शुक्रबार, चैत १६, २०८०

कोर्बेट राष्ट्रिय निकुन्जमा गाई र बाघ भिडन्त

दीप राजवर, उत्तराखण्ड२०७७ फागुन ४ गते ८:३०

भारतको कोर्बेट राष्ट्रिय निकुन्जलाई मध्येबाट चिर्दै सोना नदी बग्छ । बिचमा टाढा सम्म फैलिएको समथर मैदान छ । जहाँ नजिकका गाँउबाट चरनका लागी गाईहरु लागिन्छन् । सोना नदिको किनारमा बाघ र तिनै घर पालुवा गाइको निकैबेर भिडन्त भएपछी एउटा लिखुरे गाईको इहलीला समाप्त भयो ।

यो मध्यवर्ती क्षेत्रमा एउटा बाघ आफ्ना तिन डमरुसहित केहि महिनादेखि बस्दै आएको थियो ।

बघिनी आफ्ना डमरु झाडीमा लुकाएर बाहिर निस्केकि थिई । गाउँलेले चर्न छोडेका गाइको बथामा पसेर आक्रमण गरि । केहि समय गाई भिड्न खोजेको थियो । अरु केहि गाईपनि आएर आक्रमणकारीलाई खेद्न खोजेका थिए । उसले बाघलाई आफ्ना तिखा सिङले हानेर धपाउन खोज्दै थिई । तर बघिनीले झ्याप्पै तर्कुलोमा उसका तिखा नङ्राले आक्रमण गरेपछि गाईको केहिसिप लागेन । गाई ढली । बघिनीले एक्कैछिनमा उसको घाँटी फुटाइदिई । एउटा गाई मारेपछि बाँकि गाईहरुको भागाभाग भयो  ।

गाउँलेहरुले देखेर चिच्याउन थालेपछि बघिनीले मारेको गाई लगिन । त्यसलगत्तै कनकटी (बाघको नाम) आफ्ना डमरु लिएर अग्ला घाँसमा लुकी । स्थानियहरु रात परेपछि आएर मृत गाई लगे । केहि समय अघिदेखि कनकटी यस इलाकामा घुम्न थालेकि थिई । उसले स्थानियले चर्न छोडेका आठ वटा गाइ मारिसकेकि थिई ।

तपाइँको प्रतिक्रिया

फेसबुक