बिहीबार, वैशाख १३, २०८१

मेडिया रिपोर्टमा कति विश्वास गर्छन् फ्रान्सेली नागरिक ?

नेपाल प्लस२०७७ माघ १८ गते १४:४१

फ्रान्समा मेडियाले लेखेका लेख, रिपोर्ट, समाचारहरुमा फ्रान्सेलीको विश्वास बढ्दो छ । तर आम पाठकको पूर्ण विश्वास जित्नभने बाँकि नै छ । हाल त्यो विश्वासमा सुधार भने भैरहेको छ ।

कोरोना भाइरस संक्रमणका बेला भने फ्रान्सभरिनै मेडिया प्रतिको विश्वास बढिरहेको छ । ल ख्वा दैनिककालागि कान्तर एजेन्सीले गरेको वार्षिक तथ्यांक सर्भेका अनुसार विश्वास बढेपनि फ्रान्सेलीहरुले आफ्नो देशको मेडियाको आलोचना भने गरिरहेका छन् । कोरोना भाईरस संक्रमण कालमा मेडियाले खेलेको भूमिकाका बारेमापनि केहि आलोचना भैरहेको छ ।

यस सर्वेक्षणको पहिलो अध्याय सन् १९८७ मा शुरू भएको थियो जसको नयाँ संस्करण यहि जनवरी ७ देखि ११ सम्म गरिएको थियो । फ्रान्सेली समाचारको रुचि ८ बिन्दुबाट बढेर ६७ प्रतिशतमा पुगेको छ । तर गत वर्ष भने ऐतिहासिकरुपमा निकै तल झरेको थियो । रिपोर्टमा कति प्रतिशत झरेको उल्लेख छैन ।

मेडियाको विश्वसनीयता लगातार दोस्रो वर्ष केही हदसम्म सुधार भैरहेको छ । जिलेजोन अर्थात् पहेँला वस्त्रधारीहरुको आन्दोलनकाबिच गत साल त्यो सुधार केहि कम थियो । पहेंला वस्त्रधारीको आन्दोलनका विषय उठान गर्दा मेडिया रिपोर्टमापनि केहि आलोचना भएका थिए । किनभने तिनको आन्दोलन निरन्तर जस्तै थियो र मेडियाका रिपोर्टपनि निकै बाक्ला थिए ।

फ्रान्समा रेडियोका रिपोर्टहरु सबैभन्दा उच्च स्थानमा छन् । सबैभन्दा रुचाईएका, विश्वासिला मानिन्छन् । कूल ५२ प्रतिशतले रेडियो रिपोर्टलाई बढि विश्वासिलो मान्छन् । गत साल भन्दा अझ दुई प्रतिशत विश्वास रेडियो रिपोर्टमाथि बढेको छ ।

अखबारहरुको विश्वास ४८ प्रतिशत छ । फ्रान्समा अखबारले भन्दा रेडियोले बढि भरपर्दो खबर प्रशारण गर्छ भन्ने विश्वास छ । टेलीभिजनहरुको रिपोर्टमाथिको विश्वास भने ४२ प्रतिशत छ । ईन्टरनेटका माध्यमबाट पाइने सूचना र रिपोर्टमाथिको विश्वास भने निकै कम छ फ्रान्सेलीहरुमा । नेटबाट पाइने रिपोर्टमाथि २८ प्रतिशतले मात्रै पत्याउँछन् ।

कोरोना भाईरस संक्रमण कालमा अन्य धेरै संघसंस्था, ब्यवशायी र पेशाका मानिसको क्रियाकलपा बन्द गएपनि मेडियाहरुले आफ्नो जिम्मेवारी पुरा गरिरहे । कोरोनाकालको सम्पूर्ण अवधिमा मेडिया क्रियाकलापमामा कुनै रोकावट आएन । पत्रकारहरूले आफ्नो काम गरिरहे । जानकारी दिईनै रहे । “यो प्रजातन्त्रको कामका लागि आवश्यक छ” ला ख्वा दैनिक अखवारको मूल कम्पनी बेयर्ड समूहको व्यवस्थापन बोर्डका अध्यक्ष पास्कल रुफेनाचले टिप्पणी गरेका छन् ।

तर जब मिडियामा कोरोना भाईरस महामारीको उपचारको बारेमा सोधिन्छ तब फ्रान्सेलीहरू एकदमै विभाजित हुन्छन् । जस्तै, ४४ प्रतिशतले सकारात्मक धारणा दिन्छन् भने ४३ प्रतिशतले नकारात्मक धारण दिन्छन्, कोरोना भाईरसबारे मेडिया रिपोर्टबारे ।

फ्रान्सेलीहरुले गैर-विशेषज्ञहरुलाई धेरै महत्त्व दिए भन्ने सबैभन्दा बढि मेडियाहरुमाथिको गुनासो छ । ७३ प्रतिशतले यस्तो गुनासो गरेका छन् । कुनैपनि घटनालाई फूलबुट्टा भरिभरि नाटकिय बनाउने गर्छन् भनेर गुनासो गर्ने ६६ प्रतिशत छन् । त्यस्तै ७४ प्रतिशत फ्रान्सेलीहरुको धारणा के छ भने मेडियाले कोरोना भाइरसका बारेमा आवस्यकभन्दा बढि बोल्ने, लेख्ने गरिरहेको छ । अनावस्यकरुपमा धेरै बोलिरहेको छ मेडिया ।

अर्कोतर्फ १० जनामा नौ फ्रान्सेलीहरू मेडियाले मास्क, सेनिटाईजर र स्वास्थ्य अवरोध, नियमका बारेमा मेडियाले अति राम्रो भूमिका खेलेको भन्ने विश्वास गर्छन् । चारमा तिन जनाले सरकार, क्षेत्र, प्रान्त आदि संवन्धित निकायले गरेको लकडाउन गर्ने र लकडाउन खुला गर्ने जानकारि राम्रो दिएको भन्ने छन् ।

यो सर्वेक्षणले मिडियाले वास्तवमा गुणस्तरीय सूचना सेवा दिएको छ र जनताद्वारा प्रशंसित भएको मिडिया समाजशास्त्री आर्नो मेर्सियले बताएका छन् ।

टेलिभिजनमा आमन्त्रित व्यक्तिहरूको छनौटमा मिडियाकोकेहि भूमिका असफल भएको भनाई केहिको छ । केहिले भने कोरोना भाईरसका औषधीहरुको छनौट, सिफारिस र बैज्ञानिक बहसकाबिचमा मेडियाले आफैं विशेषज्ञले झैं राम्रो र नराम्रोको पक्ष लीने भूमिका खेलेको, कुनै विशेषज्ञ ल्याउँदा त्यस विशेषज्ञले बोलेको र उसको स्वार्थमा आलोचना गर्न सक्ने अर्को पक्ष उभ्याउन नसकेको आरोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया