शुक्रबार, वैशाख १४, २०८१

युरोपेली युनियन बाहिरका देशलाई फ्रान्स पस्न मनाही

नेपाल प्लस२०७७ माघ १७ गते २२:२९

कोरोना भाईरस संक्रमणमा शिथिलता नआएपछि फ्रान्सले युरोपेली युनियन बाहेक सबै देशका नागरिकलाई आफ्नो सिमा बन्द गरेको छ । अब युरोपेली बाहेक अन्य देशका नागरिक फ्रान्स प्रवेश गर्न पाउने छैनन् ।

फ्रान्सका प्रधानमन्त्री जँ कास्तेक्सले शुक्रवार साँझ सिमा बन्द गरिएको घोषणा गरेका हुन् । राष्ट्रपतिको कार्यालय एलिजी प्यालेसमा भएको कार्यक्रममा बोल्दै उनले भने “हामीले अझैपनि लकडाउन नगर्ने बिकल्प अपनाउन सक्छौं ।”

फ्रान्सेली प्रधानमन्त्री कास्तेक्सले भोली आ इतवारबाटै आफ्नो सिमा युरोपेली बाहेककालागि बन्दको घोषणा गरेका हुन् । “कोरोना भाइरसलाई बाहिरबाट थप संक्रमण भित्रिन नदिन बाध्यकारी अवस्था बाहेक कसैलाईपनि फ्रान्स प्रवेश दिईने छैन” उनले भनेका छन् ।

प्रधानमन्त्री कास्तेक्सले आगामी केहि दिन कोरोना भाइरस नियन्त्रणका उपायहरुकालागि निर्णायक हुनेपनि उल्लेख गरेका छन् । फ्रान्समा अनुमान र हल्ला गरिए जस्तो तेस्रो चरणको लकडाउन तत्कालै नगर्ने पनि प्रधानमन्त्रीले सार्वजनिक गरे ।

उनले फ्रान्समा युरोपियन युनियनको कुनै देशबाट प्रवेश गर्न नकारात्मक पीसीआर टेस्ट आवश्यक पर्ने स्पष्ठ पारेका छन् । यो ब्यवस्था “सीमा पार गर्ने कामदारहरू बाहेककालागि हो । यो उपाय, समुद्री र हवाई यातायातका लागि गत आइतवार देखिनै लागू थियो । भोलीदेखि जमिनबाट यात्रा गर्नेकालागिपनि बिस्तार गरिएको हो ।

भोली आइतवारदेखिनै २० हजार वर्ग मिटर भन्दा बढि क्षेत्रफल ओगटेका सबै पसल, सुपरमार्केटसमेत बन्द गर्नुपर्ने भएको छ । सुपरमार्केटहरुमा लकडाउनका उपायहरु अवलम्बन गरेनगरेको जाँचपनि गरिने छ ।

अफ्रिका र बेलायतमा उत्परिवर्तित भएको (स्वरुप बदलिएको, म्युटेट) भाईरसको संक्रमण फ्रान्समा १० प्रतिशत भैसकेको प्रधानमन्त्रीको भनाई छ । त्यसैले छिमेकी मुलुकमा भन्दा आफूले यसलाई राम्रोसित नियन्त्रण गर्न चाहेको उनले एक टेलीभिजन कार्यक्रममार्फत् बताएका छन् ।

शुक्रवार २४ घण्टामा २३ हजार कोरोना भाइरसका नयाँ बिरामी देखापरेपछि फ्रान्सका स्वास्थ्य अधिकारीहरु चिन्तित बनेका छन् । कोरोना भाइरसका बिरामीको संख्या ब्यापक रुपमा बढेसँगै अस्पताल भर्ना हुने र सघन उपचार कक्षमा समेत दबाब बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । त्यस्तै, म्रित्यु दरपनि घटेको छैन । शुक्रवार मात्रै अस्पतालमा ३५६ जनाको कोरोना भाईरसकै कारण म्रित्यु भएको छ । कोरोना भाईरसको संक्रमण शुरु भएदेखि अहलसम्म फ्रान्समा ७५ हजार ६ सय २० संक्रमित भएका छन् ।

तपाइँको प्रतिक्रिया