बुधबार, वैशाख १२, २०८१

पालो मिचेर नेताद्वारा कोरोना खोप, सेना प्रमुखले दिए राजिनामा

नेपालप्लस समाचारदाता २०७७ माघ १२ गते १९:०१

Photo- EURACTIVE.com

स्पेनमा प्राथमिकतामा परेका समूह, नागरिकको पालो मिचेर बिभिन्न पार्टीका नेता, मेयरहरुले कोरोना भाईरसको खोप लगाएको भन्दै सामाजिक सन्जाल तातेको छ । कतिपयले त पार्टीका नेता र मेयरहरुले आफूले खोप लगाएर सुरक्षित बनेपछि संक्रमण रोक्न रोकथामका उपायहरु कडाई गरेको आरोप लगाएका छन् । स्पेनका सैन्य प्रमुखले आफूमाथि पालो मिचेर कोसोना खोप लगाएको आरोप लागेको भन्दै नैतिकताका आधारमा पदबाट राजिनामा दिएका छन् ।

धेरै स्थानीय मेयरहरूले आफ्नो पालो आउनु अघिनै अघि खोप लिन हतारिएका थिए । शक्तिमा हुनेलाई चाँडै खोप लगाइ दिएको र दबाबका कारणले छिटो खोप लगाइदिन बाध्य भएको भन्ने क्षेत्रीय स्वास्थ्य प्रमुखको भनाईलाई हाल समाजिक सन्जालमार्फत ब्यापक आलोचना गरिएको छ । स्वास्थ्य प्रमुखले आफू बच्न ‘आफ्नो स्टाफको दबाबमा यस्तो गरेको’ बताएका थिए । दुवैलाई चाँडै खोप लगाएको र खोप लगाउनेको आलोचना गरेको कारण उनको थप आलोचना गरिएको थियो । र उनले आफ्नो स्टाफको दबाबमा यसो गरेका थिए।

“म त्यसो गर्न चाहन्नथें । मलाई फ्लूको खोप पनि लगाइएको थिएन । मलाई खोप मनपनि पर्दैन,” विपक्षी कन्जर्भेटिभ पीपुल्स पार्टीका जेभियर गुरेरोले भने ।

एक ट्विटर प्रयोगकर्ताले सामाजिक सन्जालमा बयापक आलोचना भएपछि सर्वसाधारण नागरिकलाई आफ्नो खोप लिन प्रोत्साहित गर्ने उल्लेख छ । “प्राथमिकतामा परेको नागरिकले देख्नेछन् कि नियम बनाएरपनि यदि राजनीतिज्ञले पहिले लिन्छन्, सबै नियम तोड्छन् भने यस्तो आलोचना एकदम राम्रो कुरा हो” जुआनमालकीले भने ।

केहिले त आफ्नो पालो कुर्न नसक्नेहरुलाई आफ्नो पदबाट राजिनामा दिन आव्हान गरेका छन् ।

“आफ्नो विशेषाधिकार प्रयोग गर्दै खोप लगाउने सार्वजनिक अधिकारीहरू दिन प्रतिदिन अधिक संख्यामा देखा पर्दैछन् । आफूलाई खोप लगाएर अरुको अधिकार हनन गर्ने, अपमानजनक व्यक्तिहरूले पक्कै पनि राजीनामा गर्नैपर्छ” युनिडास पोडेमोस लेफ्टिस्ट पार्टीका प्रवक्ता पाब्लो इचेनिकले ट्वीट गरेका छन् ।

रक्षामन्त्री मार्गारीता रोबल्सले एल मुन्डो अखबार र युरोपा प्रेस एजेन्सीले आफू र अन्य वरिष्ठ सैन्य अधिकारीहरूलाई खोप लगाइसकेको रिपोर्ट सार्वजनिक गरिसकेपछि प्रतिरक्षा प्रमुख जनरल मिगेल एन्जेल भिलेरोयासित स्पष्टीकरण मागेका छन् ।

भिलारोयालाई सार्वजनिक रूपमा यो खोप लगाइएको छैन भनेर पुष्टि गरिएको छैन।

स्पेनमा राष्ट्रव्यापी संक्रमण दर डिसेम्बरको अन्तदेखि बढेको छ । शुक्रवारसम्म स्पेनमा थप ४२ हजार आठ सय ८९ मा संक्रमण भएको छ । दुई हप्ताको कोरोना संक्रमणलाई हेर्दा हरेक एक लाखमा ८२९ मा संक्रमण भएको छ । चार सयको म्रित्यु भएको छ ।
राजधानी मेड्रिडमा राती १० बजेदेखि कर्फ्यु लगाइएको छ । चार जनाभन्दा बढि एकै थलोमा भेला हुन पाइन्न । स्पेनको इबिजा टापूले अनावस्यक क्षेत्रसितको ट्राफिक सिमाना बन्द गरिरकेको छ ।

स्पेनको प्रति एक लाख जनामा ​​झन्डै १ हजार चार सय ५० संक्रमण घटना भएको एक्स्थमदुरामा हो । सबैभन्दा बढी जनसंख्या भएको यो क्षेत्रको सेनाले सम्मेलन केन्द्रलाई अस्थायी क्षेत्रको अस्पतालमा रूपान्तरण गर्न थालेको छ ।

म्याड्रिडमा कोविड १९ बिरामीहरूको लागि निर्मित अस्पतालको नियमित जागिरबाट निकालिएपछि मेडिकल कर्मचारीले ला पाज अस्पतालबाहिर विरोध प्रदर्शन गरेका छन् । युनियनहरूले यो स्वास्थ्य सेवाको बाँकी स्रोतहरुमा एक महँगो साबित हुने बताएका छन् ।

“यो पूर्ण रूपमा अनावश्यक छ । हामीसँग पुराना अस्पतालहरू छन् जुन पुन: सुधार गर्न सकिन्थ्यो” भेला आयोजकसमेत रहेका नर्स मार्को पोर्टिलोले भने ।

प्राथमिकता समूहहरूको पालो मिचेर कोरोना खोप प्राप्त गरेको आरोपपछि स्पेनका सैनिक जनरलले शनिबार राजीनामा गरेका छन् । उनीहरुले खोप लगाउने क्रममा सर्वसाधारण र प्राथमिकतामा परेका नागरिकको पालो मिचेको आरोप लागेपछि सामाजिक सन्जाल र मेडियामा ब्यापक बिरोध भएको थियो ।

रक्षामन्त्री मार्गारीता रोब्लेसले शुक्रबार सञ्चारमाध्यमहरुमा आर्मी प्रमुख मिगेल एन्जेल विलेरोयाले पालो मिचेर खोप लिएको भन्दै मिडियाले रिपोर्ट गरेपछि स्पष्टीकरण मागेका थिए । त्यसपछि उनले आफूमाथि नैतिकताको प्रश्न उठेको भन्दै पदबाटै राजिनामा दिएका हुन् ।

तपाइँको प्रतिक्रिया