आइतबार, साउन १०, २०७८

थरी थरी चराका अण्डामा सयौं थरी रङको रहस्य

नेपालप्लस विज्ञान समाचारदाता२०७७ माघ ११ गते १५:०९

चराका अण्डाको रङ किन फरक हुन्छ ? तिनका आकार किन फरक हुन्छन् ? वर्षौंदेखि आस्चर्य र रहस्यको विषय बन्दै आएको हो ।

त्यसो त चराका बच्चा फरक आकार र रङका हुन्छन् । चराका अण्डा निलो, कालो, थोप्ला थोप्ला परेको, सेतो अनेक रङका हुन्छन् । चराका अण्डा प्रजातिहरु जत्तिकै भिन्न भिन्न हुन्छन् । त्यति मात्रै होइन, चरा कस्तो वातावरण, क्षेत्र, हावापानी, कुन क्षेत्र, अझ प्रिथ्वीको कुन ध्रुवतिर बस्छन् भन्ने कुरालेपनि चराको अण्डाको रङ फरक हुन्छ ।

अनुसन्धानहरुले के देखाएको छ भने विशेषगरि प्रिथ्वीको उत्तरी क्षेत्रमा बस्ने चराका रङ धमिला रङका हुन्छन् । अर्थात् उत्तरी क्षेत्रमा बस्ने चराको अण्डाको रङ धमिलो हुनु सामान्य प्रव्रित्ती हो ।

उष्णप्रदेशिय क्षेत्रका चराहरूको बारेमा पछिल्लो अनुसन्धानले अँध्यारो रङले संभावित शिकारीहरुको मुखमा पर्नबाट जोगाउने पत्ता लाग्यो । किनकि अँध्यारो रङले आफ्नै वासस्थान र त्यस वरिपरिका भोका छिमेकीका आँखालाई छल्न सजिलो हुन्छ । वरिपरिको झार, बुट्याउन, माटो, चट्टान जस्तै अँध्यारो रङले गर्दा झट्ट देख्दैनन् ।

अण्डाको बोक्रामा गहिरो रंगिन तर हल्कारुपमा सक्रिय अणुहरू पनि समावेश हुन्छन् । त्यसले अण्डालाई संक्रमणबाट बचाउँछ । अब, नेचर इकोलजी र इभोलुसन पत्रिकामा प्रकाशित अनुसन्धानले के सुझाव दिन्छ भने रङले अण्डाभित्र हुर्किँदै गरेका चल्लालाई तातो राख्न मद्दत गर्दछ ।

चिसो मौसममा जहाँ घाम कम लाग्छ त्यस्तो क्षेत्रका अण्डा खैरो रङका हुन्छन् । चराहरुले वातावरण अनुसार अनुकूलित पार्नुपर्ने आवश्यकता हुन्छ । मधुरा रंगले चम्किला रङका अण्डाले भन्दा ताप धेरै तान्छन् । लामो समयसम्म टिकाउँछन् । चिसो क्षेत्रमा बस्नेलाई अण्डा तताउन ताप धेरै चाहिन्छ । सूर्यको ताप कम मिल्ने हुनाले । यो घटना चिसो ठाउँमा बस्ने सबै पशुमा मिल्छ ।

लङ आइल्याण्ड युनिभर्सिटी पोस्टका वन्यजन्तु आनीबानी विशेषज्ञ डानियल हान्लेका अनुसार चराहरुमा यस्तो प्रभाव सन् १८०० देखिनै हुन्छ भनेर आशंका गरिएको थियो । तर चराका अण्डाहरु राम्रोसित कोरलिएर बचेरा बन्नु र हुर्कनुसम्ममा कति वटा, कति खाले वातावरणिय खतरा र परिस्थिति, समस्यासित लड्नु र जोगिनुपर्ने हो भन्ने कुराले निर्क्यौल गर्ने बताउँछन् हान्ले । “चराको रुपमा जिवन पूर्ण बनाउने तरिकालाई धेरै चिजले प्रभावित पार्छन्” ह्यान्ली भन्छन् ।

अन्वेषकहरूले लामो समयदेखि अनुमान लगाएका छन् कि तातो मौसममा चराले धमिलो अण्डा पार्दा उसले गुमाउन सक्छ । अण्डाको बोक्राहरूले शिकारीलाई आकर्षण गर्ने र रोगलाई सुरक्षा दिनसक्छ । तर ती रङहरूले अण्डाहरूलाई तातो बनाउने बढी जोखिमपनि थप्छन् । जे भए पनि अण्डाहरू कोरलिनको लागि लगभग ९० डिग्री फरेनहाइटको तापक्रम चाहिन्छ । यदि आन्तरिक तापक्रम धेरै उच्च भयो भने अन्डा भित्रै पाक्छ । चिसो ठाउँमा रोग कम लाग्छ । चिसा ठाउँआ भोका छिमेकीहरूको डरपनि कम हुन्छ ।

अनुसन्धान टोलीले कस्तो मौसम र वातावरणमा कस्ता रङका अण्डा पारिन्छन्, प्रजनन् दायरा के हो भनेर जान्न ६३४ प्रजातिका चराको अण्डाको रङको तथ्यांक जम्मा पारेका थिए ।

उच्च अक्षांशमा अण्डाको रङ अँध्यारो देखायो जहाँ घामको किरण दूर्लभ हुन्छ । गाढा (चम्किलो) रङहरु ईन्डोनेशिया जस्ता केही तातो र चिसो क्षेत्रहरूमा पनि देखा परे जहाँ शिकारीहरुको ज्यादा डर र अस्तित्वकालागि रोगसित लड्ने चुनौतीहरू विशेष त उच्च हुन्छ ।

गाढा अण्डाहरूका लागि शंकास्पद तर्कपनि छ । तातो हुँदापनि त्यसलाई खप्नसक्ने क्षमता । हान्ले र उनको टोलीले यसलाई प्रयोगशालामा परिक्षण गरेर हेरे । समूहले कुखुरा, हाँस र बट्टाईका विभिन्न रङको अण्डालाई सूर्यको किरणमा राखेर हेरे । त्यसरि घाममा राख्दा धमिला बोक्राहरूले चम्किला बोक्राले भन्दा तातो प्रकाशलाई लामो समयसम्म राखेको पाए ।

हान्ले हेर्न चाहन्छन्, यो ल्याब परिदृश्य जंगलीमा लागू हुन्छ कि हुन्न । उनले अर्को थर्मल इमेजिङ क्यामेरा प्रयोग गर्न खोजिरहेका छन् । प्रकृतिमा विभिन्न रंगीन अण्डाहरूमा तापमान परिवर्तन हुन्छ कि हुन्न भनेर निगरानी गर्न खोजेका हुन् । आफूले बचेरा कोरलेर अरु चरालाई हुर्काउन दिने हो कि । वा अर्को गुँडमा गएर अण्डा पारिदिने र उसैलाई कोरल्न र हुर्काउन दिने हो कि भनेर बुझ्नुपर्ने धारणापनि हेन्लेको छ । यस्तो छली गरेर अण्डा पार्ने र बच्चा हुर्काउन दिँदापनि अण्डाको रङलाई प्रभाव पार्छ ।

थर्मल इमेजिङ क्यामेरा भनेको क्यामरा उपकरणहरू हुन् जसले थर्मल उर्जा (ताप) लाई दृश्य प्रकाशमा अनुवाद गर्दछ ताकि कुनै खास वस्तु वा दृश्यको विश्लेषण गर्न सकिन्छ । उत्पादित छवि थर्मोग्रामको रूपमा परिचित छ र थर्मोग्राफी भनिने प्रक्रिया मार्फत विश्लेषण गरिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक