शनिबार, वैशाख ८, २०८१

नमूना ‘काठमाडौं–ट्रान्जिट’: चीन जाने भए काठमाडौं आउनुहोला

नेपालप्लस समाचारदाता / काठमाडौं२०७७ माघ १७ गते २१:०३

संसारलाई हलचल गराउने कोविड–१९ को तरंगले संसारकै चहलपहल, आवागमन र बन्द–ब्यापारलाई ठप्पै बनायो । त्यसमा अछुतो कोहिकतै रहेन । यहि कोविडले पनि संसारलाई ‘ग्लोबल भिलेज’को कल्पनामा उभ्याउने बनाइदियो ।

तर, अहिलेको सन्दर्भ कोविड–१९ वा कोरोना संक्रमणको होइन । बरु यो संक्रमणकै कारण गत वर्ष चैतबाट रोकिएको राष्ट्रिय-अन्तरराष्ट्रिय हवाइ उडान झण्डै ३ महिनायता खुलिसकेको र यहि क्रममा भारत, मलेशिया, हङकङ, जापान, कतार आदि मुलुकमा पनि स्वदेशी वा विदेशी उडान सेवाले नियमित उडान भर्न थालिसकेको समाचार अब नयाँ रहेन । तर, भारतसहितका दक्षिण एशियाली मुलुक र अमेरिका, युरोपसहितका थुप्रै गन्तव्य उडान खुलिनसकेको चाइना उडानका हकमा नेपाल सरकार भने निकै उदार देखा परेको छ । कोरोना भाइरसको उत्पति र संक्रमण थलो भएकै कारण भारतसहितका मुलुकले अझै पनि नियमित तवरमा उडान सेवा खुलाएका छैनन् ।

तर, काठमाडौंबाट भने दैनिक तालिकामा काठमाडौं–कुन्मिङ रुटमा चाइना इष्टर्न एयरलाइन्सको उडान सुरु भएको छ भने काठमाडौं–गोन्जाओ सेक्टरमा चाइना साउदर्न उडिरहेको छ । बेइजिङ–छेन्दूका हकमा एयर चाइनाको उडान तालिका छँदैछ भने चार्टर वा अन्य सेवाका हकमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेकै छ । अन्य मुलुकहरुबाट चिन सँग सिधा संपर्क नभएको अवस्थामा ‘भारतसहितका अमेरिकी, युरोपेली यात्रुहरु यो कोरोना संक्रमणकै बेला पनि जम्मा एक दिन वा रातको ट्रान्जिटमा काठमाडौं उत्रने गरेका छन् ।

हवाइ उड्डयन प्राधिकरणका एक शाखा अधिकृतले भने—‘बाहिरबाट उडेर आउनेहरुका लागि पनि विदेशी मुलुकमा जस्तो अनिवार्य १४ दिने क्वारेन्टाइनको प्रबन्ध नभएको अवस्थामा काठमाडौं ट्रान्जिटको रुपमा विस्तार हुँदै गएको हो । त्यसमा पनि चीनका बेइजिङ, गोन्जाओ वा छेन्दू जाने अन्तराष्ट्रिय यात्रुका लागि सुरक्षा र स्वास्थ्य सतर्कताको बिन्दू नाघेर पनि काठमाडौं ट्रान्जिट सेन्टर बनिसकेको छ- उड्डयनका ति अधिकृत भन्छन् ।

यसबारेमा कसैले ध्यान पुर्याउन सकेको सकेको छैन अथवा चाहेकै छैन । विदेशमा देखिएको कोरोनाको तेस्रो परिवर्तित रुपले पुन: आधा विश्वलाई आफ्नो चपेटमा लिएको छ । अधिकांश देशहरुले खास गरेर सुरक्षित उडानका लागि बिभिन्न उपायहरु निकालिरहेका छन् । तर नेपाल सरकारले यो जोखिम तर्फ सोचेकै छैन ।

स्वास्थ्य सुरक्षाको खतरा र प्रोटोकलको आवश्यक तयारी नपुगेको भन्दै नेपाल वायुसेवा निगमले भने चीनको कुनै गन्तव्यमा पनि उडान भर्न थालेको छैन । हङकङ, मलेशिया आदि उडान सुरु भएपनि कोरोना बिरामी बारेमा गरेको बारम्बारको असावधानीका कारण नेपाल बायुसेवाका यी उडानहरु पनि नियमित हुन सकेका छैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक