बिहीबार, वैशाख १३, २०८१

रसियाली खोपलाई वैज्ञानिक मान्यता : भारत लगायतका देशले उत्पादन गर्न थाले

नेपाल प्लस२०७७ माघ २२ गते १६:२९

रसियाले बनाएको स्पुत्निक भि खोप भारत, दक्षिण कोरिया, ब्राजिल लगायतका देशले उत्पादन गरिरहेका छन् । हालै बैज्ञानिकहरुको जर्नलले रसियाली खोप विश्वाशिलो रहेको भन्दै प्रमाणित गरिदिएपछि रसियालीहरुले आफ्नो खोप अन्य देशमापनि उत्पादन गर्ने भन्दै सार्वजनिक गरेका हुन् । रसियाले विदेशमा आफ्नो स्पुतनिक भि खोपको उत्पादन बढाउने भएको रसियाली अधिकारीहरुले बताएका छन् । रुसी खोपको प्रभावकारितालाई वैज्ञानिक पत्रिका द लान्सेटले मान्यता दिएलगत्तै रसियाले यस्तो निर्णय सार्वजनिक गरेको हो । यो खोपबारे रसियालाई पारदर्शिता नभएको भन्दै आलोचना गर्ने गरिएको थियो ।

बुधवार रसियाले बदलाको भावना ब्यक्त गरेझैं देखियो । कोरोना भाईरस बिरुद्दको उसको खोपको प्रभावकारिताले मान्यता पाएपछि रसियाले विश्वभरिनै उत्पादन गर्ने महत्वाकांक्षा दर्शाएको छ ।

बुधवार फेर्वरी ३ मा रुसी प्रवक्ता दिमित्री पेसकोभले विज्ञप्ति जारी गर्दै भने, “यो एकदम महत्त्वपूर्ण प्रकाशन हो जसमा रूसी खोपको विश्वसनीयता र प्रभावकारिताको बारेमा अत्यन्तै विश्वासयोग्य कुरा उल्लेख छ ।” वैज्ञानिक पत्रिका द ल्यान्सेटमा स्पुतनिक भिले राम्रो परिणामहरू दिएको रिपोर्ट छ ।

स्वतन्त्र विज्ञहरूले मान्यता दिएको यो अध्ययनले रूसी खोपको प्रभावकारितालाई कोविड -१९ को लक्षणगत रूपको बिरूद्ध ९१ दशमलव ६ प्रतिशतलाई स्थापित गर्दछ।

रूसी खोपको लागि सफलताले रसियाको प्रारम्भिक भनाइलाई पुष्टि गरेपछि अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले गर्दै आएको शंका मेटाएर स्वागत गरेको छ ।

स्पुत्निक भि नामको छनोट वास्तवमा धेरै प्रतीकात्मक छ । सन् १९५७ मा युएसएसआरले प्रिथ्वीको कक्षमा राखिएको पहिलो उपग्रहलाई श्रद्धान्जलि र सम्मान ब्यक्त गर्न खोजेको संकेत गरेको छ । यसले एक वैज्ञानिक उपलब्धि र अमेरिकी प्रतिद्वन्द्वीको लागि ऐतिहासिक झट्का दिन र त्यो बैज्ञानिक घटनाको सम्झना गर्दछ ।

रुशी अखबार कोम्मरसन्टका अनुसार यो खोपले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नुका साथै रुसको “अधिकार वृद्धिलाई उत्प्रेरित गर्छ ।”

अघिल्लो दिन रूसी सरकारको वेल्थ फण्डका प्रमुख र शुरुदेखिनै यो खोपका पक्षधर मध्ये एक किरिल दिमित्रीभले खोपलाई महिनौंदेखि बदनाम गर्ने अभियानलाई चुनौति दिँदै भनेका थिए “रसिया शुरुदेखि नै सही थियो । र यो प्रकाशनले सबै आलोचनाहरुलाई चप्का खुवाइदिएको छ ।”

यस सफलताले सोभियत संघको पतन पछि संकट र भ्रष्टाचारले गर्दा विश्वमा खस्किएको रूसी अनुसन्धानको वैज्ञानिक सम्भ्रान्त क्षेत्र पुन बलियो बनेकोलाई पनि संकेत गर्छ ।

बढ्दो माग

रुसी प्रवक्ताका अनुसार हरेक दिन यो खोप माग गर्दै दर्ता गर्ने देशहरूको संख्या बढ्दै गएको छ । खोपहरू उपलब्ध गराउन चाहने देशहरूको मागप्रति उनीहरुले धेरै सक्रिय रूपमा प्रतिक्रिया गरिरहेका छन् ।

तर कुनै आधिकारिक स्रोतले हालसम्म रसियाले कति डोज उत्पादन गर्‍यो भन्ने खुलाएको छैन । अधिकारीहरूले जनवरीको मध्य सम्ममा विश्वव्यापी १५ लाख खोप मात्र लगाएको उल्लेख गरेका छन् ।

  साझेदारी निष्कर्ष

आफूले खोपहरु उत्पादन गर्ने र त्यसलाई विश्व बजारमा निर्यातको सट्टा मस्कोले उत्पादन साझेदारी विकास गर्ने निति अगाडि सारेको छ । अहिले कजाकिस्तान, भारत, दक्षिण कोरिया र ब्राजिलले स्पुतनिक भि उत्पादन गर्दछन् । तर सबैले यसलाई प्रयोग भने गर्दैनन् ।

निकट भविष्यमा हामी धेरै देशहरुमा बढ्दो मागको पूर्तिका लागि विदेशमा उत्पादन सुरु गर्ने विचार गरेका छौं” दिमित्री पेस्कोभले भने ।

आफूले उत्पादन गरेको खोप आफ्नै जनसंख्याको लागी पर्याप्त नहुन सक्छ । रसियामै यो खोप सेन्टपिटर्सबर्ग लगायतका धेरै क्षेत्रहरूले आपूर्तिमा कठिनाइ भएको संकेत गरेको प्रवक्ताले उल्लेख गरेका छन् ।

स्थानीय गभर्नरले मंगलबार इन्टरफेक्सलाई आफ्नो क्षेत्रले पहिलेनै प्राप्त गरेको १० हजार डोज प्रयोग गरिसकेको र बाँकि डोजको पर्खाईमा रहेको उल्लेख गरेको थियो ।

आधिकारिक तथ्यांक अनुसार रसियामा कोरोना भाइरस ४० लाखमा संक्रमित भएको छ । रुसी अधिकारीहरुले आर्थिक अवस्था बिग्रिन सक्ने भयले गर्दा देशमा पुन लकडाउन नगर्ने मनशाय बनाएका छन् ।

मस्कोका मेयरले आइतवारसम्म मस्कोका तिन लाखमा खोप दिएको बताएका थिए । मस्कोका दुई करोड ६० लाख जनसंख्या मध्ये आधा जति कोरोना भाइरसबाट बिरामी भैसकेका छन् । तिनले भाइरसलाई जितिसकेका छन् ।

तपाइँको प्रतिक्रिया