बिहीबार, चैत १५, २०८०

बेल्जियममा यात्रा प्रतिबन्ध कार्यान्वयनकालागि प्रहरी परिचालित हुने

नेपाल प्लस२०७७ माघ १० गते २३:२६

बेल्जियन प्रहरी, फाईल फोटो

बेल्जियम सरकारले हिजो बसेको वैठकमा गैर–अनिवार्य यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यस्तो यात्रा शनिवार देखि लागू गरिने छ । कार्यान्वयनमा ल्याउनकालागि बेल्जियमका सिमानाको निरन्तर निगरानी भने असम्भव रहेको भन्दै प्रहरीले सक्दो कोसिस गर्ने बेल्जियमकी गृहमन्त्री एनेलिस भेर्लिण्डनले जनाएकी छन् ।

मन्त्रीले आफूहरु नागरिकको इच्क्षा अनुरुप नै गैर अनिवार्य यात्रामा रोक लगाइएको र नागरिकको सुरक्षाका लागि अति आवस्यक रहेको पनि बताइन् । यो निर्णय आगामी मार्च महिनाको पहिलो दिन अर्थात १ मार्च सम्मकालागि गरिने निर्णय गरिएको हो । यो बाहिरवाट वेल्जियम आउने चाहने र वेल्जियमबाट अन्य देशमा यात्रा गर्न चाहने दुवैमा लागू हुने गृह मन्त्रिले जनाएकी हुन् । यो यात्राको लागि पनि नियम उल्लंघन गरिएमा कोरोनाका कारण लाग्ने जरिवाना नै यसमा पनि लागु गरिने स्थानिय टेलिभिजन मार्फत् बताएकी हुन् ।

तर विद्यार्थीहरुलाई भने स्कूल तथा विश्वविद्यालय उपस्थितिकोलागि सिमाना वारी र पारी गर्न र कामकालागि सहज हुने छ । तर पारिवारि भेटघाटकालागि भने प्रतिवन्ध लगाइने छ । नागरिकहरुलाई विवाह, अन्त्येष्टि जस्ता कार्यमा सहजै भाग लिन जान दिने गृह मन्त्रिले जनाएकी छन् ।

सरकारले दिएको नियमको सम्मान गर्दै यात्रुहरुले आफ्नो यात्राको मुख्य कारण लिखितरुपमा साथमा लिएको हुनुपर्ने छ । जुनै पनि वेला प्रहरीले जाँच गर्न सक्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक