बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा ब्यभिचार : आक्रामक ९६ प्रतिशत पुरुष, पिडित मध्ये ८० प्रतिशत महिला

नेपाल प्लस२०७७ माघ २४ गते २३:४२

Credit- Yrt News

लामो समयसम्म खासै वास्ता नगरिएको ब्यभिचारमा फ्रान्सले आँखा खोलेजस्तो देखिएको छ । लामो समयसम्म चुपचाप, बेवास्ता गरिएको सिमा अब खोल्न खोजिएको छ । गत नोभेम्बर महिनामा ब्यभिचारबाट पिडितका बारेमा अध्ययननै गरियो । ईप्सोस भन्ने संस्थाले गरेको अध्ययनका अनुसार फ्रान्समा १० प्रतिशत मानिस ब्यभिचारबाट पिडित छन् । ति पिडित मध्ये ८० प्रतिशत महिला छन् । त्यसरि आक्रमण गर्नेमा ९६ प्रतिशत पुरुष छन् ।

सामाजिक रुपमा बन्देज यस्तै घटनाको यथार्थता हालै कामी कुच्नेरले ‘ला फामिलिय ग्रँद” पुस्तक प्रकाशित भएपछि थप खुलेको हो ।

यो पुस्तक ओलिभियर डुहमेल नामका एकेडेमिक र राजनीतिक दुनियाँमा एक सम्मानित व्यक्तित्वको अनाचारपूर्ण व्यवहारसँग सम्बन्धित छ । पुस्तकमा फ्रान्समा ब्यभिचारका प्रसंग र त्यसबाट पिडित हुनेको अवस्था चित्रित छ ।

इप्सोसको रिपोर्ट अनुसार उच्च घरानिया र राजनितिक तहमा चर्चित भएकाहरुले ब्यभिचार गरि पिडित तुल्याउने गरेको उल्लेख छ ।

लामो समयदेखि पिडितहरुका पिडा भुल्ने, सम्बोधन नगर्ने, बेवास्ता गरिने र पिडकहरु छाडा रहनाले यस्ता घटना बढ्दै गएको रिपोर्ट छ । पिडितहरुका आवाज आफ्नै परिवारले बेवास्ता गरिदिएकालेपनि झन पिडा थपिने गरेको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक