शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारीले विश्वव्यापी पर्यटनमा १३ खर्ब डलर क्षती

नेपाल प्लस२०७७ माघ १६ गते ०:५५

कोरोना भाइरस महामारीले यात्रा प्रतिबन्धका कारण २०२० मा विश्व पर्यटन क्षेत्रमा १३ खर्ब डलरको क्षति भएको छ ।

स्वास्थ्य संकटले विश्वव्यापी पर्यटनमा नराम्रो असर पार्यो । स्वास्थ्यकै कारणले विश्वभरि यात्रामा प्रतिबन्ध लगाइयो । विश्व पर्यटन संगठन(यूएनडब्ल्यूटीओ) द्वारा बिहीबार जनवरी २८ मा जारी गरिएको तथ्यांक अनुसार कोरोना महामारीको कारण हुने यात्रा प्रतिबन्धको प्रभावले २०२० मा यस क्षेत्रले १३ खर्ब डलर गुमाउनुपर्‍यो ।

यो संख्याले २००९ को विश्वव्यापी आर्थिक संकटमा भन्दा ११ गुणा भन्दा बढी घाटा देखाएको छ । र सन् २०१९ सित तुलना गर्दा सन् २०२० मा ७४ प्रतिशत गिरेको छ । संयुक्त राष्ट्र संघको मेड्रिडस्थित यूएनडब्ल्यूटीओको प्रेस विज्ञप्तिले यो तथ्यांक सार्वजनिक गरेको हो ।

युएनडब्ल्यूटीओका अनुसार २०१९ को तुलनामा २०२० पर्यटनको इतिहासमा १ अर्ब कम अन्तर्राष्ट्रिय आगमनको साथ सबैभन्दा खराब वर्ष बनेको छ ।

एशिया प्रशान्त क्षेत्र सबैभन्दा बढी प्रभावित

सन् २००८-२००९ को आर्थिक संकटको समयमा आगन्तुकहरूको संख्या केवल चार प्रतिशतले घटेको थियो ।

यूएनडब्ल्यूटीओ विज्ञका अनुसार अहिलेको कोरोना संकटले गर्दा १० देखि १२ करोड प्रत्यक्ष रोजगारी जोखिममा परेको छ । तीमध्ये पनि धेरैजसो असर धेरै साना र मध्यम आकारका उद्यमीलाई परेको छ ।

यस संस्थाले २०२१ मा रिवाउन्डका लागि विश्वव्यापी दृष्टिकोणको गिरावटलाई गम्भिर मानेको छ । अन्तर्राष्ट्रिय पर्यटन ब्यवशाय सन् २०१९ को स्तरमा फर्कन साँढे दुई देखि चार वर्ष लाग्ने अनुमान गरेको छ ।

कोरोना भाईरसका कारण पर्यटनमा सबैभन्दा बढि मार एसिया-प्रशान्त क्षेत्रलाई परेको छ । सन् २०२० मा ८४ प्रतिशतभन्दा बढि गिरावट भएको छ । यो क्षेत्र महामारीबाट शुरुमा प्रभावित भएकोले लामो समयसम क्षती ब्यहोर्नु परेको हो । त्यसका साथै शुरुदेखिनै यात्रामा कडा प्रतिबन्ध लगाउने क्षेत्रपनि यहि थियो ।

त्यस्तै युरोपको पर्यटन ७० प्रतिशतभन्दा बढिले गिरेको छ । युरोपभरिमा सन् २०२० को पुरा एक वर्षमा ५० करोड पर्यटक संख्या घटेको थियो । मध्यपूर्वमा ७५ प्रतिशत र अमेरिकामा ६९ प्रतिसतले गिरेको थियो ।

तपाइँको प्रतिक्रिया