शुक्रबार, वैशाख ७, २०८१

विमानका पाईलटलाई अब रेलका ड्राईभर बनाइने

नेपाल प्लस२०७७ माघ १२ गते २१:०२

फोटो- एरोटाइम एरो

कोरोना भाईरसको संक्रमणले विश्वभरिका अधिकांश विमानहरु भुइँको भुइँ छन् । विमान कहिले उड्ने हो पत्तो छैन । अन्तर्राष्ट्रिय विमान सुचारु हुन त कम्तिमापनि सन् २०२४ कुर्नुपर्ने छ । राष्ट्रिय र देशियरुपमा उड्दै आएका विमानपनि सबै उड्न त्यतिनै कुर्नुपर्ला । उसो भए विमानका पाईलटहरुलाई के गर्ने ? स्विजरल्याण्डले भने अप्रियनै भएपनि उपाय निकालेको छ- पाईलटलाई रेलका चालक बनाउने ।

कोरोना भाइरस महामारीले ग्रस्त स्विस पाईलटहरू चाँडै विमानको पाइलट गर्नुको सट्टा ट्रेनको कमाण्डमा जानेछन् । फ्रान्सेली अखबार ल प्वाँका अनुसार स्विस र यसको सहायक एडेल्विस कम्पनीले पाईलटहरुलाई कसरि रेलका चालक बनाउने भनेर पुन: प्रशिक्षणको व्यवहार्यता अध्ययन गरिरहेका छन् । विमानहरु ग्राउन्डेड भएका बेला यो उपयुक्त समाधान हुनसक्छ ।

प्रत्येक दिन, रेल कम्पनीहरु ‘स्विस फेडरल रेलवे (एस बिबि, सिएफएफ) र रितिख्खेन बाहन (ए एच बि) कर्मचारीहरुको कमीले गर्दा डिपोमा लगेर रेल छोड्नु पर्छ । रेल चलाउन दैनिक ३० चालकको अभाव भएपछि स्विजरल्याण्डमा यसरि रेल थन्किने गरेका हुन् ।

सेलोरी एक्स्प्लोरर डट कमका अनुसार एक पटक १४ देखि १६ महिना प्रशिक्षण पूरा भएपछि रेल चालकले मासिक पारिश्रमिक लगभग छ हजार स्विस फ्र्यांक पाउँछन् । त्यसबाहेक केहि निस्चित खर्चपनि पाउँछ ।

आश्चर्यजनक कुरा के छ भने, लगभग एक एक हजार तिन सय पाइलटहरूको प्रतिनिधित्व गर्ने स्विस युनियन एयरोपर्सले यस प्रशिक्षणलाई प्रोत्साहन गरेको छ । एरोपर्सका प्रवक्ता रोमन कोलिन स्वीकार्छन् “यो खबरले आश्चर्यचकित बनाउन सक्छ । तर जहा र रेलका धेरै चीजहरू धेरैनै समान हुन्छन् । जस्तै प्रविधी प्रतिको मोह । कुनै एक बिन्न्दुदेखि अर्को बिन्दूसम्म मानिस र सामानको ढुवानी, सुरक्षा वा जिम्मेवारीको भावना । हाम्रो नजरमा यो दुबैले जित्ने (विन-विन) अवस्था हो । हामीले हाम्रा कर्मचारीहरुलाई बक्स बाहिर सोच्न आग्रह गर्दछौं” उनले ल प्वाँलाई व्याख्या गरे ।

लुफ्थान्सा ग्रुपको क्यू २, २०२० को वित्तीय रिपोर्टले देखाए अनुसार हाल स्विस एयर र एडेलेवैस एयरमा १० हजार चार सय ७५ कर्मचारी छन् ।

अक्टोबर २०२० मा स्विस एयरका प्रमुख कार्यकारी थोमस क्लुहरले चेतावनी दिएका थिए ‘एयरलाइन्सले स्वैच्छिक उपायहरुमार्फत २०२२ भित्र एक हजार रोजगारी कटौती गर्ने छ । अब त्यसलाई झन छिटो फत्ते गरिने छ ।’

वर्तमान संकटको बाबजुद पनि आशावादी हुने ठाउँ स्विजरल्याण्डमा अझै उच्च छ । यसप्रकार, क्यानाडाली सी ए ई जुन विश्वको सबैभन्दा ठूलो प्रशिक्षण कम्पनी हो यसले सन् २०२१ को अन्त्यसम्म २७ हजार नयाँ पाइलट तयार गर्दै छ । यो दशकको अन्त्यसम्म दुई लाख ६४ हजार पाईलट तयार हुने छन् । यसले नागरिक उड्डयनमा भएको आवस्यकता देखाउँछ ।

यि सबै पाईलटलाई कहाँ लैजाने ? तालिमको समय अनुसार आज पाईलट पेशा अध्ययन गरिरहेका युवाहरुले अध्ययन पुरा गरिसक्दा तिनलाई काम दिनुपर्ने छ । त्यसले गर्दापनि हाल विमानहरु भुइँमै परेका बेला पाईल्टहरुलाइ रेलको चालक बनाउने बिकल्प अघि सारिएको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक