बिहीबार, वैशाख १३, २०८१

ब्रेक्जिट पछि बेलायतले एक दर्जन देशमा व्यापार सन्धिको लागि आवेदन दिने

नेपाल प्लस२०७७ माघ २० गते २२:२४

Photo-tellerreport.com

ब्रेक्जिट पछि युरोपेली युनियनबाट बाहिरिएको बेलायतले आधिकारिक रूपमा ट्रान्स-प्यासिफिक व्यापार सन्धिमा सामेल हुन आवेदन दिने भएको छ । एशिया र अमेरिकाका एघार देशहरूलाई यो व्यापार सन्धिले एकसाथ ल्याउनेछ । ब्रेक्सिटपछि बेलायतले यूरोपियन एकल बजार छोडेको छ ।

एक ट्रेड युनियनबाट अर्कोमा किन जान लागेको हो बेलायत भन्ने प्रश्नपनि उब्जिएको छ । ब्रेक्जिटको अवसरमा एकल यूरोपीय बजार छोडेको एक महिना पछि बेलायतले ति ११ देशमा ट्रान्स-प्रशान्त व्यापार सन्धिका लागि आवेदन दिने भएको हो ।

अन्तर्राष्ट्रिय व्यापारका लागि बेलायती मन्त्री लिज ट्रुसले सोमबार औपचारिक रूपमै लन्डनलाई बृहत्तर र प्रगतिशील ट्रान्स-प्रशान्त साझेदारी (सीपीटीपीपी) मा सामेल हुन अनुरोध गरे जसमा विशेष गरी अष्ट्रेलिया, क्यानडा, चिली, जापान, मेक्सिको र भियतनाम सामेल छन् ।

बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जारि गरेको एक विज्ञप्ति अनुसार यस वर्ष लन्डन र ट्रान्स-प्रशान्त सन्धि साझेदारहरू बीच वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।

बेलायतले आधिकारिक रूपमा जनवरी २०२० मा युरोपियन युनियन छोडेको एक वर्ष पछि यो कदम आएको हो । त्यसपछि २०२० को डिसेम्बर अन्तिमसम्म बेलायतले संक्रमणकालीन अवधिको फाइदा उठायो । यस अवधिमा बेलायतीहरूले एकल बजार र युरोपियन भन्सार संघ छोड्नु अघि युरोपेली युनियन मापदण्डहरू लागू गर्न जारी राखे ।

एशियामा बेलायतले यसअघि जापानसँग पहिलो र ठूलो द्विपक्षीय व्यापार सम्झौता अक्टोबरमा हस्ताक्षर गरिसकेको थियो । डिसेम्बरमा उसले अर्को स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्‍यो सिंगापुरसित । सिंगापुर एक प्रमुख वित्तीय र व्यापार मञ्च, आसियान (एसोसिएसन अफ साउथ ईस्ट एशियाई राष्ट्रहरू)र सीपीटीपीपी को सदस्य हो ।

“सीपीटीपीमा सामेल हुने पहिलो नयाँ देश बन्नका लागि आवेदन दिंदा विश्वभरका हाम्रा मित्र र साझेदारहरूसँग उत्तम शर्तमा व्यवसाय गर्ने हाम्रो महत्वाकांक्षा प्रमाणित हुन्छ” बेलायती प्रधानमन्त्री बोरिस जोनसनले स्वागत गरेका छन् ।

लिज ट्रुसले भने “सीपीटीपी सन्धिमा सामेल हुनुले विशाल अवसरहरू प्रदान गर्दछ । यसको अर्थ गाडी निर्माता र व्हिस्की उत्पादकहरूको लागि कम शुल्क र हाम्रो उत्कृष्ट सेवा प्रदायकहरूको लागि अझ राम्रो पहुँच, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र यहाँका जनताका लागि अझ ठूलो समृद्धि हुनेछ भन्ने हो ।”

मुख्य ब्रिटिश रोजगारदाता संगठन – सीबीआई (कन्फेडेरेसन अफ ब्रिटिश इन्डस्ट्रि) का अध्यक्ष करण बिलिमोरियाले आफ्नो पक्षका लागि “हाम्रो स्वतन्त्र व्यापार नीतिमा नयाँ अध्याय खोल्ने पहल” भन्दै स्वागत गरे । सिबि आइ सीपीटीपीको एक सदस्य हो जसले बेलायतका कम्पनीहरूका लागि बिभिन्न क्षेत्रहरूमा नयाँ अवसरहरू सिर्जना गर्ने सम्भाव्यता बोकेको छ ।

प्रशान्त क्षेत्रमा करिब ५० करोड उपभोक्ता प्रतिनिधित्व गर्ने आफ्ना एघार देशहरू बीचको व्यापार अवरोध हटाउन सीपीटीपीपी २०१९ मा शुरू गरिएको हो । यसको उद्देश्य चीनको बढ्दो आर्थिक प्रभावलाई रोक्न पनि हो ।

तपाइँको प्रतिक्रिया