बिहीबार, वैशाख १३, २०८१

स्वेता श्री फाउन्डेसन र द्वैध चरित्रभित्र हराएको माझी बस्ती

अनुराधा पौडेल२०७७ माघ २६ गते १६:४८

कलाकार स्वेता खड्का । फोटो- नेपाली ट्रेन्ड्स

स्वेता खड्का नायिका रहेको कान्छी फिल्म नेपालका ८७ सिनेमा हलहरुमा लागिरहेको थियो । त्यो १६ फेब्रुअरी २०१८ का दिनमा हो ।  पहिलो सो हेर्न नेपाली सिनेमाका उम्दा नायक स्वर्गिय श्री कृष्ण श्रेष्ठको परिवार पनि सिनेमा हलमा पुगेको थियो ।

यहि दिन स्वेताले स्वर्गीय पति श्री कृष्णकै दाजुको काखमा शिर राखेर भक्कानिदैँ भनेकी थिइन्, ‘राम्रो कर्म गरेकी रहेछु, राम्रै फल पाएँ । दादाको परिवार आइदिएर मलाइ नसोचेको माया दिइस्यो । म अति खुसी छु ।‘ उ बेला उनी श्रीमानलाई दादा भन्थिन् ।

यू ट्युव च्यानलमा अझै भेटिने यो दृष्यमा अधिकांश श्रोताले सकारात्मक कमेन्ट गरेपनि एउटा अर्को कमेन्ट भेटिन्छ, ‘स्वेताले इमोशनको व्यापार गरेकी छन् ।‘

२०१४ को अगष्ट १० मा नेपाली सिनेमा जगतका उम्दा नायक श्री कृष्ण श्रेष्ठको असामायिक देहवसानले सबैलाई स्तब्ध पार्यो । छोडेर जानेलाई जोगाउन सकिएन । तर बिहको एक हप्ता पनि नहुँदै पति बिहिन बनेकी स्वेता खड्कालाई ठूलो मानसिक आघात पर्यो । उनलाई यो समाजमा साधारण जीवनमा फर्कन अति कठीन भयो । तर जसै उनी उठ्दै आइन् परिवारको सदस्यहरुले झैँ धेरै फ्यानहरुले उनलाई अति हौसला दिए । पुलपुलाए ।

नेपाली सिने जगतमा आँशुको मोलको सट्टा पुलपुलिने गरी दर्शकको माया पाउने उनी भाग्यमानी कलाकार पनि हुन् ।

सिने जगतमा आउनु पूर्व नै स्वेता र श्रेष्ठको मिलेमोतोमा व्यपारमा लगानी थियो भनिन्छ । उनी लगानीमा जोखिम मोल्न सक्ने महिला अबस्य हुन् । यसमा दुविधा छैन । अरु कलाकारहरुको तुलनामा उनको उठबस नेपाली समाजका प्रबुद्द व्यक्तिहरु तथा धनाढ्याहरुसँग छ जुन कुरा प्रतिष्ठित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठले समेत अन्तवार्ताहरुमा भन्नुभएको छ । मिडियामा अति नम्र भएर प्रस्तुत हुने, मौका मिल्यो कि रुन्चे मुख पनि लगाउने र दृष्य हेरी रुने अनि अरुको भावनालाई टच गर्ने क्षमता उनीमा छ । यति मात्र होइन आवस्यक पर्दा रवाफ र शानको जीवनशैली देखाउन पनि उनी पछि पर्दिनन । जस्तो कि नायक श्रेष्ठको मृत्यूपछि उनले भनेकी थिइन्, ‘मैले कष्ट भोगेँ । तर दादा पूर्ण मानिस बनेर गइस्यो । र म उहाँको अन्तिम समयको साक्षी बन्न पाएँ ।‘

आफ्नो जीवनमा अमिट प्रभाव पार्ने पतिसँग आफ्नै नाम जोडेर उनले फेब्रुअरी २०१७ मा स्वेता श्री फाउन्डेसन खोलिन् । पति जन्मेको गाउँ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १४ मा रहेको ५६ घर माझी बस्ती बनाउने उद्देश्य राखिन् । २०१५ को भूकम्पले तहस नहस पारेको यो गरिव माझी बस्तीमा अरुका आँखा पुगेका थिएनन् । हल्ला खल्लाबिनै उनले यो कामको शुरुवात गरेकी थिइन् । जग हाल्ने दिन भने बाजा गाजा सहित उनी सेतो ड्रेसअपमा प्रस्तुत भइन् र कुनै एक क्रान्तिकारि महिला नेतृको छवि दिने कोशिष गरिन् । आफूले कमाएको केहि अंशबाट शुरु भएको उनको यो माझी बस्ती प्रोजेक्ट पछाडि पछाडी धकेलिँदै गयो । रातोपाटीले माझी बस्ती बारे प्रश्न उठाएपछि थाह भयो, उनले ५६ घर धुरीलाई सरकारले दिने भूकम्प पिडीतको अनुदान कुरिरहेकी छिन् । तर बाहिर भने उनले माझी बस्ती निर्माण सकाउन कान्छी फील्ममा लगानी गरेको भन्न भुलिनन ।

भनिन्छ, स्वर्गीया नायक श्रेष्ठ र स्वेता स्वयं नायिका भएर खेलिएको अन्तिम फिल्म कोहिनुरमा उनीहरु दुवैको लगानी थियो । श्रेष्ठको देहवसान पछि सिनेमा हलहरुमा ल्याइएको कोहिनुरले नाम र दाम निकै रहर लाग्दो गरी कमायो । तर त्यसबाट प्राप्त वास्तविक नाफा कसलाई मिल्यो त्यो भने बाहिर आएन । एक अन्तवार्तामा स्वेताले पतिको नाउँमा आफूले कुनैपनि सम्पत्ती नलिएको दावी गरेकी छिन् । तर स्वेता श्री फाउन्डेसनमा भने स्वयं श्री कृष्णका दाइको समेत संलग्नता देखिन्छ ।

माझी बस्तीमा फर्कौँ । गुलावी रङका आकर्षक घरहरु बनेर बस्तीलाई हस्तान्तरण भैसकेको छ । तर त्यहाँ फाउन्डेसनको पेजमा उल्लेख गरिएअनुसार त्यहाँ अझै सामुदायिक भवन, स्वास्थ्य चौकी र बाटोमा ढुंगा बिच्छाउने कामहरु बाँकी छ ।

प्रोजेक्ट भन्नु एक योजना हो । छोराछोरी जन्मेपछि हुर्कन र स्वतन्त्र हुन जसरी समय लाग्छ प्रोजेक्ट पनि त्यहि हो । त्यसको समय सीमा हुन्छ । खर्चको सीमा हुन्छ । आम्दानी र खर्चको पारदर्शिता हुन्छ । कतै कतै अडिटिङ गरिएको हिसाबकिताब ल्याकतपनि भेटिन्छ । र बाँकी योजनाका लागि आवस्यक रकम कति हो त्यो लेखिएको हुन्छ । कुन मोडालिटीमा प्रोजेक्ट सम्पन्न गर्ने र प्रोजेक्ट हस्तान्तरण पछि स्वामित्व कसको हुने कुरापनि त्यसमा आउँछ । दुखको कुरा यि कुराहरु फाउन्डेसनको पेजमा भेटिँदैनन । बरु बद्रि पंगेनीले, ‘लाउ स्वेता सिन्दुर लाउ’ भनेर स्वेतालाई बिवाहको बधाइ दिए भन्ने लिंक सुटुक्क जोडिएको छ । एउटा कुरो भने स्पष्ट भेटिन्छ, त्यो हो स्वेता श्री फाउन्डेशनलाई दान चाहिएको छ ।

त्यहि पेजमा उल्लेख भए अनुसार नायीका स्वेता खड्काको प्रोजेक्टकालागि दाताहरुले बोलेको मध्ये ३० लाख रुपैया प्राप्त भएको छैन । अग्रवाल सेवा केन्द्रले ५० लाख दिने संझौता गरेको छ । यो पेजको अन्तिम अपडेट गएको वर्ष जुन महिना २०२० मा भएको छ । त्यसपछि यो पेज सुनकोशिको हिउँदे बगर जस्तै उजाड छ । यो आठ महिनामा केहि काम किन भएन माझी बस्तीमा ? ‘जवाफदेहि छौँ’ भनेर लेखिएको छ । तर जवाफदेहिता र पारदर्शिता भने पेजमा भेटिन्न ।

२०१९ को नोभेम्बर १४ मा स्वेता खड्काको एक अन्तवार्ता यू ट्यूवमा भेटिन्छ । कुराकानीमा उनले भनेकी छिन् ‘म गाडीको शौखिन हुँ । बाहिरतिर जाँदा कुनै नयाँ मोडेलको गाडि देखेँ भने यो गाडी नेपालमा कहिले आउला भनि पर्खिन्छु । मलाइ लाग्छ मैले चढ्ने यो गाडी एक करोडको होला । नौ वर्षको बिचमा मेरो यो छैठौं गाडि हो ।’

अन्तवार्तामा उनले यसै दिन भव्य लगानीमा खुलेको हिमालयन जाभा नामको कफी तथा केक पसल लन्च गरेको र त्यहि दिनमा निर्वाचित एनआरएनएका केन्द्रिय पदाधिकारीहरुको सम्मान कार्यक्रम राखेको कुरो पनि छ ।

नायक श्रेष्ठको देहअवसान पछिका केहि वर्षहरुमै स्वेता अरबमा कारोबार गर्ने बिजनेश महिला बनेको देखिन्छ । यो उनको भाग्यको खेल हो ।

अर्को बिषय बस्तुमा आउन चाहें । स्वेताले हालसालै धुर्मुश सुन्तली फाउन्डेशनको नाम पारेर एक स्टाटस लेखेकी छन् । उनको निचोड छ, ‘धुर्मुस सुन्तली फाउन्डेसन जस्तै माझी बस्ती पनि ऋणमा डुबेको छ । दान दिन्छु भन्नेहरुले आफ्नो प्रतिवद्दता र कटिबद्दता भुलेर लक्षीत वर्गको आशामाथि खेलवाड गरेका छन् ।’

स्वेता श्री फाउन्डेसन खोल्ने बेलाकी स्वेता र अहिलेकी स्वेताको आर्थिक हैसियतमा ठूलो परिवर्तन आएको बेला छ । यिनै बाक्य अब स्वेताले आफैतिर फर्काउने बेला आएको छ । किनभने यिनका फ्यानहरुले मात्र होइन दाताहरुले समेत हालसालैको डिस्नेल्यान्डको हिमपरीको कथा बिर्साउने भड्किलो बिहे र उत्ताउलो खर्च देखेको अवस्था छ । उनी गरिव देशकी धनाढ्य राजकुमारी नायिका हुन् भन्ने कुरामा कतै दुविधा बाँकी छैन ।

हुनसक्छ, दाताहरुले स्वेताभित्र फाउन्डेसनका नाममा करियरलाई र व्यवसायलाई जवरजस्त स्थापित गर्ने इमोशनल व्यक्तिको रुपमा दर्शकहरुले भन्दा पहिल्यै चिनेका पो छन् कि ।

धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको क्रिकेट रंगशालाबारे पनि कुरागर्न सकिन्छ । तर यतिबेला सुन्तलीहरु कठोर आर्थिक कठीनाइमा अल्झेका छन् । उनिहरुको समस्या बाहिर आएका बेला मेरो पनि पैसा उठ्न बाँकी छ भनेर मनको तुष पोख्नुको कारण बोलिएको पैसा फिर्ता होस भन्ने नै हो । तर स्वेता श्री फाउन्डेसन र सुन्तलीहरुको फाउन्डेसनको कतै कनेक्सन छ भने भूकम्प पिडित बस्ती हो । सुन्तलीहरुको बस्ती त उहिल्यै बनिवरी हस्तान्तरण भैसक्यो ।

नचाहेरै एक घटनाको पृष्ठभूमिमा म आएँ । त्यो हो, ग्ल्यामर दुनियाँमा चर्चित अर्की नेपाली अभिनेत्री शुष्मा कार्की माथि स्वेताको समुहले हालै गरेको निन्दनिय आक्रमणको घटना ।

एक पवमा उनिहरुको संयोगबस भेट भएको थियो । मदीराले धुत स्वेताको समूह र उनीहरु बिच थोरै बादविवाद हुँदा स्वेताकी बहिनीले उनलाई हात हालेकी थिइन् । शुष्मालाई उनीहरुले कुनै जनावर लखेटे झैं सडकसम्मै लखेटेको कुरा सिसिटिभिमा पनि देखिएको भनिएको छ । बहिनीले हात हाल्दा स्वेताले उरालेको ब्यहोराले दुखी भएको भन्दै उनले पत्रकारसँग भनेकी छिन्,’ स्वेता आन्टी मेरो आइडल होइसिन्थ्यो । तर उहाँका मानिसले लछार पछार पार्दा ‘ए नगर । रोकिउ’ भन्नुको सट्टा उरालिस्यो । म दुखी छु दाइ । म दुइ जिब्रो भएको मानिस होइन । मिडियामा एक थोक बोल्ने । तर पछाडि अर्को थरी व्यवहार गर्ने मलाइ आउँदैन ।‘

शुष्माले भनेजस्तै स्वेताका दुइ थरी व्यवहारहरु पो छन् कि भन्ने आशंका जन्माएको अवस्य छ । उनी करोड पर्ने गाडी चढ्छिन् । नौ वर्षमा ६ वटा गाडिहरु फेर्ने हैसियत उनीसँग छ । उनको लगानीमा काठमाडौंमा भव्य लगानीका कफी सपहरु छन् । यति मात्र होइन, उनको इन्टेरियर डेकोरेशन र कन्सट्रकसन कम्पनीहरुमा पनि लगानी छ । र साथमा छ मागी खाने देखिने स्वेता श्री फाउन्डेसनको माझी बस्ती ।

तपाइँको प्रतिक्रिया