बिहीबार, वैशाख १३, २०८१

म्यानमारमा सैनिक कूबिरुद्द दोस्रो पटक हजारौं नागरिक सडकमा

नेपाल प्लस२०७७ माघ २५ गते १९:५३

(Photo by Ye Aung THU / AFP / The japan Times)

म्यानमारमा सैनिक कूबिरुद्द दोस्रो पटक आज आइतवारपनि हजारौं नागरिक सडकमा निस्किएका छन् ।

म्यानमारमा सैन्य कू बिरोधी हजारौं प्रदर्शनकारीहरू आइतवार सडकमा निस्किएका छन् । सेनाले इन्टरनेट सेवा काटिदिएपनि नेत्री आङ सान सुकीलाई हटाएको सेनाको बढ्दो रोषलाई रोक्न भने सकेन ।

यस ताजा र्यालीले शनिबार सबैभन्दा ठूलो विरोध प्रदर्शन गरेपछि देशभरका शहरहरूमा दशौं हजार मानिसहरू सैनिक कुको निन्दा गर्न आएका थिए ।

फँस २४ न्युज का अनुसार राजधानी रंगुनमा हजारौं हजार प्रदर्शनाकरीको भिड लागेको छ । सयौं प्रदर्शनकारीले कारहरुको हर्न बजाएर बिरोध गरेका छन् । “म्यानमारका लागि न्याय”, “सैनिक तानाशाह चाहिन्न” लगायतका नारा लेखिएको ब्यानरहरु बोकेका छन् । जुलुसमा सहभागि केहिले सूकीको नेशनल लिग अफ डेमोक्रेसी (एनएलडी) पार्टीको नाम भएको रातो झण्डा फहराएका छन् ।

“म सैन्य कुलाई पूर्णतया तुच्छ ठान्छु र मलाई यसको बिरोध गर्न कुनै डर छैन” युनिभर्सिटीका २० वर्षीय विद्यार्थी क्या फियु क्यवाले फँस २४ न्युजसित भने “”अमाए सु (सुकीलाई भन्न खोजिएको) लाई स्वतन्त्र नगरेसम्म म हरेक दिन बिरोधमा सम्मिलित हुन्छु ।”

प्रदर्शनकारीहरूले यंगुन (रंगुन) सिटी हलमा जुलुस गर्ने योजना बनाएका थिए । तर प्रहरी र ब्यारेकेड (बार) हरू लगाएर यस क्षेत्रमा पुग्न रोक लगाइएको थियो। प्रदर्शनकारीहरू बिभिन्न समूहमा विभाजिन गर्न बाध्य भएका थिए । किनकि उनीहरूले चेकपोइन्टको वरिपरि बाटो खोज्ने कोशिश गरेका थिए ।

“हामीले निर्णय गरिसकेका छौं । अन्तसम्म हामी लड्नेछौं” अर्थशास्त्रका १८ वर्षीय विद्यार्थी ये किवले भने “हामीले यो सैन्य तानाशाही समाप्त गरेमा आउँदो पुस्ताले लोकतन्त्र पाउन सक्छ ।”

सैनिक कुको विरोधका लागि अनलाइन कल ब्यापक रुपमा बधेको छ । देशभरी बरफ बेच्नेले सर्वसाधारणलाई जानकारि दिने घण्टी बजाउने, भाँडाकुँडाहरू ठटाउने लगायत अनाज्ञाकारिताको बिरोध प्रदर्शन भैरहेको छ जुन परम्परागत रूपमा दुष्टात्मालाई भगाउन प्रयोग गरिन्थ्यो । त्यहाँका जनताले दुस्टात्मा भगाउन ठटाईने भाँडाकुँडा बजाएर सैनिक कूलाई दुस्टात्मासित तुलना गरेका छन् ।
रंगुनका बासिन्दाहरूले आज आइतबार बिहान ८ बजे देखिनै भाँडोडाकुँडा बजाउन शुरु गरेका थिए ।

“म्यानमारको सैन्य र पुलिसले शान्तिपूर्ण सम्मेलनको अधिकारलाई पूर्ण सम्मान गर्नुपर्छ र प्रदर्शनकारीहरुलाई प्रतिकारको सजाय दिइनु हुँदैन” संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले शनिवारको विरोधपछि ट्वीट गरेको छ ।

नागरिक अवज्ञा

यस हप्ता विरोध र्‍याली भएपछि सेनाले टेलिकम नेटवर्कलाई फेसबुकको पहुँच बिच्छेद गर्न आदेश दियो जुन देशको एक अत्यन्त लोकप्रिय सेवा हो । आन्दोलनकालागि सञ्चारको मुख्य माध्यमपनि फेसबूक थियो । फेसबूअक् यस्तो माध्यम थियो कि तीव्र गतिमा बढ्दो नागरिक अवज्ञा आन्दोलनका फोरमहरु आयोजना भैरहेका थिए । फेसबूक मार्फत नागरिक, कर्मचारी, स्वास्थ्यसेवाकर्मी र शिक्षकहरूलाई जागिर बहिष्कार गरेर असन्तुष्टता देखाउन प्रेरित गरिरहेको थियो ।

शुक्रबार संगठित असन्तुष्टिलाई रोक्न सेनाले आफ्नो प्रयासलाई व्यापक बनाएको थियो । उसले ट्विटर लगायत अन्य सोशल मीडिया सेवाहरूमा नयाँ ब्लकहरूको माग गरेको थियो ।

“जनरलहरूले अब प्रतिरोध आन्दोलनलाई कमजोर तुल्याउने कोशिस गरिरहेका छन । म्यानमारमा सबै इन्टरनेटको पहुँचलाई काटेर बाह्य विश्वलाई अन्धकारमा राख्ने कोसिस गरिरहेका छन्” संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि टम एन्ड्र्यूजले भनेका छन् ।

सूकी र उनका शीर्ष सहयोगीहरूसहित दर्जनौंलाई हालसम्म पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूको यकिन संख्या अहिलेसम्म थाहा हुन सकेको छैन । तर राजनीतिक कैदीहरूको अनुगमन समूहले शनिबार १५० भन्दा बढी व्यक्ति हिरासतमा रहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया