मंगलबार, वैशाख ११, २०८१

तेस्रो लकडाउन नगरे स्थिति भयावह हुने फ्रान्सेली अस्पतालहरुको चेतावनी

नेपाल प्लस२०७७ माघ २३ गते १९:०१

Credit- cgtn.com

रुप बदलिएका कोरोना भाईरसहरुको महामारी झन बढ्न थालेपछि फ्रान्सका अस्पतालहरुको संगठनले फ्रान्समा तेस्रो लकडाउन अभिलम्ब शुरु नगरे स्थिति भयावह हुने चेतावनी दिएको छ ।

फेडेरेसन हस्पिटलस् अफ फ्रान्स (फ्रान्सको अस्पताल महासंघ) का प्रमुखले शुक्रबार नयाँ राष्ट्रव्यापी तालाबन्दीको लागि आह्वान गरेका हुन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अस्पतालहरूले सरकार र स्वास्थ्य अधिकारीहरु बीचको तनावको अन्तिम उपायहरुमा केही अन्य प्रक्रियाहरूले गर्दा ढिलाइ गर्नुपर्ने भन्दै लकडाउन गर्नुपर्ने तर्क दिएका हुन् । तेस्रो चरणको लकडाउन नगरे यसले झन बिकरल रुप लिने चेतावनी महासंघले दिएको छ ।

ला फँतेनब्लु नगरपालिकाका मेयरसमेत रहेका फ्रान्सेली अस्पताल (एफएचएफ) को महासंघका अध्यक्ष फ्रेडरिक भाल्तुले एलसीआई टिभीलाई अन्तर्वार्ता दिँदै अस्पतालहरूको अवस्था हालको नियन्त्रणमा रहेपनि धेरै क्षेत्रमा धेरै तनावपूर्णरहेकोले तेस्रो लकडाउन गर्नुपर्ने बताएका हुन् ।

फ्रान्सेली सरकार र स्वास्थ्य अधिकारीहरूमाझ बढ्दो मतभेदकाबीच पेरिस एपी-एचपी अस्पतालहरूको संकट टोलीका प्रमुख ब्रुनो रिउले शुक्रबार चेतावनी दिएका छन् “कोविड १९ बाट कडा प्रभावित अस्पताल र सघन उपचार इकाईहरूले केही अन्य प्रक्रियाहरूमा ढिलाइ गर्नुपर्ने हुन्छ । त्यसले गर्दा लकडाउन नगरि ति समस्या हल गर्न मुस्किल पर्ने देखिन्छ ।”

उनीहरूको चेतावनी प्रधानमन्त्री जँ कास्टेक्सले फ्रान्समा कोविड १९ को अवस्था नाजुक भएको बताएको एक दिन पछि आएको छ । तर वर्तमानमा नयाँ तालाबन्दीलाई उनले औचित्य प्रमाणित गरेका थिएनन् । चिकित्सकहरुले प्रधानमन्त्रीद्वारा तेस्रो लकडाउन घोषणा गर्ने आशा गरेका थिए ।

“हामीले हालसालै अपनाएका वर्तमान प्रतिबन्धहरूलाई कायमै राख्नुपर्दछ । तर आजको स्थितिले नयाँ राष्ट्रिय तालाबन्दीलाई औचित्य ठहराउँदैन” प्रधानमन्त्रीले एउटा पत्रकार सम्मेलनमा भनेका थिए ।

पेरिसको सँ आँत्वान अस्पतालमा संक्रामक रोग विभागका प्रमुख करीन लाकोम्बेलेपनि आजै शुक्रबार संक्रमणको रोकथामका लागि नयाँ उपायहरू अपरिहार्य रहेको बताएका छन् । “हामी अझै संक्रमण जोखिमको उच्च बिन्दूमा छौं । यसलाई तल झार्न नयाँ प्रतिबन्धात्मक उपायहरू अपरिहार्य हन्छन्” उनले फ्रान्स इन्टर रेडियोसित भनेका छन्।

फ्रान्सले गत वर्ष दुई राष्ट्रव्यापी लकडाउनहरू लागू गर्‍यो । हाल विश्वको सबैभन्दा प्रतिबन्धित कर्फ्यूमध्ये एक भएको देश हो । फ्रान्समा हाल साँझ ६ देखि बिहान ६ बजे (१२ घण्टा) सम्म कर्फ्यु लगाइएको छ।

एस्ट्राजेनेका खोपको पहिलो खेप यहि हप्ताको अन्त्यसम्म फ्रान्समा आउने र सरकारले यस महिनाको अन्त्यसम्ममा ४० लाख खोपको लक्ष्य हासिल गर्न मद्दत गर्नेपनि प्रधानमन्त्री जँ कास्टेक्सले बातएका छन् ।

राष्ट्रपति इमानुएल माख्रोंले ग्रीष्मको अन्त्यसम्म फ्रान्सका सबै वयस्कहरूलाई खोप दिने आश्वासन यस अघिनै दिईसकेका छन् ।

तपाइँको प्रतिक्रिया