शुक्रबार, वैशाख १४, २०८१

समाजसेवी डा. लक्साम्बाको कोरोनाका कारण निधन

नेपालप्लस समाचारदाता / बेलायत२०७७ माघ १४ गते १४:०१

बेलायतमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या एक लाख नाघेको छ । मंगलवार एक हजार ६ सय ३१ जनाको ज्यान गएसँगै यो संख्या एक लाख एक सय ६२ पुगेको हो । समाचारहरुले वृद्धाश्रमबाट अहिलेसम्म ३० हजार लासहरु निकालिएको जनाएका छन् । अस्पतालहरुमा विरामी राख्ने वार्डहरु भरिएका छन् । र स्थानिय सरकारहरुलाई लास ब्यवस्थापनमा हम्मे परिरहेको छ ।

कोरोनाबाट मृत्‍यु भएका एक लाखको यो संख्यामा करिव एक सयको हाराहारिमा नेपाली नाम पनि जोडिएका छन्। मंगलबार लामो समयदेखि बेलायतलाई कर्मथलो बनाएका वरिष्ठ समाजसेवी डा. चन्द्र लकसम्बाको कोरोनाका कारण मृत्‍यु भयो । उनी बेलायती सेनाका अवकाश प्राप्त गोर्खा सैनिक हुन् । सेनामै रहँदा आफ्नो अध्ययनलाई निरन्तरता दिएका उनले सन् २००५ मा बेलायतबाटै विध्यावारीधी गरेका थिए ।

नेपाल अध्ययन केन्द्र नामक संस्था स्थापना गरेर रिसर्च गर्दै आएका लक्साम्बालाई पछिल्लो समय नेपाल सरकारले नेपाल ओपन युनिभर्सिटीमा सामाजिक विज्ञान संकायका संयोजकको रुपमा नियुक्त गरेको थियो । उनी प्राय: नेपालमै बसोवास गर्दथे । र केहि दिनको लागि बेलायत आएका उनलाई कोरोनाको लक्षण देखिएपछी अस्पातल भर्ना गरिएको थियो ।

ताप्लेजुङ सिकैंचामा जन्मिएका स्वर्गीय लक्सम्बाका श्रीमती र दुइ छोरा छन् । चन्द्र लक्साम्बाको मृत्‍यु सँगै बेलायतमा कोरोनाका कारण मृत्‍यु हुने नेपालीहरुको संख्या ८२ पुगेको छ ।

तपाइँको प्रतिक्रिया