बिहीबार, वैशाख १३, २०८१

लामिछानेले गरे एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

नेपालप्लस संवाददाता / टेक्सास, अमेरिका२०७७ माघ १७ गते २२:५६

ब्यवशायी तथा सामाजिक अभियन्ता कृष्ण लामिछानेले एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि एनआरएन अभियानमा आवद्ध लामिछाने दुई दशक देखि अमेरिकामा छन् । उनी एनआरएनए भाषा साहित्यका अन्तर्राष्ट्रिय संयोजक हुन् ।

सधैं जसो कलह र राजनीतिक बिबादमा रुमलिएको एनआरएनए अमेरिकालाई आफ्नो नेतृत्वमा सवल शाखाको रुपमा रुपान्तरण गर्ने उनले बताएका छन् । उनले उम्मेद्बारी घोषणा गर्दै “सामाजिक अभियानमा राजनीतिक रंग लगाउने हरेक कृयाकलापलाई निरुत्साहित गर्ने मेरो पहिलो प्राथमिकता रहने” बताएका छन् ।

लामिछानेले शनिवार पठाएको वक्तब्यमा भनेका छन- “एक सामाजिक कार्यकर्ताको हैसियतमा समाजले मलाई हिजो पनि देखेको थियो । आजपनि देखिनैरहेको छ । भविष्यमा पनि देखिनैरहने छ । यहि समाजबाट मेरो सामजिक छबि बनेको थियो । नेपालबाट सपनाहरू बोकेर अमेरिका आएको एक ठिटोलाई यहि समाजले नै सामाजिक कार्यकर्ताको परिचय दिएको गुनको मूल्य मैले कहिल्यै चुकाउन सक्ने छैन । यहि समाजबाट उत्पति भएको यो कृष्ण लामीछाने यहि समाजमा सधैँ रहिरहने छ।”

लामिछानेका अलावा वर्तमान वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे र उपाध्यक्ष बुद्धी सुवेदीले समेत उम्मेद्वारी दिने चर्चा चलेको छ । वरिष्ठ उपाध्यक्ष बन्जाडेले उम्मेद्वारी घोषणा नगरे पनि आफ्ना निकटहरुसँग अध्यक्ष पदका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष पदका आकांक्षी यि तिनै जना नेपाली कांग्रेससँग निकट मानिन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक