बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा राष्ट्रिय कर्फ्यूको प्रभाव घट्दै

नेपाल प्लस२०७७ माघ १८ गते १:२२

फ्रान्समा कोरोना भाईरस महामारीको विरूद्ध लड्न लगाइएको राष्ट्रिय कर्फ्यूको प्रभावकारिता हराउँदै गइरहेको छ । कर्फ्यु भन्नासाथ जति सतर्क र पालना हुन्थ्यो त्यसमा ह्रास आइरहेको भनाई स्वास्थ्य मन्त्रीको छ ।

स्वास्थ्य स्थिति र कोरोना भाईरस रोकथाम गर्न चालिएका स्वास्थ्य र सुरक्षा उपाय बिरुद्द जानकारी दिँदै फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभिए भेरँले राष्ट्रिय कर्फ्युको प्रभावकारिता घट्दै गएको बताएका हुन् ।

नयाँ संक्रमणको संख्या गएका तीन हप्तामा औसतमा प्रत्येक हप्ता १० प्रतिशतका दरले बढेको बताए । बेलायती र अफ्रिकी भूमीमा स्वरुप बदलिएको कोरोना भाईरस फ्रान्समापनि प्रवेश गरेपछि प्रत्येक दिन करिब पाँच सय कोरोना भाईरस संक्रमित नयाँ बिरामी थपिने गरेको स्वास्थ्य मन्त्रीले सार्वजनिक गरेका छन् । अहिले प्रत्येक दिन करिब दुई हजार कोरोना भाइरसका बिरामी थपिएका छन् । यो संख्या सरकारले अनुमान गरे भन्दा बढि हो ।

भेरँका अनुसार यसरि कोरोना भाईरसका बिरामीको संख्या बढ्नुमा मूलत बेलायती स्वरुपको कोरोना भाईरसको कारणले हो । त्यसबाहेक केहि मात्रामा अफ्रिकी स्वरुपको भाईरसलेपनि बढाएको छ ।

बेलायत र अफ्रिकामा नयाँ स्वरुप बदलेका कोरोना भाइरसको संक्रमण उत्पत्ती भएका देशमा भन्दा ति फैलिएका देशमा अझ बढि देखिएको छ । स्वरुप बदलिएको भाइरसले शुरुको मूल कोरोना भाईरसले भन्दा अझ बढि महामारीको लहर ल्याउन सक्ने संभावना छ ।

“यी भेरियन्ट्स (उत्परिवर्तित) भाईरसहरुलाई नयाँ सुरक्षाको लागि नयाँ भाइरस जस्तै ठान्छु । यसलाई महामारीभित्रको पनि महामारीका रुपमा लिनुपर्छ” स्वास्थ्यमन्त्री भेरँले पत्रकार सम्मेलनमा भने ।

तपाइँको प्रतिक्रिया