

महामारीको कारण युरोपको सबैभन्दा शोकमा डुबेको देश हो बेलायत । यहाँ ९६ हजारको ज्यान गैसकेको छ । गत २४ घण्टामा थप १४०१ जनाको ज्यान गएको छ । बेलायतले यो महामारीको नयाँ छाललाई रोक्न तेस्रो पटक लकडाउन गरेको छ । यति धेरै फैलिनु र क्षती हुनुमा नयाँ रुपको भाइरसको संस्करण जिम्मेवार छ ।

त्यसैले बेलायतमा एक विशाल खोप अभियान सुरू गरिएको थियो । हालसम्म ५४ लाखले खोप लगाइसकेका छन् । ति मध्ये चार लाखलाई त पछिल्लो २४ घण्टामै लगाईयो । यो एक रेकर्ड हो ।

बेलायतका अस्पतालमा कोरोनाका बिरामीले गर्दा दबाब बढेको छ । हाल ३८ हजार पाँच सय ६२ जना कोरोनाका विरामी अस्पताल भर्ना छन् । पहिलो कोरोना भाईरसको संक्रमणका बेला भन्दा हाल ७८ प्रतिशतले बढेको प्रधानमन्त्री जोनसनको भनाई छ ।

तपाइँको प्रतिक्रिया