बिहीबार, वैशाख १३, २०८१

तेस्रो लकडाउन नगरेको भन्दै फ्रान्सेली राष्ट्रपतीको आलोचना

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ माघ १८ गते १८:५८

Photo by Francois Mori / POOL / AFP)

फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले कोरोना भाइरसको संक्रमण बढिरहेकाले तेस्रो लकडाउन नगरेको भन्दै आलोचना खेपिरहेका छन् । फ्रान्सको बैज्ञानिक परिषदका सदस्यहरुले तेस्रो लकडाउन गर्नुपर्ने सुझाव दिएकाले त्यसलाई पालना नगरिए ठूलो क्षती ब्यहोर्नुपर्ने भन्दै लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले वरिष्ठ सल्लाहकारहरूको सल्लाह विपरीत कोरोना भाईरसलाई खुम्च्याउन तेस्रो राष्ट्रिय तालाबन्दी लागू नगरेर जूवा खेलेको बैज्ञानिकहरुले आरोप लगाएका हुन् ।

तर राष्ट्रपतीले एक हप्ता पछि शुक्रबारको क्याबिनेट बैठकमा यात्रा र किनमेलमा विद्यमान प्रतिबन्धहरूलाई कडा बनाउन खोजेको मेडियाहरुले उल्लेख गरेका छन् ।

कडा लकडाउन नगर्ने कदमले फ्रान्सलाई सबैभन्दा ठूलो छिमेकीहरू बेलायत र जर्मनीले भन्दा फरक बाटो समातेको आरोप लागेको छ जुन बेला युरोपभरि नै स्वरुप बदलिएको कोरोना भाईरस थप संक्रामक रूपमा फैलिरहेको छ ।

“सबै कुराले सुझाव दिन्छ कि स्वरुप बदलिएको भाईरसको कारण एउटा नयाँ छाल आउन सक्छ । तर हामीले सुरुमा गरेका सुरक्षाका उपायहरुको निर्णय र फ्रान्सेली जनताले सम्मान गरिरहेकाले हामी यसलाई रोक्न सक्छौं” स्वास्थ्य मन्त्री ओलिभिय भेरँले जर्नल दु दिमँस (जेडीडी) अखबारलाई आज आइतवार भनेका छन् ।

उनले अन्य देशहरूमा जस्तो नभई कोरोनाव्भाइरसका बदलिएका स्वरुपहरु हप्ता यतादेखि मात्र बृद्धि भएको उल्लेख गर्दै स्वास्थ्यमन्त्रीले भने “मलाई हामी आफैंमा विश्वास छ । हामी अहिले बाँचिरहेको क्षण सबैभन्दा महत्वपूर्ण छ । सबै मिलेर यो भाइरसलाई रोक्नतर्फ लागौं ।”

फ्रान्सेली सरकारले डिसेम्बरमा दोस्रो लकडा समाप्त भएपछि रातमा कडा कर्फ्यू जारि गरेको थियो । हाल कोरोना भाईरसबाट दिनको लगभग २५० व्यक्तिको मृत्यु भैरहेको छ । यो हाल ब्रिटेन वा जर्मनीमा हुने संख्याको एक चौथाईभन्दा कम हो ।

लगभग एक वर्षे प्रतिबन्धको मानसिक स्वास्थ्य परिणाम संग संघर्ष गर्दै आएका बेला देशमा अर्को लकडाको प्रभावबारे चिन्तित देखिएका राष्ट्रपतीले फेरि लकडाउन गर्दा अझ गहिरो आर्थिक मन्दीको सामना गर्नुपर्नेमा अझ चिन्तित देखिएको जेडिडीमा उल्लेख छ ।

“जब तपाईं फ्रेन्च हुनुहुन्छ भने तपाईंसँग सफल हुनको लागि सबै कुरा छ । तपाइले खालि त्यो प्रयत्नको हिम्मत गर्नुपर्‍यो” राष्ट्रपतीले भनेका छन् ।

गत साता नेदर्ल्याण्ड्समा लकडाउन बिरुद्द गरिएको हिंसात्मक प्रदर्शनीलाईपनि भुल्न नहुने राष्ट्रपतीले स्मरण गराएका छन् ।

थुप्रै विशेषज्ञ र कोरोना भाइरस महामारी सुरु भएदेखि अध्ययनको तर्क अनुसार प्रारम्भिक लकडाउन सबैभन्दा प्रभावकारी हुन्छ । किनकि तिनले शुरुमै नियन्त्रण गर्ने हुँदा छोटो समयपछि हटाउन सकिन्छ । त्यस्तो लकडाउनले समग्र आर्थिक क्षति कम गर्छ ।

राष्ट्रपतीका निकट केहि ब्यक्तिले भने अर्को लकडालाई रद्द गरिएको नभएर दृष्टिकोणमा परिवर्तन गरिएको रत्यसले लकडाउनको प्रभावकारिता बढाउन सक्ने भन्दै राष्ट्रपतीको बचाउ गरेका छन् ।

तपाइँको प्रतिक्रिया