शनिबार, वैशाख १५, २०८१

एन आर एन विशेष महाधिवेशनद्वारा आर्थिक प्रतिवेदन पारित, अनियमितताका मुद्दामा चुचाप

नेपालप्लस समाचारदाता२०७७ माघ ११ गते २२:२६

शनिवार देखि शुरु भएको गैर आवाशिय नेपाली संघको भर्चुअल विशेष महाधिवेशनले संघको २०१७-१९ को आर्थिक प्रतिवेदन बल्ल पारित गरेको छ । संघका वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले छलफलका लागि प्रस्तुत गरेको यो प्रतिवेदन उपस्थित संख्याको बहुमतले ताली पिटेर पारित गरेको थियो । खासमा यो प्रतिवेदन २०१९ को काठमाडौं महाधिवेशनमा नै पारित गर्नुपर्ने थियो । तर भवन भट्ट अध्यक्ष रहेको उक्त कार्यकालमा आर्थिक अनियमितताका कुराहरु श्रृंखलावद्ध रुपमा उठेपछी यो प्रतिवेदन पारित हुन सकेको थिएन ।

त्यो बेला छलफलका लागि पेश भए पनि होहल्ला भएर छलफलमा आउन नसकेको यो प्रतिवेदन अहिले पारित गरिएको हो । तथापी २६ सय प्रतिनिधी सहभागी हुने भन्ने प्रचार गरिए पनि त्यात्रो उपस्थिती भने थिएन । छलफल सत्र लगभग रित्तो जस्तो थियो । आर्थिक प्रतिबेदन जस्तो गम्भिर विषयको प्रतिवेदन पारिद गर्ने बेला सय जनाजति सहभागिपनि थिएनन् । प्रतिबेदन बिना ब्यापक छलफल पारित गरियो ।

त्यो कार्यकालका बिभिन्न घोटाला सँग जोडीएको यो प्रतिवेदन यस्तै अवस्थामा पारित हुनु दुर्भाग्य हो- एक जना आइसीसी सदस्य भन्छन् । उनका अनुसार यो प्रतिवेदन पारित गर्नैपर्ने हुनाले पारित गरिएको हो । तर पनि प्रतिवेदनमा प्रश्न उठेका बिषयमा छनविन गर्नु पर्दथ्यो । भट्ट कार्यकालमा भूकम्प पिडितलाई सहयोग गर्ने, बाढि पहिरोमा परेकालाई उद्दार गर्न भन्दै नेपाल जाने अभियन्ताहरुले एनआरएनएको खाताबाट दुई वर्षमा दुई करोड ५५ लाख ८५ हजार तिन सय १० रुपैयाँको दालभात खाएको विल पेश गरिएको लगायत २ लाख बराबरको टेवल खरिद गरिएको जस्ता नल्क्कली विल पेश गरेरर लाखौं रुपैयाँ हिनामिना भएको थियो ।

तर एनआरएन मुख्यालयले आउने समयमा यस्ता गल्ती दोहोरिन नदिन खासै पहल गरेको छैन । त्यसो त विशेष अधिवेशनले पुरानो आर्थिक प्रतिवेदन पारित गरेपछि केन्द्रिय अध्यक्ष कुमार पन्तले तीन सदस्यीय समितिको घोषणा गरेका छन् जुन समितिले विगतमा के के कमजोरी भए र भविष्यमा के सुधार गर्नुपर्छ भन्नेबारे सुझाव दिने छ ।

“त्यो सुझाव आइसीसीले पारित गर्छ र हामीले त्यो कार्यान्वयन गर्ने छौं,” पन्तले भने । समितिको संयोजकमा एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गोबा कटुवाल र सदस्यहरुमा अस्ट्रेलिया डिला खरेल तथा साइप्रस निवासी रंजित महतो रहेका छन् । कटुवाल चार्टर्ड एकाउन्टेन्ट हुन् भने खरेल कर तथा लेखा विज्ञ हुन् । महतो भने वित्तिय मामिलाका जानकार मानिन्छन् । बिगतमापनि यि तिन ब्यक्तिले एन आर एन एको बित्तिय र लेखाप्रणाली  जस्ता विषयमा रचनात्मक सुझाव दिएको भन्दै अध्यक्ष पन्तले अधिवेशनमा तिनै जनाको प्रशंसा गरेका थिए ।

प्रतिवेदन पारित भएपछी यस्ता अनियमितता दोहोरिने सम्भावना रहिरहेको छ भने एउटै कार्यकालमा भएका आधा दर्जन भन्दा बढी अनियमितताका मुद्दामा पूर्णविराम लागेको छ ।

एनआरएनएको अघिल्ला कार्यकालका केहि भ्रस्टाचारका नमूना तलको लिङ्कमा हेर्नुस

भवन भट्ट कार्यकालका एन आर एन ए नेताले कस्तो भात खाए ? दुई वर्षमा एन आर एनको खर्चमा दालभात खाएको साँढे दुई करोडभन्दा बढि

लाप्राक लगेका बाँस हेटौंडा पुग्ने, छानोको जस्तापाता फाल्ने गर्दा एन आर एनलाई करोडौं घाटा

तपाइँको प्रतिक्रिया