शुक्रबार, वैशाख १४, २०८१

स्विजरल्याण्डमा हरेक पाँचौं ब्यक्ति दोहोरो नागरिकताधारी

नेपाल प्लस२०७७ माघ १६ गते १८:१९

स्विजरल्याण्डमा हरेक पाँचौं ब्यक्ति दोहोरो नागरिकताबाहक भएको पुष्टि भएको छ । सन् २०१० देखि सन् २०१९ सम्मको तथ्यांकले त्यस्तो पुष्टि गरेको हो । सन् २०१० देखि २०१९ सम्मका वालिकहरुले लिएको नागरिकता हेर्दा १४ प्रतिशतबाट बढेर १९ प्रतिशत पुगेको हो ।

स्विजरल्याण्डको संघिय तथ्यांक विभागका अनुसार सन् २०१९ को तथ्यांक हेर्दा स्विजरल्याण्डमा १५ वर्ष माथिका १० लाख जवानले दोहोरो नागरिकता लिएका छन् । सन् २०१० मा सात लाख थिए ।

ति मध्ये ६५ प्रतिशतले नागरिकता बदली (नेचुरालिजेसन) को प्रक्रियाबाट स्विस नागरिकता लिएका हुन् । बाँकि ३५ प्रतिशत वंशज हुन् । सबैभन्दा बढि दुई वटा नागरिकता हुनेमा इटालियन नागरिक छन् । दोहोरो नागरिकता हुने स्विस ईटालियनको संख्या २४ प्रतिशत छ । त्यस्तै ११ प्रतिशत फ्रान्सेली, नौ प्रतिशत जर्मन छन् । त्यसपछि दोहो नागरिकता लिनेमा टर्किस, पोर्चुगाली र स्पेनिस छन् ।

तपाइँको प्रतिक्रिया