शनिबार, वैशाख ८, २०८१

फ्रान्सलेपनि बनायो कोरोना खोप, पहिलो ग्राहक फ्रान्स होइन बेलायत

नेपाल प्लस२०७७ माघ २२ गते १:३५

ढिलै भएपनि कोरोना भाईरस बिरुद्दको खोप फ्रान्सलेपनि सार्वजनिक गर्ने भएको छ । आफ्नै देशमा बनेको भाल्नेभा खोपको पहिलो ग्राहक भने फ्रान्स नभएर बेलायत हुने भएको छ ।

फ्रान्सको नँत शहरमा रहेको फ्रान्को-अस्ट्रियन स्टार्ट अप भाल्नेभा क्लिनिकल परिक्षणको अन्तिम चरणमा पुगेको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् । यो खोप युरोपेली युनियन (ईयु) का देशहरुले पाउन भने सन् २०२२ सम्म कुर्नुपर्ने छ ।

यसलाई फ्रान्सको एक प्रसिद्द मेडिया न्युज २४ ले एक असफल फ्रान्सेली सफलताको कहानी भनेको छ । किनभने सबै युरोपेली देशहरू आफ्ना नागरिककालागि एन्टी-कोविड खोप सुरक्षित गर्न चाहन्छन् । एटलान्टिक महासागरको नजिक पर्ने ल्वा भ्यालीको नँत शहरमा रहेको फ्रान्को-अस्ट्रियन भाल्नेभाको खोप भने ईयुका देशले नपाएर बेलायतले पहिले पाउने छ ।

आफ्नै देशमा बनेको खोप फ्रान्सले भन्दा अगाडि बेलायतले किन पायो ? चासो हुनसक्छ । कोरोना भाईरस बिरुद्दका खोप सुनिस्चित गर्न बेलायतले फ्रान्स सरकारले भन्दा पहिले पैसाको भकारीमा हात हाल्न कन्जुस्याइँ नगरेकाले हो । कोरोना भाइरसको खोप बनाउने कम्पनी बायोटेकलाई बेलायतले पहिलेनै आर्थिक समर्थन गरेको थियो ।

“हाम्रो खोप चाँडै परीक्षण चरणमा छिर्नेछ भनेर घोषणा गरेको तीन महिना भन्दापनि पछि बेलायती सरकारले हामीसित पहिलो प्रि-अर्डर सम्झौतामा हस्ताक्षर गर्‍यो । २०२५ सम्ममा सबै विकल्पहरू हटाइएमा बेलायतले १९ करोड डोज वितरण गर्न एक अर्ब ४० करोड यूरो भन्दा बढी खर्च गर्ने छ” पेरिसको भाल्नेभाका महानिदेशक फ्रान्क ग्रिमोले भने ।

उनका अनुसार भाल्नेभाले अप्रिलमा बेलायतसित सम्पर्क गर्नुअघि युरोपेली सरकारहरूसँग सम्पर्क राखेको थियो । तर बेलायतीहरुले बढि चासो राखे र छिटो प्रतिक्रिया जनाए ।

“वर्षको अन्त्य हुनुभन्दा अघि क्लिनिकल परीक्षणहरू शुरू गर्न र यस प्लान्ट स्थापना गर्न हामीलाई जुलाईमा केहि रकम जरुरी थियो । बेलायतीहरुले हामीलाई छिटो दिए” पब्लिक सेनेटका व्यवस्थापकले भने ।

पेरिस र युरोपियनहरूले भाल्नेभाको अनुरोधलाई जवाफ दिन ढिलाइ गरेका थिए ।

फ्रान्सका सहायक उध्योग मन्त्री आन्यिँय पानियरुनासले भाल्नेभा प्रयोगशालासित जुनको ५ तारिख देखिनै छलफल गरेको र भाल्नेभाले बेलायततिर सम्पर्क बढाएको बताएका छन् । त्यसैले भाल्नेभालाई फ्रान्सले वास्ता नगरेको भन्न मिल्दैन ।

फ्रान्सको अनुसन्धान, वैज्ञानिकहरुको संस्था सि एन आर एसका अनुसन्धान निर्देशक र अर्थशास्त्री नादिन लेभरातोका अनुसार बेलायतले बायोटेक र लण्डनकाबिच छिटो सहमतीको प्रस्ताब गरेको हुनुपर्छ । बेलायतमा कोरोना भाइरसको संक्रमण अति बढेकाले बेलायतले खोपको मूल्य घटाउन फ्रान्स र अन्य ईयु देशले झैं मोलमोलाई नगरि महँगोमै लिन राजि भएकाले यस्तो संझौता भएको हुनसक्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक