शनिबार, वैशाख ८, २०८१

भाइरल बर्नी स्यान्डर्स

नेपालप्लस न्युज डेस्क२०७७ माघ ११ गते १४:२१

अमेरिकी राष्ट्रपति जो वाइडेनको शपथग्रहण समारोहमा खिचिएको फोटो अहिले सामाजिक संजालमा निकै चर्चित भएकोछ । वाइडेनको शपथ ग्रहण समारोहमा पाहुनाको रुपमा निम्त्याइएका डेमोक्रेटिक पार्टीसित आवद्द सिनेट सदस्य बर्नी स्यान्डर्स दूरी कायम गरेर भक्तपुर दरवार अगाडि एक्लै कुक्रुक्क बसेको फोटो चर्चित भएको हो ।

खैरो रंगको साधारण ज्याकेट लगाएका ७९ वर्षीय बर्नी डेमोक्रेट निकट भेर्मोका स्वतन्त्र सिनेट सदस्य हुन् । नवउदारवादी अर्थव्यवस्था विरोधी विचार राख्ने यिनी लामो समयदेखि अमेरिकी राजनीतिमा क्रियाशील छन् । कार्यक्रमको झिझो लागेजस्तोगरी जाडोमा एक्लै बसेका जस्ता देखिने बर्नीको यो फोटो फेसबुक, ट्विट, इन्स्ताग्राममा लाख भन्दा बढी ठाउँमा फोटोसप गरेर राखिसकिएको छ ।

वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भक्तपुर दरबार परिसरमा लगेर बसालेको फोटो हामीले यहाँ राखेका छौं । यो फोटो राखेर टिसर्ट, मोजा, पन्जा, कपहरु बजारमा बिक्रीका लागि आइसकेका छन् । केही दिन अघि क्यापिटल हिलमा दंगा भएलगत्तै भएको शपथ ग्रहण समारोहको तस्वीर लिन पुगेका फोटो पत्रकार ब्रेण्डलन स्माइलोकीले आफ्नो फोटो चर्चित भएकोमा दंग पर्दै भने, “मैले यति चर्चित होला भन्ने सोंचेकै थिइन । यसरी चर्चित होला भन्ने सोंचेको भए अझ ध्यान दिएर खिच्ने थिएँ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक