बिहीबार, चैत १५, २०८०

कोरोना भाईरस रोक्छ चस्माले ?

नेपाल प्लस२०७७ माघ १६ गते ०:०३

कोरोना भाइरस आँखाबाटपनि फैलिन सम्भव छ ? चश्मा वा आँखाभित्रै कन्ट्याक्ट लेन्स लगाउँदा संक्रमणको जोखिम कम गर्न सकिन्छ कि सकिन्न ? के चश्माले कोरोना भाइरस बिरूद्ध संरक्षण गर्दछ ? वा रोगलाई बढी जोखिममा पार्छ ? कन्ट्याक्ट लेन्स (आँखाको नानीमै टाँस्ने लेन्स) लगाउँदा के हुन्छ ? यो महत्वपूर्ण विषय हो ।

कोरोना भाइरस महामारीको पहिलो केहि महिनाहरू सुधारात्मक लेन्स लगाउनेहरूका लागि भ्रमपूर्ण बन्यो । आँखा विशेषज्ञहरुलेनै कन्ट्याक्ट लेसलाई चश्मामा स्विच गर्नुपर्ने बताएका थिए । कन्ट्याक्ट लेस राख्दा, सफाई गर्दा वा राती सुत्ने बेला झिक्दा औंलाले आँखा छोपिने हुँदा आँखामा भाइरस संक्रमण हुनसक्ने तर्क दिएका थिए । पछि एक मेडिकल पत्रिकामा उल्लेख गरियो, चश्मा लगाउँदा कोरोना भाईरसको जोखिम बढ्न सक्छ । दिनमा पटक पटक चस्मा मिलाउँदा तिनले अनुहार छुनेहुँदा कोरोना भाइरस सर्छ ।

सेप्टेम्बर २०२० मा वुहानबाट करीव ९० माईल पर चीनको सुइझो स्थित सुइझो जेङ्गदू अस्पतालको तथ्यांकको आधारमा एउटा अध्ययन प्रकाशित गरिएको थियो । त्यो रिपोर्टमा अन्वेषकहरूले अस्पतालमा उपचार गर्न आएका चस्मा लगाउनेहरुको अध्ययन गरे । खासगरि चस्मा लगाएर उपचारमा आउनेहरु वयस्क थिए । अध्ययनले पत्ता लगायो कि दिनभरि चश्मा लगाउनुले मानिसहरूलाई कोरोना संक्रमणबाट बचायो ।

त्यो अध्ययनले न्यूयोर्क टाइम्सको एउटा लेख सहित मिडियाको ध्यान खिचेको थियो । यद्यपि यो यस्तो अध्ययन थियो जुन एक प्रयोगको सट्टा अनुसन्धानकर्ताहरू अवलोकनमा आधारित थिए ।

अध्ययनमा संलग्न २७६ जना मध्ये कसैलेपनि कन्ट्याक्ट लेन्स लगाइएको थिएन । वा उनीहरूको दृष्टिलाई सच्याउन अपवर्तक शल्यक्रिया गरिएको थियो । अर्थात् शल्क्रिया गरेर आँखाको द्रिष्टी सुधारिएको थियो ।

जोन हप्किन्स विश्वविध्यालयका अनुसन्धानदाता जोसेफ फाईरका अनुसार विमानमा चढेका बेला मास्क र पन्जा लगाएपनि केहि मानिसलाई आँखाबाट सार्स कोभिड २ भाईरस सरेको पत्ता लागेको छ । जून महिनाको मेडिकल जर्नल लान्सेटमा उल्लेख भए अनुसार आँखाको सुरक्षा गर्दा कोरोना भाइरस सर्ने संभावनालाई न्युन गराइदिन्छ । तर आँखाको सुरक्षा (चस्मा) ले भन्द मास्क लगाउने र सामाजिक दूरी कायम गर्दा अझ बढि सुरक्षित भइन्छ ।

आँखाको टिशूको कोषहरूमा प्रोटीन हुनाले त्यसले सार्स-कोभ २ प्रवेश गर्न सक्छ कि भनेर जोन्स हप्किन्स टोलीले जान्न चाहन्थ्यो । तिनले आँखाको शल्यक्रिया भइरहेका बिरामी र म्रितकका आँखाका प्रोटीनहरू जाँच गर्न टिशू नमूनाहरू संकलन गरे । जाँच गर्दा दुबै आँखाको सतहमा फेला परेका थिए ।

त्यसपछि अन्वेषकहरूले निष्कर्ष निकाले, आँखा वास्तवमै सार्स कोभिड २ का लागि कमजोर छ । यसको मतलव आँखाबाट कोरोना भाइरसपनि सर्न सक्छ । यसको कारण केपनि हो भने हाम्रो आँखा हाम्रो नाक र हाम्रो घाँटी हाम्रो अश्रु नलिका मार्फत जोडिएको हुन्छ । आँखा छुने, कन्याउने र नाकपनि छुँदा कोरोना भाईरसको संक्रमण अझ सिधा हुन सक्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक