बुधबार, वैशाख १२, २०८१

एक दिन खोप ढिलो दिँदा स्विस सरकारलाई एक करोड स्विस फ्र्यांक घाटा

नेपाल प्लस२०७७ माघ २१ गते १८:३८

खोप उत्पादकहरूले बितरण गर्ने भनिएको खोपको मात्रा ढिलाई गर्दा स्विस सरकारलाई १० करोड स्विस फ्र्यांक घाटा पर्ने भएको छ । यसरि तोकिएको समयमा डेलिभरि नगरि ढिलाई गरिदिँदा फर्वरी महिनामा खोप दिने भनेर पूर्व तयारि गरेका मध्ये आधा नागरिकले मात्रै कोरोना भाईरसको खोप पाउने छन् ।

तैपनि स्विजरल्याण्डका गृहमन्त्री अलेन बर्सेट आगामी गर्मीयामको अन्त्यसम्ममा आफ्ना सबै अनगरिकलाई खोप दिनेमा आस्वस्त छन् ।

जर्मन भाषाको पेपर एन जेडजेड ए एम सोनटाग एक्स्टरनलका नुसार फर्वरी महिनामा छ लाख ५० हजार स्विस नागरिकलाई खोप दिन संभव छ । जबकि यहि महिना १३ लाख नागरिकलाई खोप दिने भन्दै निस्चित गरिएको थियो । खोप उत्पादक कंपनीहरु फाइजर, बायोटेक र मोडेर्नाले सहमति गरे अनुसार खोप डेलिभरि गर्न नसक्ने निर्णय दिएपछि संघीय सरकारले चुपचाप आफ्नो खोप लक्ष्य गत हप्ता परिवर्तन गरेको थियो ।

यसरि खोप दिन ढिलाई गर्दा नागरिकको स्वास्थ्यमा मात्रै फरक परेको होइन कि समग्रमा देशकै अर्थतन्त्रलाई नोक्सान गरेको छ । स्विस कोभिड टास्क फोर्सका अनुसार खोप अभियान एक दिन मात्रै अघि शुरु गरेर आर्थिक अवस्था सुधार्न सक्दा स्विस सरकारको एक करोड स्विस फ्र्यांक बचत हुन्छ ।

एक अन्तर्वार्तामा बर्सेटले फेब्रुअरीमा योजनागरिएभन्दा थोरै व्यक्तिलाई खोप लगाईने र ग्रीष्म ऋतुमा खोप लिन चाहने सबैलाई लगाउन सम्भव हुने बताएका छन् ।

“हामीलाई समस्या परेको छ कि हामीले योजनाभन्दा पछि केहि डेलिभरीहरू पाउने भयौं । यो कष्टकर छ । तर हामी भाईरससँग बस्न, ढिलो लगाएरपनि बच्न निरन्तर रूपान्तरण गर्नुपर्दछ” उनले सोनटागसित भने ।

हालसम्म, स्विजरल्याण्डमा करिब दुई लाख ६० हजार व्यक्तिहरूले कम्तिमा एक डोज कोरोना भाइरस खोप प्राप्त गरिसकेका छन् ।

जुरिच विश्वविद्यालयले गरेको एक सर्वेक्षण अनुसार खोप लिन चाहनेहरूको संख्या बढ्दै गइरहेको देखिन्छ । जनवरीको तेस्रो हप्तामा ५५ प्रतिशत मानिसहरूले खोप लगाउन चाहेका छन् । तर डिसेम्बरको मध्यसम्म खोप लगाउन चाहनेको संख्या ४१ प्रतिशत मात्रै थियो ।

तपाइँको प्रतिक्रिया