शनिबार, वैशाख १५, २०८१

फ्रान्समा खोपको अभाव, सहमति गरिएका खोपमा ढिलाई

नेपाल प्लस२०७७ माघ १६ गते २०:५१

पर्याप्त खोपको अभावमा फ्रान्सले तोके अनुसार खोप लगाउने उद्देश्य पुरा नहुने देखिएको छ । फ्रान्सका तीन क्षेत्रीय स्वास्थ्य एजेन्सीहरू (एआरएस) ले निर्धारित गरेको खोप योजना स्थगित घोषणा गरेका छन् । यो ढिलाइले फ्रान्सेली खोप अभियानको उद्देश्यमा प्रश्न खडा गरेको छ ।

फ्रान्समा एन्टी कोविड १९ खोपको आपूर्तिमा भएको ढिलाइ गम्भीर रूपमा महसुस हुन थालेको छ । फ्रान्समा १३ लाख पहिलो खुराक डिसेम्बरदेखि यता लगाइएको छ । ति मध्ये छ हजार एक सय ५३ व्यक्तिले दोस्रो खुराक लिएका छन् । अन्य बिरामीहरूले पर्याप्त डोजको अभावमा पहिलो खोपनै स्थगित गरिरहेछन् ।

फाइजर-बायोटेकले जनवरीमा डेलिभेरि गर्ने सहमति गरेको दुई लाख कोरोना भाईरसको डोज बितरणमा ढिलाईको अस्थायी घोषणा गर्‍यो । त्यसपछि स्वास्थ्य मन्त्रालयले बिहीबार जनवरी २ मा मोडेर्नालेपनि खोप बितरणमा ढिला हुने पुष्टि गर्‍यो । निर्माता कम्पनीले फर्वरी महीनामा फ्रान्सको लागी बितरण गर्नुपर्ने डोजको एक चौथाई बितरण गर्न नसक्ने जानकारि दियो ।

त्यसको नजिता स्वरुप इल द फँस, ओत द फँस र बुर्गोन्यियँ फँस कँतेका क्षेत्रीय स्वास्थ्य एजेन्सीहरू (एआरएस) ले विहीबार खोप केन्द्रहरूले पहिलो पटक दिनुपर्ने खोप स्थगन गर्नुपर्ने घोषणा गरे । किनभने पहिलो खुराक लिईसकेकाहरुलाई यो समयमा दोस्रो डोज दिनुपर्ने भएकाले नयाँ ब्यक्तिहरुलाई पहिलो डोजनै नपुग्ने स्थिति देखियो ।

एउटा विज्ञप्तिमा ओत द फँसले जनवरीमा पहिलो डोज प्राप्त गरिसकेका सबैलाई दोस्रो डोज दिनैपर्ने हुनाले फर्वरीकोलागि रोकेको घोषणा गरेको छ । फर्वरीमा दिने भनिएको खोप मार्चको पहिलो हप्ताबाट पुन शुरु गर्ने बिज्ञप्तीमा उल्लेख छ ।

ईल द फँसले पाउनुपर्ने १५ हजार देखि २० हजार फर्वरी ८ मै पाउनुपर्ने सहमति थियो । त्योपनि १५ दिन ढिला हुने भएको छ । दुई हप्तापछि पाउने भनिएको यहि खोपको मात्रापनि पक्का छैन । बरु फर्वरीको अन्त्यमा फेरि निस्चित गरिने भनिएको छ ।

बुर्गोन्यियँ फँस कँतेमा पुर्‍याइने भनिएको पहिलो चरणको खोपपनि ढिलाई भएको घोषणा गरिएको छ । अहिलेनै आइपुग्ने भनिएका मात्रापनि केहि हप्ताकालागि रद्द गरिएको छ ।

फ्रान्सेली सरकारले सन् २०२१ को गर्मीयाम अन्त्य नहुँदै आफ्नो सम्पूर्ण जनसंख्यालाई खोप लगाउने उद्देश्य राखेको थियो । तर खोपको बितरणमा देखिएको यो ढिलाईले त्यो उद्देश्य उद्देश्य पुरा हुने आधार देखिन्न ।

तपाइँको प्रतिक्रिया

फेसबुक