मंगलबार, वैशाख ११, २०८१

युरोपभरि कडा लकडाउन, ईटालीमा भने होटेल, रेस्टुरेन्ट सबै खुला

नेपाल प्लस२०७७ माघ २० गते १७:४९

इटालीमा कोभिड विरोधी प्रतिबन्धहरू सोमबारदेखि प्राय: पूरै इलाकामा खुला गरिएको छ । बार, रेष्टुरेन्ट, कफी सप र संग्रहालयहरूले आफ्नो ढोका खुला गरेका छन् । तर विश्व स्वास्थ्य संगठन (ड्ब्ल्यु एच ओ) ले भने यो निर्णय धेरै छिटो गरिएको भन्दै आलोचना गरेको छ ।

सोमबार फेब्रुअरी १ ​​मा युरोपेली छिमेकीहरूले अपनाएको कोरोना भाइरस लकडाउनका बिरूद्ध इटालीले यसका अधिकांश क्षेत्रहरूमा कोभिड विरोधी प्रतिबन्धलाई खुकुलो गरेको हो । यो निर्णयले गर्दा दिनभर बार र रेष्टुरेन्टहरू फेरि खोलियो ।

इटालियन क्षेत्रका अधिकांश भागलाई अब “पहेलो क्षेत्र” को रूपमा वर्गीकृत गरिएको छ । त्यसको अर्थ मध्यम जोखिममा रहेको भन्ने हो । पहेंलो क्षेत्रमा उत्तरको अल्टो एडिजे, मध्यभागको उम्ब्रिया र पुगलिया छन् । सार्डिनिया र दक्षिणको सिसिली सुन्तला रङको क्षेत्रमा परेका छन् । सुन्तला रङलाई मध्यम जोखिममा सूचीक्रित गरिएको छ । ईटालीमा हाल कुनैपनि क्षेत्रलाई “रातो क्षेत्र” को रूपमा वर्गीकृत गरिएको छैन । यसको अर्थ जोखिमको उच्च स्तरमा कुनैपनि क्षेत्र छैन भन्ने हो ।

नयाँ वर्ष छुट्टीको अन्तमा जोखिमको स्तरलाई कम गर्न ईटालीमा कडा लकडाउन र एकान्तवासको नियम राखिएको थियो । त्यहि मापदण्डको अधारमा भाईरसको फैलावट कम देखिएपछि यस्तो निर्णय गरिएको अधिकारीहरुले बताएका छन् । त्यसको साथ सघन उपचार कक्षको क्षमता र भाईरस फैलावट दर हेरेर बार, कफी, रेस्टुरेन्ट, संग्राहलय खोल्न अनुमति दिएका हुन् ।

बार र रेष्टुरेन्टहरूले अहिलेसम्म टेक अवे मात्रै गर्न सक्थे । अब ग्राहकले उनीहरूको टेबुलमा बेलुका ६ बजेसम्म बसेर खान सक्ने छन् । तर रेस्टुरेन्टहरुले सीमित संख्यामा मात्रै रकह्ने पाउने नियम तोकिएको छ र तिनले शारीरिक दूरीका नियमहरूको सम्मान गर्नुपर्ने छ ।

भिड नियन्त्रण गर्नको लागि संग्राहलयहरु भने हप्ताहन्तबाहेक अन्य दिन मात्रै खुला गर्न सकिने छ । सोमबारसम्म पर्यटनका उच्च स्थानहरू पुनः खोलिएको छ ।

ब्यापारिक पसलहरु खुला गर्ने निर्णय गरिएपनि राष्ट्रिय रुपमा कर्फ्यु भने साँझ १० बजेदेखि विहान ५ बजेसम्म जारि छ । इटालीको यो निर्णय अन्य युरोपेली देशले अपनाएको प्रतिबन्धबिरोधी छ । किनभने अन्य युरोपेली देशहरुले भने झन कडा प्रतिबन्ध लागएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बिहीबार ईटालीलाई चेतावनी दिँदै भनेको छ ” युरोपमा भाइरस अझै उच्च जोखिमकासाथ फैलिइरहेकोले प्रतिबन्धहरु खुला गरेर आराम र मज्जा लिने यो निर्णय एकदमै छिटो हो ।”

यो साताको अन्त्यमा जब ईटालीले यो सहजताको घोषणा गर्‍यो तब हजारौं मानिसहरू सडक र ठूला शहरहरूको बगैंचामा निस्किएर स्वास्थ्य मन्न्री रोबर्टो स्पिरन्जालाई चेतावनी दिएका थिए “पहेंलो जोनमा सूची गर्नु भनेको हामी खतराबाट उम्केका छौं भन्ने होइन । यदि हामी हालका हप्ताहरूमा गरिएको प्रगतिलाई उल्टाउन चाहँदैनौं भने हामी अझै सतर्क हुनुपर्छ ।”

कोरोना भाइरसको पहिलो तरंगले सबैभन्दा प्रभावित इटाली पहिलो युरोपेली देश हो । महामारीको थालनी भएदेखि ईटालीमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ । युरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र भएको यो देश दोस्रो विश्वयुद्ध पछि सबैभन्दा खराब मन्दीमा डुबेको छ ।

तपाइँको प्रतिक्रिया