शनिबार, वैशाख १५, २०८१

रहेनन् कोरोनाका बेलायती हिरो कयाप्टेन सर टोम

नेपालप्लस संवाददाता, लण्डन२०७७ माघ २० गते २०:२३

photo- GOV.UK

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को च्यारिटिका लागी तिन करोड ३० लाख पाउण्ड सहयोग उठाउन सफल एक पूर्व सैनिक क्याप्टेनको कोरोनाका कारण मृत्‍यु भएको छ । क्याप्टेन सर टोमबाट प्रसिद्द उनी एक सय वर्षका थिए ।

क्याप्टेन सर टोम मुरलाई गत आइतवार श्वासप्रश्वासमा समस्या देखिएपछी बेड्फोर्ड अस्पताल लगिएको थियो । उपचारका क्रममा मंगलवार निधन भएको अस्पतालले जनाएको छ ।

उनको निधनमा बेलायती महारानीले शोक ब्यक्त गरेकी छन् । महारानीले भनेकी छन “क्याप्टन टोम मुर बेलायतको मात्र नभएर पुरै विश्वका प्रेरणाका श्रोत हुन ।”

बेलायती सेनाका यि वयोवृद्ध क्याप्टेनले गत वर्ष लकडाउन शुरुभए पछी एनएचएसका लागि तिन करोड ३० लाख पाउण्ड जम्मा गर्न सफल भएका थिए ।

गत हप्ता भएको स्वास्थ्य परिक्षाणमा कोरोना पोजेटिभ देखिएका यिनलाई निमोनियाका कारण भ्याक्सिन लगाउन नसकिएको अस्पतालले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक