बिहीबार, वैशाख १३, २०८१

स्पेनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्यामा वृद्धि, अस्पताललाई चापाचाप

नेपालप्लस प्रतिनिधी / स्पेन२०७७ माघ १८ गते २१:४५

स्पेनमा कोरोना भाइरस संक्रमणबाट मृत्‍यु हुनेको संख्या तिब्ररुपमा बढेपछि अस्पतालहरु चापाचापमा परेका छन् ।

कोरोनाबाट मर्नेको संख्या शुक्रवार ५१३ पुगेको छ । यो वृद्धिसँगै त्यहाँ कोरोना भाईरसबाट मर्नेको संख्या ५८ हजार तिन सय १९ पुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको पहिलो लहरपछि शुक्रवार कोरोनबाट मृत्‍यु हुनेको संख्या बढेको पहिलो पटक हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार स्पेनमा ३८ हजार एक सय १८ जना कोरोना भाईरसका नयाँ विरामी फेला परेका छन् । गत हप्ता संक्रमितको संख्या ४४ हजार तिन सय ५७ थियो ।

यो वृद्धिसँगै अस्पतालहरुलाई विरामीको उपचार गर्न चापाचाप परेको छ । अस्पतालका संघन उपचार कक्षहरु अहिलेनै ४४ प्रतिशत भरिइसकेका छन् ।

स्पेनको एल पाईस अखवारका अनुसार शुक्रवार मेड्रिडको एक व्रिद्दाश्रममा प्रकोप फैलिएर उक्त व्रिद्दाश्रमका ११ जनाको मृत्‍यु भएको छ । व्रिद्दाश्रमका सबै ४८ जनानै कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै त्यहाँका १७ कर्मचारीपनि संक्रमित छन् ।

यसैबिच चिकित्सकहरूले खोप वितरणमा भएको ढिलाइमा ब्यापक गुनासो गरेका छन् । त्यसले गर्दा म्याड्रिड लगायतका धेरै क्षेत्रहरूमा प्राथमिकताका आधारमा मिति तोकिएका नयाँ व्यक्तिलाई समेत खोपको मिति रद्द गर्न बाध्य तुल्याको उल्लेख गरेका छन् । नयाँ ब्यक्तिहरुलाई खोप दिनबाट रोकेर पहिलो मात्रा दिईसकेकाहरुलाई मात्रै दोस्रो खोप दिएको चिकित्सकहरुको भनाई छ ।

“अत्यावस्यक खोप परिमाण आवस्यक गतीमा बितरणको असक्षमताले गर्दा हामीलाई गम्भिर चोट पुर्‍याएको छ,कम्तिमा स्वास्थ्यकर्मीहरूको लागि” म्याड्रिडस्थित इसाबेल जेन्डल अस्पतालका मेडिकल निर्देशक जेभियर मार्कोले एल पाईस अखवारसित भनिन् ” स्वास्थ्यकर्मीहरूले फेरि असुरक्षित महसुस गरेका छन् । अब असिमित समयसम्मको लागि कोरोना भाईरसको दयामा बस्नुपरेको छ ।”

युरोपेली देशहरू व्यापक खोप ढिलाइको सामना गर्दै छन् । कम्तिमा अस्थायी रूपमा अनुमोदित मात्रा भएका सबै पश्चिमी खोप निर्माताहरू – मोडर्ना, फाइजर र यसको जर्मन साझेदार बायोनेटेक र एस्ट्राजेनेका प्रारम्भिक वितरणको लक्षका पछाडि लागेका छन् ।

मार्कोले भनिन् “मार्चदेखि हामी अत्यन्तै दबाबमा छौं । जीवनशैली अत्यन्त दयनिय बनेको छ । हामी कुनैपनि समय परिवारलाई संक्रमित तुल्याउन सक्छौ भन्ने डरले त्रस्त छौं । हामी काममा गैरहनुपर्छ जसरिपनि भन्नुको अर्थ समाजलाई हाम्रो आवस्यकता हो “

तपाइँको प्रतिक्रिया

फेसबुक