मंगलबार, वैशाख ११, २०८१

अफ्रिकाको बालुवा आएर स्विजरल्याण्डलाई हैरानी

नेपाल प्लस२०७७ माघ २७ गते १२:१९

Credit- Veysonnaz, canton Valais. Jochen Roch, via SRF, swissinfo.ch

मान्छेका दुखपनि कस्ता अनौठा अनौठा । कोरोना भाईरसले थिलो थिलो पारेको पर्यटन ब्यवशायलाई अफ्रिकादेखि उड्दै उड्दै आएका बालुवाले स्विजरल्याण्डमा फेरि सास्ति थपिदिएको छ । देश त के महादेशनै नाघेर उड्दै आएका वालुवाले स्विजरल्याण्डको पर्यटकिय क्षेत्रको आकाश र जमिनको रङनै बदलिदिएको छ । हिउँले सेताम्मे हुने जमिन, सफा आकाश सुन्तला रङमा बदलिएको छ ।

सहारा मरुभूमीबाट उड्दै आएका बालुवा कणहरू शनिबार दिउँसो स्विस आकाशमा देखापरेका थिए । देशको केही भागहरू नरम, निकैबेर पाकिसकेको पहेँलो पहेँलो रङका बालुवा प्रकाशमा स्नान गर्दै स्विजरल्याण्ड भित्रिए ।

स्विजरल्याण्डको राष्ट्रिय मौसम प्रसारक सेवा (एसआरएफ) का अनुसार कणहरू मोरिसस, माली र अल्जेरियालगायत उत्तर पश्चिमी अफ्रिकाका क्षेत्रहरूबाट उडेर स्विजरल्याण्ड आइपुगेका हुन् ।

ती देशहरूमा मौसम र हावाको अवस्थाले बालुवालाई दुईदेखि पाँच किलोमिटर माथि धकेलिदिएर आकाशमा उड्न बाध्य पारेको थियो । ति कण जोडले चलेको दक्षिणी बतासमार्फत युरोप तिर धकेलिएको स्विस मौसम सेवाले जनाएको छ ।
शनिबार स्विजरल्याण्डको विभिन्न भागको आकाश पहेँलो-सुन्तला रङको देखिएको थियो । त्यस्तो दक्षिणी र पूर्वी फ्रान्सको आकाशतिरपनि देखिएको थियो ।

हावामा हुने राम्रो कणको स्तर पनि बालुवाको कारणले बढ्यो । विशेष गरी हिमालहरूमा । जंगफ्राउजोख् (३,४६३ मिटर) मा प्रति घन मिटर ७४४ माइक्रोग्राम मान रेकर्ड गरियो । यो प्रति घन मिटर १० माइक्रोग्रामको दरले वर्षमा राष्ट्रिय औसतसँग तुलना गर्रिएको हो ।

अफ्रिकाबाट आएका बालुवाका कण र सुन्तला रङ आजबाट आकाशबाट हराउँदै जान थालेको छ । किनकि चिसो बढेकाले तापक्रम घटाउन थालेको छ । हावाको तिब्रतापनि घटेको छ । स्विजरल्याण्डका केही भागमा शनिबार १५, १६ डिग्री सेल्सियससम्म पुगेको छ।

तपाइँको प्रतिक्रिया