बिहीबार, वैशाख १३, २०८१

युरोपेली मुलुकमा कोरोना परिक्षणको नक्कली रिपोर्ट बेच्ने गिरोह सक्रिय, ठगहरु विमानस्थलबाटै पक्राउ

नेपालप्लस संवाददाता२०७७ माघ २० गते १८:५५

बेलायत, फ्रान्स, नेदरल्याण्ड्स, स्पेन लगायतका युरोपेली मुलुकमा कोरोना भाईरस परिक्षण गरेको नककली नेगेटिभ रिपोर्ट बेच्ने गिरोहहरुको बिगबिगीनै चलेको छ । बेलायत र फ्रान्सका एयरपोर्टहरूमा यस्ता नक्कली प्रमाणपत्र बेच्ने झन बढि भेटिएका छन् । यि दुई देशका अधिकारीहरुले नक्कली प्रमाण बेच्ने धेरै अभियुक्तहरूलाई पक्राउ गरेको बताएका छन् । युरोपेली प्रहरी एजेन्सी (यूरोपोल) ले यात्रुहरूलाई संगठित अपराध वा व्यक्तिगत रुपमा बदमाश गर्नेदेखि यात्राका क्रममा सावधान रहन आग्रह गरेको छ ।

फँस २४ न्युजका अनुसार यूरोपोलले सोमबार संगठित अपराधीक समूह वा नाफाखोर बदमाशहरुले कोरोना भाईरस परिक्षणमा नेगेटिभ रिपोर्टको प्रमाणपत्र बेचेर रकम लिने गरेको हुँदा त्यस्तो सिफारिस खरिद नगर्न यात्रुहरुलाई सचेत गराएको हो । केहि अपराधीहरुले त्यस्तो रिपोर्ट प्रतिब्यक्ति तिन सय युरोसम्म लिएर दिने गरेको युरोपोलले उल्लेख गरेको छ ।

यो चेतावनी बेलायत र फ्रान्सको एयरपोर्टमा अनलाइनबाट कोरोना परिक्षणको नेगेटिभ रिजल्टसहितको नक्कली प्रमाणपत्र बेच्ने धेरै व्यक्तिलाई पक्राउ गरेपछि आएको हो । साथै अपराधीहरुले स्पेन र नेदरल्याण्डमा कुरियर समूहहरू मार्फत समेत बिक्रि गरिएको युरोपोलले उल्लेख गरेको छ ।

युरोपेली मुलुकका धेरै देशले भ्रमण इजाजत पाउन कोरोना भाइरस परिक्षणको नेगेटिभ सिफारिस माग गरेका छन् । यात्रुहरुको यहि बाध्यता थाह पाएर ठगी गर्नेहरुले नक्कली कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट बेच्ने गरेका हुन् ।

” कोरोना भाईरस संक्रमणले गर्दा यात्रा प्रतिबन्धहरु रहेसम्म अपराधीहरूले नक्कली कोविड परीक्षण प्रमाणपत्रहरू बनाउने र बेच्ने अवसरको उपयोग गरिरहने धेरै संभावना छ” महामारीको कारण यात्रा प्रतिबन्धित रहन्छ” युरोपोल ले भनेको छ ।

“उच्च गुणस्तरको प्रिन्टरहरू र बिभिन्न सफ्टवेयरका उपलब्ध प्राविधिक साधनहरूको उपयोग गरेर जालीहरू उच्च गुणस्तरका झूटा वा नक्कली कागजातहरू उत्पादन गर्न सक्षम भएका छन्” नेदरल्याण्ड्सको हेगस्थित एउटा एजेन्सीले उल्लेख गरेको छ ।

बेलायतको लुटोन विमानस्थलमा १० दिन अघि कोरोना भाईरस परिक्षणको नेगेटिभ रिपोर्ट बिक्रि गर्ने एक ब्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो ।

नोभेम्बरको शुरुमा फ्रान्सेली प्रहरीले कोरोना नेगेटिभ रिपोर्टको गलत प्रमाण पत्र बेचबिखनमा संलग्न सात जनालाई सार्ल द गोल विमानस्थलबाट गिरफ्तार गरेको थियो । जालीहरुले ग्राहकसित जनहि एक सय ५० देखि तिन सय युरोसम्म लिएका थिए । तिनले विमास्थल नजिक रहेको एक प्रयोगशालाको नाममै नक्कली रिपोर्ट बानएका थिए ।

स्पेनको प्रहरीलेपनि अनलाईनबाट त्यस्तै कोरोना भाईरस नेगेटिभ भएको नक्कली रिपोर्ट बिक्रि गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको थियो । मोबाइल फोन मेसेजिंग अनुप्रयोग (एप्यास) हरू प्रयोग गरेर नेदरल्याण्ड्सका तस्करहरूले पनि यस्तै नक्कली रिपोर्ट बेचेको भेटिएको छ ।

“कोविड १९ परीक्षण नेगेटिभ भएको नक्कली प्रमाणपत्रको पहिचानले पुष्टि गर्दछ कि अपराधीहरू संगठित अपराध समूह वा व्यक्तिगत बदमाशीको अवसर पाउने बित्तिकै यसलाई सदुपयोग गर्दछन्” युरोपोलले भनेको छ ।

तपाइँको प्रतिक्रिया