बिहीबार, वैशाख १३, २०८१

जनसंपर्क समिती जर्मनी वायर्नको अध्यक्षमा कृष्ण रिजाल चयन

नेपालप्लस समाचार २०७७ माघ १७ गते १८:४७


म्युनिख-
नेपाली जनसंपर्क समिती जर्मनी वायर्न शाखाको चौंथो अधिवेशनले कृष्ण शर्मा रिजालको अध्यक्षतामा ९ सदस्सिय समिती गठन गरेको छ । अन्य पदहरुमा क्रमस उपाध्यक्ष रेश्मीराज अर्याल, सचिब शन्जु शर्मा, कोषाध्यक्ष किशोर थापा र सदस्यहरुमा रबी शेखर जोशी, बिशाल बुढा, श्रीमती ज्योती ढकाल, श्रीमती राधिका खतिवडा र श्रीमती नलिना वनेमलाई चयन भएका छन ।
जनसंपर्क समितीका जर्मनीका सदस्य मोहन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनले कृयाशिल सदस्यता बितरण गर्नको लागी नव निर्वाचित अध्यक्ष कृष्ण शर्मा रिजाल, कृष्ण ढकाल र हरेन्द्र वनेमलाई जिम्मेवारी सुम्पिएको छ । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष रिजालले भने- “नेपाली कांग्रेसले आफुलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारीबाट आफु कहिल्य विचलित हुने छैन । जन्मभूमिको हितका लागि हाम्रा हातहरु सधैंं उठी रहने छन ।
कार्यक्रमका प्रमुख अतिथी मोहन गुरुङले- हामीहरु विश्वको जुना सुकै कुनामा बसे पनि राष्ट्र र राष्ट्रियताको सवालमा एक भएर कुनै प्रकारको सम्झौता नहुने बताए । भेलामा नेपाली जनसम्पर्क समिती जर्मनीका भुतपुर्ब उपाध्यक्ष राजदीप शाह, नेपाली जनसम्पर्क समिती बायर्न शाखाका भुतपुर्ब अध्यक्ष श्री धर्म ढकाल, नेपाली जनसम्पर्क समिती बायर्न शाखाका निबर्तमान सदस्य कृष्ण ढकालले पनि मन्तब्य ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया