बिहीबार, वैशाख १३, २०८१

मार्ने भयो रसियाले बाजी : रुसी खोप उत्पादनमा युरोपेली चाख

नेपालप्लस संवाददाता२०७७ माघ २४ गते १८:४०

Photo credit-REUTERS/Anton Vaganov

रसियाको खेदो खनेर कहिल्यै नथाक्ने, रसियाली खोपलाई हँसिमजामा उडाउँदै आएका युरोपेलीहरुले अन्तत : रसियाली खोपमा आँखा गाडेका छन् । युरोपेली मेडिसिन एजेन्सीले अनुमति दिएमा आफूले रसियाली स्पुत्निक भि खोप उत्पादन गर्ने भनेर जर्मनीले हाकाहाकीनै भनिसकेको छ ।

रूसी संस्थान गामेलिया द्वारा विकसित स्पुत्निक भी खोपमा युरोपियनहरूको ईर्ष्या र आकर्षण बढ्दो छ । फाइजर-बायोटेक र अस्त्राजेनेकाद्वारा उत्पादित खोप बितरणमा ढिलाइ गरिएपछि कोरोना भाईरस बिरुद्दको खोप अभाव छ । युरोपेलीलाई जसरिपनि यथासक्य छिटो खोप जरुरि छ । त्यसैले यदि युरोपियन मेडिसिन्स एजेन्सी (ईेमए) ले हरियो बत्तीको संकेत दिएमा जर्मनीले रूसी भ्याक्सिन उत्पादन गर्न प्रस्ताव गरिसकेको छ ।

ढिलै भएपनि मानवताको लागी यो शुभ समाचार भन्दै युरोपेली कूटनीति प्रमुख जोसेप बोररेलले शुक्रबार फर्वरी ५ मा रूसी खोप स्पुत्निक भिलाई कोविड १९ बिरूद्ध वर्णन गरेका छन् । यो खोपलाई ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले सकारात्मक निष्कर्ष भन्दै ब्याख्या गरेपछि यो खोपको लोकप्रियता चुलिँदो छ । यसपछि युरोपेली संघको उच्च प्रतिनिधीले मास्को भ्रमण गर्दै आएको उल्लेख छ । युरोपेली संघको वैदेशिक मामिला प्रतिनिधिले “यूरोपियन मेडिसिन एजेन्सी (एम) ले रूसमा विकसित भ्याक्सिन प्रमाणित गर्न सक्ने” भन्दै आशा गरेका छन् ।

युरोपमा एकदम सतर्कताकासाथ स्वागत गरिँदै छ । रूसी गामेलिया संस्थानको उत्पादनले युरोपेलीहरुमा बढ्दो चासो जगाउन थालेको छ । कोरोना भाईरस बिरूद्धको लडाईमा डोज आपूर्ति गर्ने समस्या झेलिरहेका युरोपेलीका लागि यसले राहत दिनसक्ने आँकलन गरिएको छ । रसिया र जर्मनीबिच सहमती भएमा जर्मनीले रुसलाई ईयूमा अनुमति लिन, प्रविधीको विकास गर्न, सहमति जनाउनसमेत सहयोग गर्ने प्रस्तावसमेत राखिसकेको छ । जर्मन चान्सलर एन्जेला मार्केलले फेब्रुअरी २ मा रूसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग यो खोप बारे व्यक्तिगत रुपमा कुरा गरिसकेकि छन् । यदि ईेएमएले मान्यता दिएमा आफू यूरोपमा रुसी खोप प्रयोगको पक्षमा रहेको मार्केलले बताइसकेकि छन् ।

रुसी खोप प्रयोग गर्ने विषयमा स्पेनपनि खुला र उत्साहि रहेको स्पेनले सार्वजनिक गरिसकेको छ । ईयुको अर्को प्रभावशाली देश फ्रान्सलेपनि अधिक सतर्क अपनाएर रसियाली खोप प्रयोगमा कुनै अवरोध नभको उल्लेख गरेको छ । तर फ्रान्सले भनेको छ “यो वैज्ञानिक मापदण्ड र आवश्यक विस्वशनियताको पुष्टि हुनु युरोपमा आवश्यक छ । यसको प्रयोगकोलागि युरोपेली स्तर, फाईदा र नियन्त्रणको आवस्यकता जाँचिनुपर्छ “।

लान्सेटको प्रकाशनले यस परिवर्तनको स्वरमा ठूलो काम गर्‍यो । यो मेडिकल पत्रिकाले फेब्रुअरी २ मा रुसी खोपप्रति युरोपेली जनताको अविश्वासलाई हटायो । रूसी खोप सम्बन्धी अनुकूल राय दियो । यो खोपकोरोना भाईरसको लाक्षणिक रूपको बिरूद्ध ९१ दशमलव ६ लाई प्रभावकारी मानिन्छ ।

युएलबीका इम्युनोलजीका प्राध्यापक मिशेल गोल्डम्यान र युरोपियन एजेन्सी फर इनोभेटिभ मेडिसिन (आईएमआई) का पूर्व कार्यकारी निर्देशकका अनुसार सबैभन्दा महत्वपूर्ण के हो भने खोपको क्लिनिकल डाटामा सबै पहुँच भन्दा माथि छ । क्लिनिकल परीक्षणको तेस्रो र अन्तिम चरणको समाप्ति हुनुभन्दा अघि रसियाले स्पुत्निक भिलाई धेरै चाँडै सुरू गरेको थियो जसले यसको विश्वसनीयताका बारे शंका उत्पन्न गर्‍यो । स्पुत्निक भि खोप एकदमै धूमधामका साथ शुरू गरिएको थियो । सटीक डाटा वा प्रकाशन प्रदान नगरि शुरु गरिएकाले धेरैलाई यो भ्लादिमीर पुटिनको नेतृत्वमा रहेको एक राजनीतिक अपरेसन जस्तै विश्वास गराउने वातावरण बनायो। त्यसैले यसले सुरुमा धेरै नकारात्मक प्रतिक्रिया र शंका उत्पन्न गरायो ।

परिस्थितिको सफलता

मिशेल गोल्डम्यानको भनाईमा मध्य पूर्व श्वासप्रश्वास सिंड्रोममा काम गर्ने अर्को किसिमको कोरोना भाइसले गर्दा रसियालीहरूले गेमेलिया इन्स्टिच्यूटमा खोपको क्षेत्रमा ठोस पृष्ठभूमि पाएका थिए । तिनले समुद्री क्षेत्रमा काम गरेका थिए । तर स्पुत्निक भि खोपको हालको चासो खोपको अभावका कारणलेपनि हो । फाइजर-बायोएनटेक जोडीबाट खोप डोज वितरणमा अस्थायी रूपमा ढिलाई र एस्ट्राजेनेकाबाट वितरण हुने ढिलाइको घोषणा भएदेखि युरोपेली संघका थुप्रै देशहरूले एन्टि-कोभिड खोपहरूको आपूर्तिमा ठूलो कठिनाइहरूको सामना गरिरहेका छन् ।

यद्यपि युरोपियन युनियनले आफ्नो जनसंख्याको ७० प्रतिशत गर्मीयाम सम्ममा रक्षा गर्ने लक्ष्य लिएको छ । युरोपमा खोप बितरणमा भएको ढिलोपनको आलोचना बढ्दो छ । सबै आँखा तार्किक रूपमा नयाँ प्रयोगशालाहरुतिर बढेका छन् । सकेसम्म चाँडो वितरण गर्न सक्षम को छ भन्ने खोजि भैरहेको छ । युरोपियन मेडिसिन एजेन्सीले गरेको मूल्यांकन के छ भने सबै खोपका बिकल्पहरुबारे सोच्नु राम्रो हुन्छ । यदि उनीहरूले सुरक्षाको ग्यारेन्टी देखाएमा ।

रसियाका लागि भूराजनीतिक तनावको प्रसंगमा स्पुत्निक भी खोपको सफलता समय सामयिक छ । युरोपियन प्रतिबन्धहरू नोभाल्नीका सम्बन्धमा अध्ययन भइरहेको बेला अझै सामयिक देखिन्छ । स्पुतनिक भि नरम शक्तिको एक तत्व हो जुन साधारण खोपले भन्दा अझ शक्तिशाली हतियारको काम गर्छ । यो कूटनीतिक शक्तिको वास्तविक स्रोत हो ।

विशेष गरी रसियन उत्पादन धेरै चाखलाग्दो र प्रभावकारिपनि देखिएको छ । यसको प्रभावकारिता दर ९१ दशमलव १ प्रतिशत भन्दापनि बढी छ । जबकि एस्ट्राजेनेका खोप ईेएमएका अनुसार ६० प्रतिशत मात्रै छ । तर यि दुबै खोप दुबै समान प्रविधिमा आधारित छन् ।

प्रोफेसर गोल्डम्यानका अनुसार स्पुत्निक भि खोपमा कुनै असाधारण गोप्य कुरा छैन। यो एउटा प्रख्यात टेक्नोलोजीमा आधारित छ । यसले जिनका तत्वहरु (भाईरल भेक्टर) जुन शरीरका कोषहरूको लागि खोप प्रोटीन उत्पादन गर्न आवश्यक खुराक पुर्‍याउँछ। तर रूसी खोपको विशिष्टता के छ भने दोस्रो इन्जेक्सनको लागि यसले पहिलो भन्दा फरक एडेनोभायरस प्रयोग गर्दछ । एडेनोभाइरस धेरै साधारण भाइरस हो । यो विशेष गरी ठण्डीको लागि जिम्मेवार छ जुन यस खोपको मुटु हो । तर यो एस्ट्राजेनेकाले बनाएको खोपको समान पनि हो । रूसी अनुसन्धानकर्ताहरूका अनुसार पहिलो र दोस्रो इन्जेक्सन बीच एडेनोभाईरसको यो भिन्नताले अझ शक्तिशाली प्रतिरक्षा प्रतिक्रिया सिर्जना गर्न मद्दत पुर्‍याउन सक्छ जबकि दुई इन्जेक्सनहरू बीच सुरुमा भेक्टरको प्रतिरोध क्षमता विकास गर्ने जोखिमलाई घटाउँदै लैजान्छ ।

उनीहरुले बनाएको खोप हेर्दा रसियनहरूसँग राम्रो अडेनोभाइरस छ जस्तो देखिन्छ । यो उत्पादन महामारीको बिरूद्ध लडाईमा ठूलो महत्त्वको हुनसक्छ । यो एडेनोभाइरस अति प्रभावकारी देखिएको फ्रेडरिक बिजार्ड बताउँछन् । यो खोप दुई देखि ८ डिग्रीबिचको तापक्रममै भण्डार गर्न सक्नु यसको ठूलो सफलता हो । स्पुत्निक खोप सस्तो र प्रयोग गर्न सजिलोपनि छ । अति कम तापक्रमपनि चहैन्न भण्डारकालागि । एकदमै न्युन तापक्रम नचाहिने भएकाले सस्तो पर्छ र प्रयोगमा सहज हुन्छ ।

यो युरोपियन बजारमा बिक्रि हुनु अघि गामालियाले सर्वप्रथम यूरोपियन औषधी एजेन्सीको हरियो बत्तीको लागि पर्खनु पर्ने छ । रुसी सरकारी सम्पत्ति कोष जसले स्पुत्निक भि विकसित गर्दैछ उसले जनवरी २० मा ईएमएमा दर्ताका लागि निवेदन दर्ता गरेको भन्दै २० फेर्वरीमा आफ्नो फाइलको पहिलो परीक्षाको अपेक्षा गरेको बताएको छ । दुई तीन महिनामा अनुमोदन हुन सक्ने मिशेल गोल्डम्यान संकेत गर्छन् ।

तर अहिलेका लागि यूरोपीयन नियामक संस्था ईएमएले स्पष्ट गरेको छ, रूसी विकासकर्ताहरूले केवल वैज्ञानिक सल्लाहको लागि अनुरोध पेश गरेका हुन् । र स्पुत्निक भि अझैपनि एक निरन्तर समीक्षा प्रक्रियामै छ । प्राधिकरण अनुरोधलाई सहयोग पुर्‍याउने चरणमा अझै पुगेको छैन।

जर्मनहरू रूसी खोप उत्पादन गर्न तयार

ईएमए प्राधिकरणले नियमन गर्ने काम त छँदै छ । त्यसको अतिरिक्त युरोपलाई पुग्ने पर्याप्त मात्रामा रूसी खोप उत्पादन गर्ने प्रश्नपनि छ । रसियाले पहिले नै धेरै सम्बन्धित देशहरूका लागि स्पुत्निक भी उत्पादन गरिरहेको छ । उत्पादन क्षमताहरू पहिले नै चापमा छन् । कजाखस्तान, भारत, दक्षिण कोरिया र ब्राजिलले पनि स्पुत्निक भि उत्पादन गर्दछन् । तर यि सबै देशले रुसी खोप प्रयोग गर्छन् भन्ने चहैँ होइन ।

ब्रसेल्सबाट हरियो संकेत पाउन खोप निर्माताको युरोपियन माटोमा उत्पादन क्षमता हुनुपर्दछ । युरोपेली स्तरबाट हरियो बत्ती पाउने बित्तिकै चाँडो वितरण हुने कुरा सुनिश्चित गर्न त्यो आवस्यक छ । युरोपमा उत्पादन विकल्पहरू अध्ययन गर्न रूसी अनुरोधको लागि जर्मनी मध्यस्थ बन्न तयार बनिसकेको छ । जर्मन स्वास्थ्य मन्त्रालयका अनुसार रसियाले जर्मनीको साक्सोनी-आन्हाल्टस्थित एक जर्मन प्रयोगशाला आईडीटी बायलोजिकामा सम्पर्क गरेको छ ।

आफ्ना लागि आवस्यक उत्पादनहरूको दायरा पूरा गर्न सबै रूसी खोपका लागि युरोपेलीहरु तयार देखिन्छन् । तर रुप बदलिएका कोरोना भाइरसको विकास भैरहेकाले पनि यस नयाँ खोपको प्रभावकारिताको कुनै निर्क्यौल भने छैन । “सबैभन्दा ठूलो चुनौती भनेको नयाँ स्वरुपमा देखा परेका भाईरस विरूद्ध सकेसम्म धेरै व्यक्तिहरूलाई खोप लगाउनु हो जुन व्यावहारिक रूपमा नयाँ भाइरसहरू हुन् र तिसित लड्न पनि गाह्रो हुन सक्छ” मिशेल गोल्डम्यानले चेतावनी दिएका छन् ।

(फँस २४ न्युज र ए एफपीका साथमा)

तपाइँको प्रतिक्रिया