बिहीबार, वैशाख १३, २०८१

नेदरल्याण्ड्समा लुटपाट, आगजनी र एन्टी कर्फ्यू प्रदर्शनको क्रममा प्रहरीसँग झडप

नेपाल प्लस२०७७ माघ १२ गते ०:४१

Photo- – Yrt News

नेदरल्याण्ड्सको धेरै शहरमा कर्फ्यू बिरूद्ध गरिएको बिरोध प्रदर्शनको क्रममा आइतबार लुटपाट, आगजनी र प्रहरीसँग हानाहान भएको भएको छ । प्रदर्शनकारीहरुले कोरोना भाईरसको परिक्षण केन्द्र र थुप्रै सवारी साधनमा आगो लगाइदिएका छन् । एम्स्टर्डम शहरमा प्रहरीले झडपमा उत्रिएको, सरकारी नियम तोडेको, आगजनी गरेको लगायतका आरोपमा कम्तिमा १०० व्यक्तिलाई पक्राउ गएको छ ।

कोरोना भाईरस महामारीका बिरुद्द डच सरकारले ल्याएको स्वास्थ्य नियमबिरुद्द गरिएको प्रदर्शनका क्रममा विभिन्न शहरहरूमा प्रहरीसँग झडप, लुटपाट र आगजनी गरिएको डच मिडियाहरूले उल्लेख गरेका छन् ।

सार्वजनिक टेलिभिजन एनओएसका अनुसार सयौं प्रदर्शनकारीहरूलाई तितरबितर गर्न मध्य एम्स्टर्डमको एउटा म्युजम्पलिन चोकमा पानीका तोप, फोहोरा र प्रहरीको दर्जामा रहेका भिड नियन्त्रक कुकुरहरू खटाइएको थियो ।

Photo- The national

कम्तिमा १०० व्यक्तिलाई प्रहरीले र्‍यालीबाट छानी छानी पक्राऊ गरेको थियो । एम्स्टर्डम शहरको बिच भागमा आयोजित प्रदर्शनीमा आन्दोलनकारीहरुको संख्या एक हाजर पाँच सयजति मात्रै भएको उल्लेख गरिएको छ । तर ति निकै उत्तेजित र आक्रामक थिए ।

क्षेत्रीय टेलिभिजन ओमरोप ब्रावान्टका अनुसार देशको दक्षिणी भागको आइन्डहोभनमा पुलिसले सयौं व्यक्तिको भीडलाई तितरबितर पार्न अश्रु ग्याँस हानेको थियो ।

ओमरोप ब्रावान्टका अनुसार आइन्डहोभन सेन्ट्रल स्टेशनमा धेरै सवारी साधनहरू जलाइयो । पसलमा पसेर व्यवसायहरू लुटिए । आइनडोभेन प्रहरीले एएफपीलाई बताए अनुसार लुटपाट र आगजनीमा संलग्न लगभग तिन दर्जनलाई पक्राउ गरिएको छ ।

सरकारले लगाएको राष्ट्रिय कर्फ्यू लागू भएपछि देशको उत्तरको उरक गाउँमा शनिबार साँझपनि कोरोना भाईरस परीक्षण केन्द्र पनि जलाइएको थियो ।

नेदरल्याण्ड्सले शनिबार दोस्रो विश्व युद्ध पछि पहिलो पटक कर्फ्यू घोषणा गरेको थियो । साँझ नौ बजेदेखि विहान साँढे ४ बजेसम्म कर्फ्यु लगाइएको छ । हाललाई फर्वरी नौ सम्म कर्फ्यु लगाइएको हो । यसको अनादार गर्नेलाई ९५ युरो जरिवाना तोकिएको छ ।

तपाइँको प्रतिक्रिया